नयाँ पुस्तालाई साहित्य सञ्जालमा जोडौँ : मन्त्री पन्त « Khabarhub

नयाँ पुस्तालाई साहित्य सञ्जालमा जोडौँ : मन्त्री पन्त


७ भदौ २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले साहित्य चिन्तनले सामाजिक न्यायको आवाजलाई बुलन्द बनाउने भन्दै नयाँ पुस्तालाई साहित्य सञ्जालमा जोड्न आह्वान गरेका छन् । 

शनिबार आयोजित साहित्य सन्ध्या वार्षिक पुरस्कार तथा सम्मान अर्पण  समारोहमा उनले विश्वमै आर्थिक स्वार्थले न्यायको आवाज दबाइरहेको भन्दै चिन्ता व्यक्त गरे । 
    
मन्त्री पन्तले विश्वमा भइरहेको अन्यायविरुद्धको आवाजलाई साहित्यका विभिन्न विधामार्फत उतार्न सकिने भन्दै नयाँ पुस्तालाई सिर्जनशील अभियानमा जोड्नुपर्ने आवश्यकता औँल्याए।

‘पछिल्लो समय न्यायप्रतिको आवाज कमजोर भएको छ । हिजो विश्व जति प्रखर भएर त्यस्ता कुराको विरोध गर्दथ्यो,आज धेरै जना मौन छौँ । आर्थिक स्वार्थहरूले यी आवाज दबिरहेका छन्’, उनले भने, ‘साहित्य सञ्जाल सांस्कृतिक, वैचारिक र सृजनात्मक आन्दोलन हो । नयाँ पुस्तालाई यसमा जोड्न सक्नुपर्छ ।’ 
    
पछिल्लो समय मानविकी संकायमा विद्यार्थीको घट्दो आकर्षणबारे चर्चा गर्दै मन्त्री पन्तले शिक्षालाई कसरी सीपमूलक, प्रविधिमैत्री र उत्पादनमूलक बनाउन सकिन्छ भन्नेमा सरकार केन्द्रित भएको बताए ।

‘हिजोको शिक्षा बढी ज्ञानसँग जोडिन्थ्यो, आजको शिक्षा विज्ञानसँग जोडिएको छ । यसरी ज्ञान र विज्ञानको द्वन्द्वमा हामी बढी उन्नत, चिन्तनशील र श्रमशील नागरिक कसरी जन्माउँछौँ, त्यो धेरै महत्त्वपूर्ण कुरा हो’, उनले भने ।   

कार्यक्रममा शिक्षा, स्वास्थ्य र सामाजिक सेवाका क्षेत्रमा संलग्न पाँच जनालाई सम्मान गरिएको थियो । पुरस्कृत एवं सम्मानित हुनेमा स्रष्टाहरू प्रा डा कपिल लामिछाने, नवराज श्रेष्ठ, भवानी खतिवडा,  स्वास्थ्य शिक्षा तथा स्वास्थ्यसेवी डा मञ्जु दाहाल र काभ्रेको दाप्चाका विद्यार्थी सरोज अधिकारी हुन्।      
    
२१ हजार एक सय राशीसहितको साहित्य सन्ध्या पुरस्कार तथा सम्मानबाट स्रष्टा प्रा डा लामिछाने, पाँच हजार राशिसहित साहित्य सन्ध्या सहभागिता पुरस्कार तथा सम्मानबाट श्रेष्ठ, रु १० हजार राशिसहित साहित्य सन्ध्या–मन पुरस्कार तथा सम्मानबाट डा दाहाल पुरस्कृत भए।

यस्तै, १० हजार राशिसहित साहित्य सन्ध्या–कृबा (कृष्णचन्द्र बालकुमारी सत्याल) पुरस्कार तथा सम्मानबाट विद्यार्थी अधिकारी र रु १० हजार राशिसहित साहित्य सन्ध्या–हरिप्रिया हरिप्रसाद चापागाईं नियात्रा पुरस्कार तथा सम्मानबाट स्रष्टा खतिवडा सम्मानित भएका हुन् ।  

प्रकाशित मिति : ७ भदौ २०८२, शनिबार  ५ : ३७ बजे

कर्णालीले जनकपुरलाई हराउँदा मैदानमा यस्तो देखियो (तस्बिरहरू)

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणमा कर्णाली

एनपीएलमा कर्णालीको विजयी सुरुवात, जनकपुर १९ रनले पराजित

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

तस्बिर हेर्नुहोस् टियू मैदानको माहोल

काठमाडौं – तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)अन्तर्गत जनकपुर बोल्ट्स

जनकपुरले एकै ओभरमा गुमायो दुई विकेट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

दसैँ बिदाका कारण हेटौँडामा रगत अभाव

बागमती – दसैँं बिदाका कारण हेटौँडामा रगतको अभाव भएको छ