भूमिसम्बन्धी विधेयकविरुद्ध आन्दोलन गर्ने जसपाको घोषणा « Khabarhub

भूमिसम्बन्धी विधेयकविरुद्ध आन्दोलन गर्ने जसपाको घोषणा


७ भाद्र २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


117
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– जनता समाजवादी पार्टी (जसपा) नेपालले भूमिसम्बन्धि विधेयक मुलुक र जनताको हितमा नरहेको भन्दै आन्दोलनको घोषणा गरेको छ । 

जसपाले शनिबार विज्ञप्ति जारी गरेर भदौ ९ देखि १५ गतेसम्म भूमि विधेयकविरुद्ध आन्दोलनको घोषणा गरेको हो । 

महासचिव लालबाबु राउतद्वारा जारी गरिएको विज्ञप्तिमा ‘भूमि र वन बचाउँ, मधेशलाई मरूभूमिकरण हुनबाट जोगाउँ’ अभियानअन्तर्गत भूमि विधेयकविरुद्ध कडा प्रतिकार गर्ने र विरोधमा उत्रिने निर्णय गरेबमोजिम आन्दोलनको घोषणा गरिएको उल्लेख छ । 

उनले भूमिसम्बन्धी विधेयकको विरोधमा देशका विभिन्न सहरहरूमा व्यापक विरोध प्रदर्शनमा सहभागी भएर सहयोग गर्न आम–जनसमुदायमा अपील पनि गरेका छन् । 

संसद्को कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिबाट भदौ ५ गते सरकारले राष्ट्रियहीत विपरीत रहेको विवादित भूमि विधेयकको प्रक्रिया अगाडि बढाएको भन्दै जसपाले आपत्ति जनाएको छ ।

प्रकाशित मिति : ७ भाद्र २०८२, शनिबार  ४ : ४५ बजे

सिमलतालमा सडक भासिँदा नारायणगढ-मुग्लिन सडक एकतर्फी सञ्चालन

नारायणगढ (चितवन)- नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत चितवनको सिमलतालमा करिब ७० मिटर सडक

यूएईको गोप्य भ्रमणमा नेतान्याहू

काठमाडौँ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले आइतबार संयुक्त अरब इमिरेट्स

प्रतिबन्धले इरानी उड्डयन क्षेत्र प्रभावित भएको अमेरिकी दाबी

एजेन्सी । संयुक्त राज्य अमेरिकाले इरानको उड्डयन क्षेत्र माथि लगाएको

पहिरोले सडक अवरुद्ध : स्वास्थ्यचौकी लैजाने क्रममा बाटोमै शिशुको जन्म

बागलुङ । बागलुङको बडिगाडमा एक जना गर्भवतीले बाटोमै शिशुलाई जन्म

बाढीपहिरोबाट म्याग्दीका २०० परिवार विस्थापित

म्याग्दी । यही असोज ८ देखि ११ गतेसम्म परेको वर्षात्