घरका एक्ला छोराको अपहरणपछि हत्या, आफन्त र छिमेकीसहित ८ जना समातिए « Khabarhub

घरका एक्ला छोराको अपहरणपछि हत्या, आफन्त र छिमेकीसहित ८ जना समातिए


७ आश्विन २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.9k
Shares
  • change font
  • change font
  • change font

सिराहा- सिरहामा अपहरणपछि हत्या गरिएको अवस्थामा १५ वर्षीय किशोरको शव भेटिएको छ। ती किशोर घरबाट हराएर तीन दिनदेखि बेपत्ता थिए ।

सिराहाको गोलबजार नगरपालिका–१३ डंग्राहा गाउँ निवासी अभिषेक सिंहको अपहरणपछि हत्या गरिएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

प्रहरीका अनुसार आइतबार राति ८ बजेदेखि बेपत्ता उनको शव मंगलबार बिहान घरनजिकै क्षतविक्षत अवस्थामा भेटिएको छ ।

जनता आधारभूत विद्यालय नजिकको आँपको रुखमुनि शव सडेर दुर्गन्ध आउन थालेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

प्रारम्भिक अनुसन्धानमा खुट्टाको छाला पिल्सिएको, शरीरभर नीलडाम र हत्यापछि शवमा आगो लगाइएको वा एसिड खन्याइएको हुन सक्ने सिराहाका प्रहरी प्रमुख एसपी अनन्तकुमार शर्माले बताए ।

‘अपहरणपछि हत्या भएको देखिएको छ । फरेन्सिक विज्ञ तथा मधेश प्रदेश प्रहरी कार्यालयबाट तालिमप्राप्त कुकुरसहितको टोली ल्याएर अनुसन्धान भइरहेको छ,’ उनले भने ।

अभिषेक आइतबार राति खाना खाएर घरबाहिर निस्किएदेखि बेपत्ता थिए । सोमबार बिहान आमाको इमो खातामा अपहरणकारीले हिन्दी भाषामा ५ करोड रुपैयाँ फिरौती माग्दै सन्देश पठाएका थिए । परिवारले तत्कालै उजुरी दिए पनि अभिषेकलाई प्रहरीले भेट्न सकेन।

अभिषेकका बुवा सञ्जय सिंह करेन्ट लागेर ७ वर्षअघि बितेका थिए । उनी परिवारका एक्ला छोरा हुन् । पढाई छाडिसकेका उनले परिवारलाई सहयोग गर्न सीटी रिक्सा र ट्रयाक्टर चलाउँथे ।

किशोरको हत्या भएपछि डंग्राहा गाउँ शोकमग्न र त्रसित छ । गाउँभर रुवाबासी चलेक छ । स्थानीयले असुरक्षा बढेको महसुस गरिरहेका छन् ।

यसैबीच, घटनामा संलग्न भएको आरोपमा प्रहरीले ८ जनालाई पक्राउ गरेको छ । किशोरको अपहरण र हत्यामा संलग्न भएको आशंकामा उनकै आफन्त र छिमेकी पक्राउ परेका हुन् । अहिले अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

बालकको शव गाउँनजिकै भेटिएकाले आफन्त वा छिमेकले अपहरण गरी हत्या गरेको हुनसक्ने एसपी शर्माले बताए । उनले घटना अनुसन्धानकै क्रममा रहेकोले कसैको नाम खुलाउन चाहेनन् ।

प्रकाशित मिति : ७ आश्विन २०८२, मंगलबार  ३ : ५४ बजे

सहकारी क्षेत्रलाई भरोसायोग्य बनाउन जरुरी : मुख्यमन्त्री आचार्य

लुम्बिनी– लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सहकारी क्षेत्रलाई भरोसायोग्य बनाउन

सेना प्रमुखलाई पद छाड्न अमेरिकी युद्धमन्त्रीको निर्देशन, पेन्टागनमा खैलाबैला

काठमाडौं- अमेरिका र इजरायलले इरानविरुद्ध युद्ध चर्काइरहेका बेला अमेरिकी युद्धमन्त्री

आर्टेमिस–२ : चन्द्रमातर्फ मानवताको नयाँ कदम

वाशिङ्टन डीसी- नासाको ‘आर्टेमिस–२’ मिशनका चार जना अन्तरिक्षयात्रीहरू शुक्रबार फ्लोरिडाको

माइक्रोबस र बस एकापसमा ठोक्किँदा १० जना घाइते

कमलामाई- सिन्धुलीको सुनकोशी गाउँपालिका–५ साइटारस्थित बीपी राजमार्गमा माइक्रोबस र बस

के बुल्दाक रामेनले क्यान्सर गराउँछ ?

काठमाडौं– इन्स्ट्यान्ट रामेन चाउचाउ यसको सुलभ मूल्य, सुविधा र स्वादका