कोशी राजमार्गमा ठूलो पहिरो, तीन दिनदेखि आवागमन ठप्प « Khabarhub

कोशी राजमार्गमा ठूलो पहिरो, तीन दिनदेखि आवागमन ठप्प


७ भदौ २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

खाँदबारी– कोशी राजमार्गअन्तर्गत भोटखोलाको हुङ्गुङ खण्डमा गएको ठूलो पहिरोका कारण विगत तीन दिनदेखि सडक अवरुद्ध भएको छ । 

खाँदबारीदेखि किमाथांका नाकासम्म जोड्ने करिब ११५ किलोमिटर दूरीमा पर्ने उक्त खण्ड बिहीबार गएको पहिराका कारण सडकमा यातायात पूर्ण रूपमा ठप्प बनेको हो ।

उत्तर–दक्षिण कोशी सडक आयोजनाका प्रमुख रामबहादुर गुरुङका अनुसार करिब ३०० मिटर सडक क्षेत्रमा भिरैसहित ढुङ्गा, माटो र झाडी मिसिएको ठूलो पहिरो खसेको छ ।

‘सडक निर्माणाधीन भएकाले मेसिन प्रयोग गर्नसक्ने अवस्था छैन । भिरालो भू–भाग र लगातारको वर्षाले काम अझ चुनौतीपूर्ण भएको छ’ उनले बताए।

सडक अवरुद्ध हुँदा दैनिक उपभोग्य सामान, इन्धन, निर्माण सामग्रीलगायत वस्तुको ढुवानी प्रभावित भएको छ । तीन दिनदेखि राजमार्ग ठप्प हुँदा यात्रुसमेत समस्यामा परेका छन् ।

गुरुङका अनुसार वर्षायाममा यस क्षेत्रमा हरेक वर्ष पहिरो जाने गरे पनि यसपटकको पहिरो असाध्यै ठूलो भएकाले सडक कहिले खुल्ने भन्ने टुङ्गो लाग्न सकेको छैन । हाल पहिरो पन्छाउने प्रयास जारी राखेको भए पनि तत्काल राजमार्ग सञ्चालन हुने सम्भावना देखिएको छैन । 

प्रकाशित मिति : ७ भदौ २०८२, शनिबार  २ : ०३ बजे

पोखराको आकाशमा रमेको ‘प्रकृति, संस्कृित र साहस’

गण्डकी – शरद याम चलिरहेको छ । निलो आकाश र

पोखरामा यू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण सुरु

कास्की – नेपाली यूू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण

तीन दिन पदयात्रा नगर्न अध्यागमनको आग्रह

काठमाडौं – मुलुकका उच्च पहाडी तथा हिमाली भूभागमा उत्पन्न हुन

सुकुमवासीलाई पुर्जा वितरणमा तीव्रता दिन जोड

भद्रपुर – झापामा भूमिहीन तथा अव्यवस्थित बसोबासीलाई जग्गाधनी पुर्जा वितरण

कर्णालीले जनकपुरलाई हराउँदा मैदानमा यस्तो देखियो (तस्बिरहरू)

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणमा कर्णाली