काठमाडौं – टेलिभिजन रियालिटी शो ‘सिंगिङ स्टार नेपाल’की जज डा. त्रिशला गुरुङले पारिश्रमिक नपाएको खुलासा गरेकी छन् ।
कार्यक्रम सकिएको तीन महिना पूरा हुँदा पनि सम्झौता अनुुसार पारिश्रमिक नपाएपछि उनले सामाजिक सञ्जालमा लेखेकी हुन् ।
अहिले शोका संयोजक तथा निर्देशक प्रमोद भण्डारी सम्पर्कविहीन भएपछि आफू सार्वजनिकरुपमा प्रस्तुत हुन बाध्य भएको उनको दाबी छ ।
उनले लेखेकी छन्, ‘शो सकिएको तीन महिना बित्दा पनि मैले सम्झौता अनुसारको आधा पारिश्रमिक पनि पाएको छैन ।’
यसबारेमा उचित सल्लाह दिन उनले आफ्ना समर्थकहरुलाई आग्रहसमेत गरेकी छन् ।
‘सिंगिङ स्टार नेपाल’ जजमा त्रिशलासहित अर्जुन पोखरेल र सनुप पौडेल थिए ।
प्रतिक्रिया