घरका एक्ला छोराको अपहरणपछि हत्या, आफन्त र छिमेकीसहित ८ जना समातिए « Khabarhub

घरका एक्ला छोराको अपहरणपछि हत्या, आफन्त र छिमेकीसहित ८ जना समातिए


७ आश्विन २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.9k
Shares
  • change font
  • change font
  • change font

सिराहा- सिरहामा अपहरणपछि हत्या गरिएको अवस्थामा १५ वर्षीय किशोरको शव भेटिएको छ। ती किशोर घरबाट हराएर तीन दिनदेखि बेपत्ता थिए ।

सिराहाको गोलबजार नगरपालिका–१३ डंग्राहा गाउँ निवासी अभिषेक सिंहको अपहरणपछि हत्या गरिएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

प्रहरीका अनुसार आइतबार राति ८ बजेदेखि बेपत्ता उनको शव मंगलबार बिहान घरनजिकै क्षतविक्षत अवस्थामा भेटिएको छ ।

जनता आधारभूत विद्यालय नजिकको आँपको रुखमुनि शव सडेर दुर्गन्ध आउन थालेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

प्रारम्भिक अनुसन्धानमा खुट्टाको छाला पिल्सिएको, शरीरभर नीलडाम र हत्यापछि शवमा आगो लगाइएको वा एसिड खन्याइएको हुन सक्ने सिराहाका प्रहरी प्रमुख एसपी अनन्तकुमार शर्माले बताए ।

‘अपहरणपछि हत्या भएको देखिएको छ । फरेन्सिक विज्ञ तथा मधेश प्रदेश प्रहरी कार्यालयबाट तालिमप्राप्त कुकुरसहितको टोली ल्याएर अनुसन्धान भइरहेको छ,’ उनले भने ।

अभिषेक आइतबार राति खाना खाएर घरबाहिर निस्किएदेखि बेपत्ता थिए । सोमबार बिहान आमाको इमो खातामा अपहरणकारीले हिन्दी भाषामा ५ करोड रुपैयाँ फिरौती माग्दै सन्देश पठाएका थिए । परिवारले तत्कालै उजुरी दिए पनि अभिषेकलाई प्रहरीले भेट्न सकेन।

अभिषेकका बुवा सञ्जय सिंह करेन्ट लागेर ७ वर्षअघि बितेका थिए । उनी परिवारका एक्ला छोरा हुन् । पढाई छाडिसकेका उनले परिवारलाई सहयोग गर्न सीटी रिक्सा र ट्रयाक्टर चलाउँथे ।

किशोरको हत्या भएपछि डंग्राहा गाउँ शोकमग्न र त्रसित छ । गाउँभर रुवाबासी चलेक छ । स्थानीयले असुरक्षा बढेको महसुस गरिरहेका छन् ।

यसैबीच, घटनामा संलग्न भएको आरोपमा प्रहरीले ८ जनालाई पक्राउ गरेको छ । किशोरको अपहरण र हत्यामा संलग्न भएको आशंकामा उनकै आफन्त र छिमेकी पक्राउ परेका हुन् । अहिले अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

बालकको शव गाउँनजिकै भेटिएकाले आफन्त वा छिमेकले अपहरण गरी हत्या गरेको हुनसक्ने एसपी शर्माले बताए । उनले घटना अनुसन्धानकै क्रममा रहेकोले कसैको नाम खुलाउन चाहेनन् ।

प्रकाशित मिति : ७ आश्विन २०८२, मंगलबार  ३ : ५४ बजे

म्याग्दीको गुर्जा र घोडेपानीमा हिमपात

म्याग्दी– म्याग्दीको धवलागिरी गाउँपालिका– १ गुर्जा र अन्नपूर्ण गाउँपालिका– ६

रविको स्वास्थ्य अवस्थाबारे के भन्छ टिचिङ अस्पताल ?

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको उपचारको

गुठी संस्थानविरुद्ध निर्वाचन आयोगमा उजुरी

काठमाडौं– गुठी संस्थानले निर्वाचन आचारसंहिताविपरीत श्री बौद्ध तथा मेलम्ची घ्याङ

डडेलधुरा पुगेर बालेन लेख्छन्- सुदूर अब दूर नाई…

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) वरिष्ठ नेता बालेन्द्र साह

कांग्रेसको चुनावी नीति : जसको जिम्मेवारी जहाँ, उसले खट्ने त्यहाँ

काठमाडौं– नेपाली कांग्रेसले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा