मानव अधिकारको हरेक सवालमा आयोग संवेदनशील हुनुपर्छ : प्रदेश प्रमुख देवकोटा « Khabarhub

मानव अधिकारको हरेक सवालमा आयोग संवेदनशील हुनुपर्छ : प्रदेश प्रमुख देवकोटा


७ श्रावण २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

बागमती – बागमती प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले मानव अधिकारको हरेक सवालमा राष्ट्रिय मानव अधिकार आयोग संवेदनशील हुनुपर्ने बताएका छन् ।

राष्ट्रिय मानव अधिकार आयोगको गत आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन बुझ्नुहुँदै प्रदेश प्रमुख देवकोटाले पछिल्लो समय देशका विभिन्न भागमा मानव अधिकार उल्लङ्घनका घटना बढ्दै गएकाले मानव अधिकारको हरेक सवालमा आयोग संवेदनशील हुनुपर्ने बताए ।

समाजमा अझै विकृति, विसङ्गति, विभेद कायम रहेकाले मानव अधिकारको सवाल चुनौतीपूर्ण बनेको उल्लेख गर्दै उनले विभिन्न समस्याका बाबजुद आयोगले मानव अधिकारको सवालमा खेल्दै आएको भूमिकाको प्रशंसा गरे । उनले आयोगका समस्या र बाधा हटाउन आफूले सरकारसँग समन्वय गर्ने प्रतिबद्धतासमेत व्यक्त गरे ।

राष्ट्रिय मानव अधिकार आयोग बागमती प्रदेशका प्रमुख पवनकुमार भट्टले प्रदेश प्रमुख देवकोटासमक्ष वार्षिक प्रतिवेदन बुझाए । संविधानको धारा २९४ को उपधारा (३) मा संवैधानिक निकायले प्रत्येक प्रदेशको काम कारबाहीको सम्बन्धमा छुट्टाछुट्टै प्रतिवेदन तयार गरी प्रदेश प्रमुखसमक्ष प्रतिवेदन पेस गर्नुपर्ने व्यवस्थाअनुसार प्रदेश प्रमुखसमक्ष आव २०८१/८२ को प्रतिवेदन बुझाएको प्रमुख भट्टले बताए ।

प्रमुख भट्टका अनुसार आयोगको बागमती प्रदेश कार्यालयमा आव २०८१/८२ मा मानव अधिकार हननका २२ वटा उजुरी दर्ता भएको छ ।

प्रकाशित मिति : ७ श्रावण २०८२, बुधबार  ८ : ४७ बजे

स्याङ्जाको राम्चेडाँडालाई पर्यटकीय क्षेत्रका रूपमा विकास गरिँदै

स्याङ्जा- स्याङ्जाको वालिङ नगरपालिका–१२ स्थित राम्चेडाँडा पछिल्लो समय आन्तरिक पर्यटकको

अमेरिकी भिसा नवीकरणमा नहुँदा भारतीय कामदार अलपत्र

काठमाडौं – अति दक्ष विदेशी कामदार लक्षित एच–वन–बी नाम दिइएको

मेची भन्सार कार्यालय : पाँच महिनामा २० अर्ब १४ करोडको आयात

झापा– चालु आर्थिक वर्ष वर्ष २०८२–८३ को मङ्सिर मसान्तसम्ममा पूर्वीनाका

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

रवि र बालेनले पाँच घण्टा वार्ता गरेको घरका धनी भन्छन्- देशले खोजेको आशाको मिलन भयो

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने