जुम्लाको चन्दननाथ र भैरवनाथ मन्दिरमा नयाँ लिङ्गो फेरियो | Khabarhub Khabarhub

जुम्लाको चन्दननाथ र भैरवनाथ मन्दिरमा नयाँ लिङ्गो फेरियो


७ आश्विन २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

जुम्ला– कर्णाली प्रदेशको प्रसिद्ध धार्मिक मन्दिर जुम्लाको चन्दननाथ र भैरवनाथ मन्दिरमा नयाँ लिङ्गो फेरिएको छ । जिल्ला सदरमुकाम खलङ्गा बजारस्थित चन्दननाथ–भैरवनाथ मन्दिरको ५२ हातको नयाँ लिङ्गो सोमबार फेरिएको चन्दननाथ–भैरवनाथ मन्दिर गुठी व्यवस्थापन समितिका अध्यक्ष अमरबहादुर थापाले जानकारी दिए ।

हरेक वर्ष घटस्थापनाका दिन लिङ्गो फेर्ने प्रचलनअनुसार यस वर्ष पनि लिङ्गो फेरिएको छ । (‘मन्दिरमा लिङ्गो ठड्याइसकेपछि मात्रै जुम्लावासीले आ–आफ्ना घरमा घटस्थापना गर्दछन् । चन्दननाथ मन्दिरमा ५२ हाते लिङ्गो र ५२ हाते ध्वजा राखिएको हुन्छ’, उनले भने ।

भैरवनाथ मन्दिरमा ४८ हातको लिङ्गो र ४८ हातकै ध्वजा राख्ने परम्परा रहिआएको समितिका अध्यक्ष थापाले बताए । उनका अनुसार वर्षमा ५२ हप्ता हुने भएकाले वर्षभरि चन्दननाथ र भैरवनाथले रक्षा गरुन् भनेर ५२ हाते लिङ्गोसहित ध्वजा राख्ने प्रचलन रहिआएको हो ।

वर्षभरि देवीदेवताले प्राकृतिक विपदबाट रक्षा गरून् भन्ने विश्वाससहित मन्दिरमा लिङ्गो हालेर घटास्थापना गर्ने परम्परा रहेको थापाको भनाइ छ । उनका अनुसार मन्दिर क्षेत्रका स्थानीयले सोही मन्दिरको माटो लिएर जमरा राख्ने गर्दछन् । धार्मिक आस्थासँग जोडिएको यो परम्पराअन्तर्गत कृषिमा समृद्धि र भोकमरी नहोस् भन्ने कामना गर्ने गरिन्छ ।

लिङ्गो फेरेसँगै चन्दननाथ–भैरवनाथ मन्दिरमा मार्सीधानको सिक चढाउने परम्परा रहेको समितिका अध्यक्ष थापाले जानकारी दिए । ‘यसले मार्सी धानको उत्पादन वृद्धि र किसानमा उत्साह बढाउने विश्वास छ । दशकअघिसम्म लिङ्गो फेर्ने अवसरमा कर्णाली अञ्चलका विभिन्न जिल्लाबाट मन्दिरका लागि धार्मिक सामग्री पठाउने परम्परा थियो’, उनले भने ।

जुम्लाबाट अन्न र पैसा, कालीकोटबाट बाबियो, घिउ, मह, हुम्लाबाट ठेटुवा, चौँरी फुर्को र थाप्का तथा मुगुबाट मास, मुगी दाल, राडीपाखीलगायत सामग्री ल्याउने चलन थियो । अहिले यो परम्परा रोकिएको चन्दननाथ–भैरवनाथ गुठी समितिका कार्यालय प्रमुख रत्नप्रसाद आचार्यले बताए ।

मन्दिरको माटो लगेर यहाँका स्थानीयले घरमा जमरा राख्ने प्रचलनअनुसार सोमबार स्थानीयले घरघरमा घटस्थापना गरेका छन् । मन्दिरमा जय स्तम्भसहित पाँच वटा लिङ्गा खडा गरिएको चन्दननाथ–भैरवनाथ मन्दिर गुठी समितिको कार्यालयले जनाएको छ । (रासस)

प्रकाशित मिति : ७ आश्विन २०८२, मंगलबार  ७ : २५ बजे

मधेश प्रदेशको मुख्यमन्त्रीमा जितेन्द्र प्रसाद सोनार नियुक्त 

जनकपुरधाम – मधेश प्रदेशका प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले जितेन्द्र

इन्डोनेसियामा तेल ट्यांकरमा आगलागी हुँदा १० जनाको मृत्यु

एजेन्सी– इन्डोनेसियाको रियाउ टापु प्रान्तको बाटाम टापुको शिपयार्डमा मर्मत सम्भार

११ दिनदेखि ठप्प मेची राजमार्ग खुल्यो

काठमाडौं– माईजोगमाई गाउँपालिका ४ नामसालिङ र इलाम नगरपालिका १० गोदाक

बिमा प्राधिकरणले गर्‍यो कृषि, पशुपन्छी तथा जडिबुटी बीमा सम्बन्धी अन्तरक्रिया

काठमाडौं– नेपाल बीमा प्राधिकरणद्वारा आज प्राधिकरणको केन्द्रीय कार्यालय, कुपण्डोल, ललितपुरमा

जिल्ला प्रशासन कार्यालय मोरङमा राष्ट्रिय परिचय पत्र वितरण कार्य सुरु

काठमाडौं– जिल्ला प्रशासन कार्यालय मोरङमा राष्ट्रिय परिचय पत्र वितरण कार्य