चोरी भएका सामान बुझाउन निगमको आग्रह « Khabarhub

चोरी भएका सामान बुझाउन निगमको आग्रह


७ आश्विन २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल वायुसेवा निगमले आन्दोलनका क्रममा हराएका तथा चोरी भएका नगद तथा जिन्सी सामान बुझाउन आग्रह गरेको छ ।

आज एक सूचना जारी गरी निगमले भदौ २४ को ‘जेन-जी’ प्रदर्शनका क्रममा निगमको कान्तिपथस्थित केन्द्रीय कार्यालयमा भएको तोडफोड, आगजनी, चोरी एवम् लुटपाटबाट हराएका सामग्री फिर्ता गर्न सबैलाई आग्रह गरेको हो ।

निगमको कार्यालयबाट नगद, मोबाइल, कम्युटर सेट, ल्यापटप, स्क्यानर, प्रिन्टर, हार्ड डिस्क, क्याल्कुलेटर, सोभिनियरलगायत सामग्री लुटपाट एवम् चोरी भएको जनाइएको छ ।

निगमले तोडफोड तथा चोरीमा संलग्न व्यक्तिको सिसिटिभी फुटेजमार्फत पहिचान गर्ने कार्य भइरहेको हुँदा सामान चाँडो फिर्ता गर्न र अन्यथा, चोरीमा संलग्न व्यक्तिलाई कानुनबमोजिम कारबाही गरिने जनाएको छ । 
 

प्रकाशित मिति : ७ आश्विन २०८२, मंगलबार  ६ : १३ बजे

तटबन्धले जोगायो गैँडाकोटको बस्ती

नवलपुर– यही असोज ११ गते नारायणी नदीमा पछिल्लो ६० वर्षयताकै

बाढीपहिरोले प्रभावित म्याग्दीको प्रसारण लाइन मर्मत सुरु

म्याग्दी– बाढीपहिरोबाट प्रभावित म्याग्दीको अन्नपूर्ण गाउँपालिका र मुस्ताङमा विद्युत् आपूर्तिका

वैदेशिक रोजगारी छाडेर गाउँ फर्किएका भोजपुरका युवा कृषि र बाख्रापालनमा

काठमाडौँ – भोजपुरका युवाहरू पछिल्लो समय वैदेशिक रोजगारीको मोह छाडेर

हुम्लाको हिल्सामा भारी हिमपात: कैलाश मानसरोवर यात्रा प्रभावित, ४१ नेपाली अलपत्र

काठमाडौँ – हुम्लाको उत्तरी सीमानाका हिल्सा क्षेत्रमा अविरल वर्षा र

निजामती विधेयक: छड्के प्रवेशको प्रस्तावले कर्मचारी तरंगित, कहाँ कस्तो असर पर्छ ?

काठमाडौँ – सरकारले बहुप्रतीक्षित ‘संघीय निजामती सेवा विधेयक’ प्रतिनिधिसभामा दर्ता