एमाले महासचिवको तर्क- लोकतन्त्र बलियो बनाउन विद्या भण्डारीलाई रोक्यौँ, सदस्यता स्वत: निष्क्रिय भइसक्यो « Khabarhub

एमाले महासचिवको तर्क- लोकतन्त्र बलियो बनाउन विद्या भण्डारीलाई रोक्यौँ, सदस्यता स्वत: निष्क्रिय भइसक्यो


७ श्रावण २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


288
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा (एमाले)ले पूर्वराष्ट्रपति विद्या भण्डारीको पार्टी सदस्यता स्वतः निष्क्रिय भएको जनाएको छ।

पार्टीको केन्द्रीय कमिटी बैठकको निर्णयबारे जानकारी दिन बुधबार पार्टी कार्यालय च्यासलमा एमाले प्रचार तथा प्रकाशन विभागले गरेको पत्रकार सम्मेलनमा एमाले महासचिव शंकर पोखरेलले पूर्वराष्ट्रपति भण्डारी पार्टी राजनीतिमा फर्किन उपयुक्त नहुने निष्कर्ष निकालेको बताए ।

त्यहीकारण उनको सदस्यता नवीकरणको विषय स्वतः निष्क्रिय भएको उनले बताए । गरिमामय भूमिकामा रहेको राष्ट्राध्यक्षले पदीय जिम्मेवारीमा रहँदा पनि र अवकाश भएपछि पनि दलीय आबद्धतामा फर्किने विषय नेपालको संविधानले परिकल्पना गरेको नदेखिएको एमालेको ठहर छ ।

पोखरेलले भण्डारीलाई सक्रिय राजनीतिमा स्वागत नगर्नुको कारण दललाई बलियो भन्दा लोकतन्त्रलाई बलियो बनाउन भएको जिकिर गरे ।

पूर्वराष्ट्रपति एमालेमा प्रवेश गर्दा पार्टी बलियो हुने भए पनि लोकतन्त्र कमजोर हुने उनको भनाइ छ । महासचिव पोखरेलले दुई कार्यकाल र ७० वर्षे उमेरहद हटाएका कारण अध्यक्ष केपी ओली निर्विकल्प भएको राजनीतिक कुरा मात्रै भएको जिकिर गरे ।

विधान अनुसार योग्यता पुगेका कुनै पनि प्रतिनिधि पार्टी अध्यक्षका रुपमा उम्मेदवार हुन पाउने हक राख्ने उनले बताएका छन् ।

पत्रकार सम्मेनमा प्रचार तथा प्रकाशन विभागका प्रमुख राजेन्द्र गौतमले बैठक निर्णयबारे जानकारी गराए ।

बैठकले मुलुकको समसामयिक राजनीतिक गतिविधि, सरकारको प्रभावकारिता, विधान महाधिवेशनलगायत समसामयिक विषयमा आठ बुँदे प्रस्ताव पारित गरेको गौतमले बताए ।

प्रकाशित मिति : ७ श्रावण २०८२, बुधबार  ५ : ११ बजे

कोशी कटान नियन्त्रणमा पहल गर्ने ऊर्जामन्त्रीको प्रतिबद्धता

सुनसरी – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले सप्तकोशी नदीको

साङ्गीतिक भविष्य खोजिरहेका केशव भावुक

खोटाङ – खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–२ सोल्माका केशव भावुक

पोखराको धार्मिक पर्यटकीय क्षेत्र पुम्दीभुम्दीको प्रवर्द्धन गर्न ‘हाइकिङ’

कास्की – पोखरा महानगरपालिका–२२ मा अवस्थित विशाल महादेवको मूर्तिसहितका धार्मिक

गोरखाको जङ्गलमा पाँच थान भरुवा बन्दुक भेटियो

गोरखा – गोरखाको एक जङ्गलमा पाँच थान भरुवा बन्दुक बेवारिसे

नित्यनाथ मन्दिर पुनर्निर्माण सम्पन्न

काठमाडौं – काठमाडौं महानगरपालिका–८ जयवागेश्वरीस्थित नवालीटोलमा रहेको लिच्छविकालीन नित्यनाथ मन्दिर