नयाँ पुस्तालाई साहित्य सञ्जालमा जोडौँ : मन्त्री पन्त « Khabarhub

नयाँ पुस्तालाई साहित्य सञ्जालमा जोडौँ : मन्त्री पन्त


७ भाद्र २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले साहित्य चिन्तनले सामाजिक न्यायको आवाजलाई बुलन्द बनाउने भन्दै नयाँ पुस्तालाई साहित्य सञ्जालमा जोड्न आह्वान गरेका छन् । 

शनिबार आयोजित साहित्य सन्ध्या वार्षिक पुरस्कार तथा सम्मान अर्पण  समारोहमा उनले विश्वमै आर्थिक स्वार्थले न्यायको आवाज दबाइरहेको भन्दै चिन्ता व्यक्त गरे । 
    
मन्त्री पन्तले विश्वमा भइरहेको अन्यायविरुद्धको आवाजलाई साहित्यका विभिन्न विधामार्फत उतार्न सकिने भन्दै नयाँ पुस्तालाई सिर्जनशील अभियानमा जोड्नुपर्ने आवश्यकता औँल्याए।

‘पछिल्लो समय न्यायप्रतिको आवाज कमजोर भएको छ । हिजो विश्व जति प्रखर भएर त्यस्ता कुराको विरोध गर्दथ्यो,आज धेरै जना मौन छौँ । आर्थिक स्वार्थहरूले यी आवाज दबिरहेका छन्’, उनले भने, ‘साहित्य सञ्जाल सांस्कृतिक, वैचारिक र सृजनात्मक आन्दोलन हो । नयाँ पुस्तालाई यसमा जोड्न सक्नुपर्छ ।’ 
    
पछिल्लो समय मानविकी संकायमा विद्यार्थीको घट्दो आकर्षणबारे चर्चा गर्दै मन्त्री पन्तले शिक्षालाई कसरी सीपमूलक, प्रविधिमैत्री र उत्पादनमूलक बनाउन सकिन्छ भन्नेमा सरकार केन्द्रित भएको बताए ।

‘हिजोको शिक्षा बढी ज्ञानसँग जोडिन्थ्यो, आजको शिक्षा विज्ञानसँग जोडिएको छ । यसरी ज्ञान र विज्ञानको द्वन्द्वमा हामी बढी उन्नत, चिन्तनशील र श्रमशील नागरिक कसरी जन्माउँछौँ, त्यो धेरै महत्त्वपूर्ण कुरा हो’, उनले भने ।   

कार्यक्रममा शिक्षा, स्वास्थ्य र सामाजिक सेवाका क्षेत्रमा संलग्न पाँच जनालाई सम्मान गरिएको थियो । पुरस्कृत एवं सम्मानित हुनेमा स्रष्टाहरू प्रा डा कपिल लामिछाने, नवराज श्रेष्ठ, भवानी खतिवडा,  स्वास्थ्य शिक्षा तथा स्वास्थ्यसेवी डा मञ्जु दाहाल र काभ्रेको दाप्चाका विद्यार्थी सरोज अधिकारी हुन्।      
    
२१ हजार एक सय राशीसहितको साहित्य सन्ध्या पुरस्कार तथा सम्मानबाट स्रष्टा प्रा डा लामिछाने, पाँच हजार राशिसहित साहित्य सन्ध्या सहभागिता पुरस्कार तथा सम्मानबाट श्रेष्ठ, रु १० हजार राशिसहित साहित्य सन्ध्या–मन पुरस्कार तथा सम्मानबाट डा दाहाल पुरस्कृत भए।

यस्तै, १० हजार राशिसहित साहित्य सन्ध्या–कृबा (कृष्णचन्द्र बालकुमारी सत्याल) पुरस्कार तथा सम्मानबाट विद्यार्थी अधिकारी र रु १० हजार राशिसहित साहित्य सन्ध्या–हरिप्रिया हरिप्रसाद चापागाईं नियात्रा पुरस्कार तथा सम्मानबाट स्रष्टा खतिवडा सम्मानित भएका हुन् ।  

प्रकाशित मिति : ७ भाद्र २०८२, शनिबार  ५ : ३७ बजे

सिमलतालमा सडक भासिँदा नारायणगढ-मुग्लिन सडक एकतर्फी सञ्चालन

नारायणगढ (चितवन)- नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत चितवनको सिमलतालमा करिब ७० मिटर सडक

यूएईको गोप्य भ्रमणमा नेतान्याहू

काठमाडौँ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले आइतबार संयुक्त अरब इमिरेट्स

प्रतिबन्धले इरानी उड्डयन क्षेत्र प्रभावित भएको अमेरिकी दाबी

एजेन्सी । संयुक्त राज्य अमेरिकाले इरानको उड्डयन क्षेत्र माथि लगाएको

पहिरोले सडक अवरुद्ध : स्वास्थ्यचौकी लैजाने क्रममा बाटोमै शिशुको जन्म

बागलुङ । बागलुङको बडिगाडमा एक जना गर्भवतीले बाटोमै शिशुलाई जन्म

बाढीपहिरोबाट म्याग्दीका २०० परिवार विस्थापित

म्याग्दी । यही असोज ८ देखि ११ गतेसम्म परेको वर्षात्