घाग्रा खोलामा पुल निर्माण « Khabarhub

घाग्रा खोलामा पुल निर्माण


७ भदौ २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

विर्तामोड– झापाको विर्तामोड नगरपालिका–२ र कनकाई नगरपालिका–९ जोड्ने घाग्रा खोलामा निर्माण गरिएको पुल शनिबार उद्‌घाटन गरिएको छ ।

कोशी प्रदेश सरकारका खानेपानी, सिँचाइ तथा ऊर्जामन्त्री एकराज कार्कीले एक कार्यक्रमबीच २८ मिटर लामो उक्त ट्रस पुलको उद्‌घाटन गरे ।

पुल निर्माणमा उपभोक्ताको ८० हजार चार सय ४१ रुपैयाँ २७ पैसा जनश्रमदान र पूर्वाधार विकास कार्यालयको ३९ लाख ४१ हजार छ सय २२ रुपैयाँ ३५ पैसा गरी कूल ४० लाख २२ हजार ६३ रुपैयाँ ७२ पैसा लगानी भएको छ । पुल निर्माणमा सहारा नेपालले सामाजिक तथा प्राविधिक सहयोग पुर्‍याएको हो ।

यो पुलबाट प्रत्यक्ष रूपमा दुई सय ६६ घरधुरी लाभान्वित हुनेछन् । उद्‌घाटन कार्यक्रममा बिर्तामोड नगरपालिकाका उपप्रमुख नगेन्द्रप्रसाद सङ्ग्रौला, वडा नम्बर २ का वडाध्यक्ष किशोर पौडेल, नेकपा (एमाले) बिर्तामोड नगर कमिटी अध्यक्ष सुवाष भट्टराई, सरोकारवाला निकायका प्रतिनिधि र स्थानीयवासीहरूको उपस्थिति थियो ।

प्रकाशित मिति : ७ भदौ २०८२, शनिबार  ५ : ०८ बजे

कर्णालीले जनकपुरलाई हराउँदा मैदानमा यस्तो देखियो (तस्बिरहरू)

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणमा कर्णाली

एनपीएलमा कर्णालीको विजयी सुरुवात, जनकपुर १९ रनले पराजित

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

तस्बिर हेर्नुहोस् टियू मैदानको माहोल

काठमाडौं – तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)अन्तर्गत जनकपुर बोल्ट्स

जनकपुरले एकै ओभरमा गुमायो दुई विकेट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

दसैँ बिदाका कारण हेटौँडामा रगत अभाव

बागमती – दसैँं बिदाका कारण हेटौँडामा रगतको अभाव भएको छ