घाग्रा खोलामा पुल निर्माण « Khabarhub

घाग्रा खोलामा पुल निर्माण


७ भाद्र २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

विर्तामोड– झापाको विर्तामोड नगरपालिका–२ र कनकाई नगरपालिका–९ जोड्ने घाग्रा खोलामा निर्माण गरिएको पुल शनिबार उद्‌घाटन गरिएको छ ।

कोशी प्रदेश सरकारका खानेपानी, सिँचाइ तथा ऊर्जामन्त्री एकराज कार्कीले एक कार्यक्रमबीच २८ मिटर लामो उक्त ट्रस पुलको उद्‌घाटन गरे ।

पुल निर्माणमा उपभोक्ताको ८० हजार चार सय ४१ रुपैयाँ २७ पैसा जनश्रमदान र पूर्वाधार विकास कार्यालयको ३९ लाख ४१ हजार छ सय २२ रुपैयाँ ३५ पैसा गरी कूल ४० लाख २२ हजार ६३ रुपैयाँ ७२ पैसा लगानी भएको छ । पुल निर्माणमा सहारा नेपालले सामाजिक तथा प्राविधिक सहयोग पुर्‍याएको हो ।

यो पुलबाट प्रत्यक्ष रूपमा दुई सय ६६ घरधुरी लाभान्वित हुनेछन् । उद्‌घाटन कार्यक्रममा बिर्तामोड नगरपालिकाका उपप्रमुख नगेन्द्रप्रसाद सङ्ग्रौला, वडा नम्बर २ का वडाध्यक्ष किशोर पौडेल, नेकपा (एमाले) बिर्तामोड नगर कमिटी अध्यक्ष सुवाष भट्टराई, सरोकारवाला निकायका प्रतिनिधि र स्थानीयवासीहरूको उपस्थिति थियो ।

प्रकाशित मिति : ७ भाद्र २०८२, शनिबार  ५ : ०८ बजे

बाढीपीडितका लागि इयूद्वारा २० लाख युरो सहयोग

काठमाडौं– युरोपेली सङ्घ (इयू) ले नेपालमा अकस्मात् आएको बाढीबाट प्रभावित

अलपत्र यात्रुका लागि काठमाडौं महानगरको निःशुल्क यातायात सेवा

काठमाडौं- बाढी प्रभावित क्षेत्रमा अलपत्र यात्रुको उद्धारका लागि काठमाडौं महानगरपालिकाले निःशुल्क

भोटेकोशी बाढी : सरकारलाई प्रमुख प्रतिपक्षी दलका नेताको नौ बुँदे ध्यानाकर्षण

काठमाडौं–  प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता भीष्मराज आङ्देम्बेले प्रधानमन्त्री

बाढीपछि बैरेनी बजारका घरहरूको अवस्था (तस्बिरहरू)

 काठमाडौं – भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीले धादिङको बैरेनी बजारका घरहरू

भोटेकोशी बाढी : अन्तर्राष्ट्रिय उद्धार टोली परिचालन गर्न कांग्रेसको माग

काठमाडौं – नेपाली कांग्रेसले बाढीपहिरो तथा प्राकृतिक विपद्का कारण बेपत्ता नागरिकको