श्रीलङ्काका पूर्वराष्ट्रपति विक्रमासिङ्घेको स्वास्थ्यमा समस्यापछि अस्पताल भर्ना « Khabarhub

श्रीलङ्काका पूर्वराष्ट्रपति विक्रमासिङ्घेको स्वास्थ्यमा समस्यापछि अस्पताल भर्ना


७ भाद्र २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

कोलम्बो – विदेश भ्रमणका लागि सरकारी कोषको दुरुपयोग गरेको आरोपमा सुरक्षा नियन्त्रणमा लिइएका श्रीलङ्काका पूर्वराष्ट्रपतिलाई शनिबार सरकारी अस्पतालको सघन उपचार कक्षमा भर्ना गरिएको छ ।

कोलम्बो नेसनल हस्पिटलका उपमहानिर्देशक रुक्शान बेलानाले एएफपीसँग कुरा गर्दै शुक्रबार राति हिरासतमा पठाइएका विक्रमासिङ्घेलाई ‘डिहाइड्रेसन’ को समस्या निकै देखिएको र चिकित्सकको निगरानीमा राखेर उपचार गर्नुपर्ने देखिएकोले उहाँलाई सघन उपचार कक्षमा भर्ना गरिएको छ ।”

उनले भने, “गम्भीर जटिलताबाट बच्नका लागि उहाँलाई चिकित्सकको निगरानी आवश्यक देखिन्छ।” विक्रमासिंघेको अवस्था स्थिर रहेको चिकित्सकले बताएका छन् ।

उनको स्वास्थ्य अवस्था बिग्रँदै गएपछि उनलाई श्रीलङ्काको मुख्य सरकारी अस्पतालमा लगिएको कारागारका प्रवक्ताले जानकारी दिएका छन् ।जेलमा रहेका ७६ वर्षीय विक्रमासिङ्घेलाई भेट्न पुगेका विपक्षी सांसदहरूले विक्रमासिङ्घेको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको बताएका छन् ।

विपक्षी दलहरूले उहाँ फेरि सत्तामा फर्कन सक्ने डरले सरकारले उहाँलाई हिरासतमा लिएको आरोप लगाएका छन्।

प्रकाशित मिति : ७ भाद्र २०८२, शनिबार  ८ : ५६ बजे

आजबाट गोबर गणेश’, ‘मिरमिरे’ र ‘भाइरल गोर्खे’ प्रदर्शनमा

काठमाडौं – माघ १ अर्थात् बिहीबारबाट तीन फिल्महरु ‘गोबर गणेश’,

चाडपर्वले सामाजकि सद्भाव सुदृढ बनाउँछ : सभामुख घिमिरे

काठमाडौं– सभामुख देवराज घिमिरेले माघे सङ्क्रान्ति जस्ता चाडपर्वले आपसी मेलमिलाप,

रोमाञ्चक खेलमा चेल्सीविरुद्ध आर्सनको जित

काठमाडौं – कारबाओ कप सेमिफाइनलको पहिलो लेगमा आर्सनल विजयी भएको

जैविक स्रोतको संरक्षणमा आमनागरिक सचेत हुनुपर्छ : उपराष्ट्रपति यादव

काठमाडौं– उपराष्ट्रपति रामसहायप्रसाद यादवले जैविक स्रोतको संरक्षण र दिगो उपयोगमा

सुत्केरी र शिशुलाई घरदैलोमै स्वास्थ्य सेवा

सिरहा– सिरहाको लहान नगरपालिकाले मातृ–शिशु स्वास्थ्यलाई प्राथमिकता दिँदै सुत्केरी र