विरोधीसँग घाँटी जोडेर दुनो सोझ्‍याउने काम पुष्पलालले कहिल्यै गर्नुभएन : प्रधानमन्त्री | Khabarhub Khabarhub

विरोधीसँग घाँटी जोडेर दुनो सोझ्‍याउने काम पुष्पलालले कहिल्यै गर्नुभएन : प्रधानमन्त्री


७ श्रावण २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल सही विचार, गतिशील संगठन र समर्पित नेतृत्वका धनी थिए भन्दै समाज बदल्ने सपना बोकेकाहरुले उनका विचारलाई अनुशरण गर्नुपर्नेमा जोड दिएका छन्।

नेकपा (एमाले) को केन्द्रीय कार्यालय, च्यासलमा आज आयोजित ४७ औँ पुष्पलाल स्मृति दिवसको कार्यक्रममा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री ओलीले सिद्धान्त छोडेर भाग्ने र विरोधीसँग गएर घाँटी जोडेर दुनो सोझ्याउने काम पुष्पलालले कहिल्यै नगरेको स्पष्ट गरे। 

‘पुष्पलाल आदर्शप्रति सँधै दृढ रहनुभयो । उहाँका केही सीमाहरू थिए होलान् तर विचार र काममा उहाँ अग्रणी हुनुहुन्थ्यो । उहाँ साँच्चैको क्रान्तिकारी व्यक्ति हुनुुहुुन्थ्यो ।’ उनले भने, ‘जात र धर्मबाट  उहाँ माथि हुनुहुन्थ्यो । आफ्नो धरमा श्रेष्ठ लेख्नुभएन । नेपालमा कम्युनिष्टहरूको संगठनलाई गतिशीलरुपमा हाँक्न सक्ने नेता हुनुहुन्थ्यो । उहाँ सही विचार र समर्पित नेतृत्व भएको व्यक्ति हुनुहुन्थ्यो । उनकै लिगेसी बोकेको एमालेका नेता कार्यकर्ताले ती पक्षहरूलाई बिर्सन मिल्दैन ।’

विसं १०८१ असार १५ गते रामेछापको भँगेरीमा जन्मिनुभएका पुष्पलालले नै कार्लमाक्र्स र फे्रडरिक एङ्गेल्सद्वारा लिखित ‘कम्युनिष्ट घोषणापत्र’ लाई पहिलो पटक नेपाली भाषामा अनुवाद गरेका थिए। उनकै नेतृत्वमा नेपालमा पहिलोपटक २००६ वैशाख १० गते  नेकपा स्थापना भएको थियो । 

उनको २०३५ साउन ७ गते उपचारका क्रममा भारतमा निधन भएको थियो ।

प्रकाशित मिति : ७ श्रावण २०८२, बुधबार  ७ : ०३ बजे

सवारी दुर्घटनामा श्रीमतीको मृत्यु, श्रीमान् घाइते

बागमती – पूर्वपश्चिम राजमार्गअन्तर्गत मकवानपुरको हेटौँडा उपमहानगरपालिका–९ पशुपतिनगरमा आज साँझ

अनलाइन जुवामा १३ करोड भारु स्वाहा !

मुम्बई – मुम्बईका एक व्यक्तिले अनलाइन जुवा छलीमा फसेपछि आफू

अनिल साहको कप्तानीमा भारत भ्रमणमा जाने क्रिकेट टोली घोषणा

काठमाडौं – नेपाल क्रिकेट संघ (क्यान)ले शनिबार भारत भ्रमणका लागि

सुदूरपश्चिममा डेङ्गीबाट दुई सय ८८ जना सङ्क्रमित

सुदूरपश्चिम – सुदूरपश्चिम प्रदेशमा पछिल्लो आठ महिनामा दुईसय ८८ जनामा

लोप हुँदै निगालोबाट बनेका डोकोडालो

हुम्ला – पछिल्लो समय प्लास्टिकजन्य सामग्रीको प्रयोग बढ्दै गएकाले निगालोको