रास्वपाले भन्यो : भदौ २३ को जेन-जी आन्दोलनमा गयौँ, २४ गतेको तोडफोड र आगजनीमा सहभागी भएनौँ « Khabarhub

रास्वपाले भन्यो : भदौ २३ को जेन-जी आन्दोलनमा गयौँ, २४ गतेको तोडफोड र आगजनीमा सहभागी भएनौँ


७ आश्विन २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले जेन-जी आन्दोलनका क्रममा भएका घटनाको छानबिनका लागि पार्टीले सरकारलाई सहयोग गर्ने जनाएको छ ।

मंगलबार पार्टी कार्यालय बनस्थलीमा सञ्चारकर्मीसँगको छलफलमा रास्वपा प्रवक्ता मनिष झाले जेन-जी आन्दोलनका क्रममा तोडफोड तथा आगजनीका घटनामा रास्वपाका नेताहरूलाई मुछिएको भन्दै छानबिनका लागि सरकारलाई सहयोग गर्ने बताए ।

प्रवक्ता झाले भाद्र २३ गते भएको जेनजी आन्दोलनमा रास्वपा नेता कार्यकर्ताहरूको सहभागिता तुलनात्मक रुपमा सबैभन्दा बढी रहेको स्वीकारे ।

भदौ २४ गते भएको तोडफोड तथा आगजनीका घटनामा रास्वपा नेता कार्यकर्ताहरूको कुनै सहभागिता नरहेको उनले बताए ।

उनले आन्दोलनका क्रममा नख्खु कारागारमा समेत आगजनी हुने सम्भावना देखेपछि आफू त्यहाँ पुगेको बताए ।

तर आन्दोलनकारीको अगुवाका रुपमा सहभागी भएको भन्ने कुरामा सत्यता नरहेको उनले बताएका छन् ।

उनले लामिछानको सुरक्षाको जिम्मा लिन कारागारले भनेपछि आफूहरूले जिम्मा लिएको जिकिर गरे ।

प्रवक्ता झाले सुमना श्रेष्ठ लगायतका नेताले पार्टी छाडेकोप्रति समीक्षा गर्दै अहिलेसम्मको योगदानको सम्मान गर्ने निर्णय भएको बताए ।

प्रकाशित मिति : ७ आश्विन २०८२, मंगलबार  ५ : ५९ बजे

राजनीतिबाट ‘निष्क्रिय’ देउवा उपचारका लागि सिंगापुर उडे

काठमाडौं – चुनावको मुखमा पूर्वप्रधानमन्त्री एवम् नेपाली कांग्रेसका अपदस्थ सभापति

निर्वाचनबारे धारणा सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै प्रचण्ड

काठमाडौँ – नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’

‘बाँदर नियन्त्रणको खाका ल्याउँनेलाई भोट’

बागलुङ – बागलुङको जैमिनी क्षेत्रमा भोट माग्न जाने उम्मेदवारलाई मतदाताले

सुर्खेत र बाँकेमा आज कांग्रेसको चुनावी सभा

काठमाडौं – प्रतिनिधि सभाको निर्वाचनलाई लक्षित गर्दै जनकपुरमा सभा गरेको

यौनकर्मीको पीडा प्रतिनिधित्व गर्न ‘लालिमा’ बनेकी रोश्नी

काठमाडौं – नायिका रोश्नी कार्कीलाई मण्डला थिएटरमा यौन दुर्‍व्यवहारको कथा