सुदूरपश्चिममा डेङ्गीबाट दुई सय ८८ जना सङ्क्रमित « Khabarhub

सुदूरपश्चिममा डेङ्गीबाट दुई सय ८८ जना सङ्क्रमित


७ भाद्र २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

सुदूरपश्चिम – सुदूरपश्चिम प्रदेशमा पछिल्लो आठ महिनामा दुईसय ८८ जनामा डेङ्गी सङ्क्रमण भएको छ । स्वास्थ्य निर्देशनालय दिपायलले यस अवधिमा सङ्क्रमितमध्ये सबैभन्दा बढी कैलालीमा ६५ जना, अछाममा ४१ र कञ्चनपुरमा ३२ जना सङ्क्रमित भएको जनाएको छ ।

यसैगरी हिमाली जिल्ला दार्चुलामा चार र बाजुरामा १८ जना सङ्क्रमित भएका छन् । डडेलधुरा, डोटी, बझाङ र बैतडीमा गरी ८८ जना सङ्क्रमित भएका निर्देशनालयले जनाएको छ ।

निर्देशनालयका भेक्टर कन्ट्रोल अधिकृत हेमराज जोशी खासगरी असारदेखि कात्तिकसम्म डेङ्गी सङ्क्रमण बढ्ने भएकाले विशेष सतर्कता अपाउनुपर्ने बताउँछन् । डेङ्गीको भाइरसबाट सङ्क्रमित एडिस एजिप्टाई जातको पोथी लामखुट्टेको टोकाइले यो रोग मान्छेमा सर्ने भएकाले घर परिसरमा पानी जम्न नदिएर विशेष सतर्कता अपनाउन उनले आग्रह गरे।

“गमला, साइकल वा गाडीको टायर, खाली ड्रम जस्ता पानी जम्नसक्ने भाँडा तथा खाल्डामा लामखुट्टेले सजिलैसँग फुल पारेर आफ्नो वृद्धि विकास गर्ने भएकोले यस्ता सतर्कता अपनाउन आवश्यक छ”, जोशीले भने, “यस्ता सम्भावित स्थानको खोजीगरी लार्भा नष्ट गर्दा लामखुट्टेको वृद्धि विकास हुन नपाई रोगको रोकथाममा सहयोग पुग्छ ।”

दुई वर्षअघि डेङ्गीका कारण सुदूरपश्चिममा तीन जनाको मृत्यु भएको थियो । निर्देशनालयका भेक्टर कन्ट्रोल अधिकृत जोशीले रोगको रोकथामका लागि लामखुट्टे मार्न ‘लामखुट्टेको लार्भा खोज र नष्ट गर’ अभियान चलाउनु आवश्यक रहेको बताए ।

“यसमा हरेक स्थानीय तहको महत्त्वूर्ण भूमिका हुन्छ । आफ्नो क्षेत्रमा रोग सङ्क्रमणको अवस्था हेरेर यस्तो अभियान सञ्चालन गर्न आवश्यक छ । यसवर्ष कतिपय पालिकाले यो अभियान सञ्चालन गरिरहेका छन्”, उनले भने ।

सरकारी अस्पतालमा यो रोगका बिरामीको निःशुल्क उपचार हुने गरेको छ । लामखुट्टेको टोकाइबाट बच्नु नै यो रोगको रोकथामको प्रभावकारी उपाय भए पनि नागरिकमा चेतनाको अभाव देखिँदा समस्या भइरहेको स्वास्थ्यकर्मीले बताउने गरेका छन् ।

प्रकाशित मिति : ७ भाद्र २०८२, शनिबार  ९ : २८ बजे

प्रतिस्पर्धाबीच दलहरु संयम, झडप र गालीगलौज पनि चर्को सुनिएन !

काठमाडौं– विगतका संसदीय चुनावको तुलनामा यस पटकका कार्यक्रम तथा गतिविधिमा

मोरङ–६ मा शेखर कोइरालालाई विभिन्न दलले सघाउने

मोरङ– मोरङ क्षेत्र नं. ६ मा कांग्रेसका उम्मेदवार डा. शेखर कोइरालालाई

दल र उम्मेदवारका प्रचार सामग्री आज रातिदेखि सञ्चारमाध्यमबाट हटाउन अनुरोध

काठमाडौं– विज्ञापन बोर्डले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत राजनीतिक दल र

इरानको प्रत्याक्रणमा अर्का अमेरिकी सैनिकको मृत्यु, ज्यान गुमाउनेको संख्या ४ पुग्यो

कुवेत- संयुक्त अमेरिकी सेनाले इरानमाथि सुरु भएको अपरेशनदेखि हालसम्म चौथो

सुकुम्बासी बस्तीमा बालेनको डोजर आतंकले रास्वपालाई पार्न सक्छ समस्या

काठमाडौं- काठमाडौं महानगरपालिकाको मेयरका रुपमा काम गर्दा थापाथलीस्थित बागमती किनारसहिका