बालेनलक्षित केपी ओलीको टिप्पणी : पहिल्यै घोषणा गरेका थिए, घुसपैठ गरेर सिंहदरबार जलाए « Khabarhub

बालेनलक्षित केपी ओलीको टिप्पणी : पहिल्यै घोषणा गरेका थिए, घुसपैठ गरेर सिंहदरबार जलाए


७ आश्विन २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले युवाहरूलाई देशभक्त बनाउनुपर्ने बताएका छन् ।

जेन–जी आन्दोलनका कारण गत भदौ २४ गते सत्ता छोड्न बाध्य ओली भक्तपुरको गुण्डूमा झरेर राजनीतिमा सक्रिय भएका छन् ।

उनले गुन्डूमा आफू बसेको घरमा भेट्न आएका युवाहरूलाई मंगलबार सम्बोधन गर्न भ्याए ।

ओलीले भने, ‘देशप्रति माया गर्ने, जिम्मेवार र सभ्य युवाको आवश्यकता छ। असभ्य र गैरजिम्मेवार हुनु युवाको कुरा होइन। कर्तव्य बिर्सिने होइन, पढाइमा लाग्ने, छलकपट नगर्ने, असल चरित्र सिकाउने संस्कार बनाउनुपर्छ।’

उनले सामाजिक सञ्जालमा हल्का गतिविधिमा मात्र रमाउने प्रवृत्तिले युवालाई कमजोर बनाइरहेको उल्लेख गर्दै भने, ‘डिजिटल प्लेटफर्म सदुपयोग गर्ने हो, काम नदिने संस्कार तोड्नुपर्छ। नेपाललाई इमान्दार र कर्मठ मानिसहरू चाहिन्छ।’

देशमा हालै भएका घटनाबारे टिप्पणी गर्दै ओलीले भने, ‘यो देश हाम्रो हो, हामीले बनाउनुपर्छ। तर अरूको उचालिमा गएर सिंहदरबार जलाइयो। देशलाई माया गर्नेले सिंहदरबार जलाउँदैन। त्यो योजनाबद्ध काम हो, घुसपैठिया तत्वले गराएका हुन्।’

उनले देश र इतिहासलाई माया गर्ने मान्छेहरुले सिंहदरबार जलाउन नसक्ने दोहोर्‍याए । ‘सिंहदरबार कसले जलायो ? देश र इतिहासलाई माया गर्ने मान्छेले सिंहदरबार जलायो होला र ? पक्कै जलाएन । अरु नै कुनै घुसपैठिया तत्व, जो पहिल्यै नै भन्दै थिए त सिंहदरबार जलाउँछु भनेर घोषणा गर्दै थिए’, उनले भने, ‘अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रतिर हमला गरेको धेरैपल्ट हो, यो एउटा योजनाबद्ध काम हो । यस्तो कुरामा हामीले बुझ्नुपर्छ । बादल लाग्यो भन्दैमा हट्दैन भन्ने हुँदैन, साँझ पर्‍यो भने भोलि उज्यालो हुन्छ भन्ने कुरा विश्वास गर्नुपर्छ र उज्यालो हुन्छ ।’

आफ्नो सम्बोधनमा उनले युवालाई हिम्मत नहार्न र निरन्तर संघर्ष गर्दै अगाडि बढ्न पनि आग्रह गरे। ओलीले ‘सभ्यता विकास गरेर अघि बढाउन सकिने हो भने नेपाल जिम्मेवार र सभ्य मानिसहरूको देश बन्न सक्छ।’

उनले भने नेपाल इमानदार र कर्मठ मानिसहरुको देश भएको बताए । ‘नेपाल अत्यन्तै जिम्मेवार र सभ्य मानिसहरुको देश हो । एउटा सभ्यताको लामो इतिहास भएको देश हो’, उनले भने, ‘जेन–जी आन्दोलनपछि देशमा ठूलो क्षति भएको छ । यसबाट देशलाई उठाउनुपर्ने छ । देश बनाउने कुरामा हरेस खानु हुँदैन। हामीले नै बनाउने हो देश ।’

प्रकाशित मिति : ७ आश्विन २०८२, मंगलबार  ६ : ४२ बजे

राजनीतिबाट ‘निष्क्रिय’ देउवा उपचारका लागि सिंगापुर उडे

काठमाडौं – चुनावको मुखमा पूर्वप्रधानमन्त्री एवम् नेपाली कांग्रेसका अपदस्थ सभापति

निर्वाचनबारे धारणा सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै प्रचण्ड

काठमाडौँ – नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’

‘बाँदर नियन्त्रणको खाका ल्याउँनेलाई भोट’

बागलुङ – बागलुङको जैमिनी क्षेत्रमा भोट माग्न जाने उम्मेदवारलाई मतदाताले

सुर्खेत र बाँकेमा आज कांग्रेसको चुनावी सभा

काठमाडौं – प्रतिनिधि सभाको निर्वाचनलाई लक्षित गर्दै जनकपुरमा सभा गरेको

यौनकर्मीको पीडा प्रतिनिधित्व गर्न ‘लालिमा’ बनेकी रोश्नी

काठमाडौं – नायिका रोश्नी कार्कीलाई मण्डला थिएटरमा यौन दुर्‍व्यवहारको कथा