‘जेरी अन टप’को हिजो सार्वजनिक गीत आज गायब, अनमोलले मागे माफी « Khabarhub

‘जेरी अन टप’को हिजो सार्वजनिक गीत आज गायब, अनमोलले मागे माफी


७ आश्विन २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


231
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – असोज ३१ बाट प्रदर्शनमा आउन लागेको नायक अनमोल केसी स्टारर फिल्म ‘जेरी अन टप’मा समावेश ‘कस्तुरी’ बोलको गीत युट्युबबाट हटाइएको छ ।

घटस्थापनाको अवसर पारेर सोमबार युट्युबमा सार्वजनिक गरिएको गीत मंगलबार युट्युबबाट हटाइएको हो ।

पुरानो लिंकबाट उक्त गीत हेर्न खोज्दा युट्युबले ‘यो गीत प्राइभेट गरिएको छ’ भन्ने सन्देश देखाउँछ ।

फिल्मकै कामका लागि भारतमा रहेका अनमोलले यो गीत प्राविधक समस्याका कारण हटाउनु परेको दर्शकलाई जानकारी दिएका छन् ।

उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘सबैमा माफी चाहन्छु । हाम्रो नयाँ गीत कस्तुरी प्राविधिक समस्याका कारण हटाउनु पर्यो। तर चिन्ता नगर्नुहोस्, हामी चाँडै नै नयाँ संस्करण लिएर आउनेछौं ।’

निर्माता सरोज न्यौपानले भने दर्शकको सल्लाहअनुसार केही सुधार गर्न गीत हटाइएको बताएका छन् ।

उनले लेखेका छन्, ‘तपाईंहरुको चासो अनि सल्लाहलाई आत्मसाथ गर्दै गीतमा केही सुधार गर्नु परेको हुँदा आज बेलुका नभए भोलि सम्म पुनः भेट्ने छौ।’

अर्थात्, उनले प्राविधिक सुधार गरेर यो गीत भोलिसम्म सार्वजनिक गर्ने बताएका हुन् ।

यो गीतको साउन्डको पक्ष निकै कमजोर भएको युट्युबमा प्रतिक्रिया आएको थियो ।

‘कस्तुरी’ गीतको भिडियोमा अनमोल र नायिका आँचल शर्मा मात्रै फिचर्ड थिए । यस गीतको छायाङ्कन मुस्ताङ र भारतको राजस्थानको रमणीयस्थानमा गरिएको थियो । भिडियोमा किरण थापाको कोरियोग्राफी थियो ।

गीतमा आशिष गुवाजु र सदिक्षा कट्टेलले स्वर दिएका छन् । जयन जे वाइबाको शब्द र संगीत रहेको छ ।

प्रकाशित मिति : ७ आश्विन २०८२, मंगलबार  १ : १२ बजे

युद्धबन्दी हस्तान्तरणबारे युक्रेनसँग दक्षिण कोरिया असन्तुष्ट

सियोल– युक्रेनले रुसका लागि लडिरहेका दुई उत्तर कोरियाली सैनिकलाई दक्षिण

चाडपर्वमा सडक अस्थायी रूपमा सञ्चालनयोग्य बनाउन आग्रह

काठमाडौं– नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अध्यक्ष सरोज सिटौलाले बाढीपहिरोका

प्रतिनिधिसभामा छ विधेयक प्रस्तुत

काठमाडौं– प्रतिनिधिसभाको आजको बैठकमा छ वटा विधेयक प्रस्तुत गरिएको छ ।

पक्राउपछि दुर्गा प्रसाईँलाई स्वास्थ्य परीक्षणका लागि अस्पताल लगियो

काठमाडौं– मेडिकल व्यवसायी एवं अभियन्ता दुर्गा प्रसाईँ फेरि पक्राउ परेका

इरानसँग तनाव बढेपछि तेलको मूल्य उकालो, विश्व बजारमा दबाब

न्युयोर्क– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले प्रस्ताव गरेको सातदिने युद्धविराम