अर्थसंक्षेप : जेन-जी प्रदर्शननमा विनाशको २२ अर्ब २५ करोड बिमा दाबी, भारतीय राजदूत र अर्थमन्त्रीबीच वार्ता, सहयोग नरोकिने र ५८ अंकले बढ्यो नेप्से « Khabarhub

अर्थसंक्षेप : जेन-जी प्रदर्शननमा विनाशको २२ अर्ब २५ करोड बिमा दाबी, भारतीय राजदूत र अर्थमन्त्रीबीच वार्ता, सहयोग नरोकिने र ५८ अंकले बढ्यो नेप्से


७ आश्विन २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

चुच्चे नक्सामुनि भारतीय राजदूत र अर्थमन्त्री खनालबीच वार्ता, सहयोग निरन्तर रहने वचन

अर्थमन्त्री रामेश्वर खनाल र नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवबीच मंगलबार दिउँसो सिंहदरबारमा भेटवार्ता भएको छ ।

दुईजनाबीच सिंहदरबारमा समसामयिक विषयमा लामो संवाद भएको हो । रोचक त के छ भने अर्थमन्त्री खनालले आफ्नो कार्यकक्षमा राखेको लिम्पियाधुरा र कालापानी समेटिएको चुच्चे नक्सामुनि भारतीय राजदूतसँग संवाद गरेका छन् ।

उक्त चुच्चे नक्सालाई अझै पनि भारतले मान्यता दिन मानेको छैन । नेपालले आफ्नो क्षेत्र भनिरहेको लिपुलेक, लिम्पियाधुरा र कालापानी समेटिएको चुच्चे नक्साबारे भारतले कूटनीतिक रुपमा अस्वीकार गरिरहेको छ ।

उता उत्तरी छिमेकी चीनले पनि नेपाली भूमि लिपुलेक हुँदै व्यापार गर्न भारतसँग सम्झौता गरेको छ। चिनियाँ राजदूत छन सोङसँग पनि खनालले चुच्चे नक्सामुनि नै संवाद गरेका छन् ।

वीरगञ्ज नाका हुँदै २६ अर्बको पेट्रोलियम पदार्थ आयात

भारत र चीनका राजदूतहरूसँग अर्थमन्त्री खनालको भेटघाट

मंगलबार ५८ अंकले बढ्यो नेप्से, २७ सय बिन्दुनजिक

मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ५८.३६ अंकले बढेको छ । आइतबार १११.७० अंकले बढेको नेप्से मंगलबार पनि दोहोरो अंकले बढेर २६८२.२५ अंकमा पुगेको हो ।

मंगलबार ५ अर्ब २९ करोड २७ लाख ७३ हजार रुपैयाँ बराबरको सेयर कारोबार हुँदा २३८ वटा कम्पनीको सेयर मूल्य बढेको छ भने १४ वटा कम्पनीको सेयर मूल्यमा गिरावट आएको छ ।

सुनको मूल्य तोलाको दुई लाख २१ हजार ७०० पुग्यो

एनएमबि बैंकका ग्राहकले याडिया इलेक्ट्रिक स्कुटर किन्दा छुट पाउने

जेन-जी प्रदर्शनः २२ अर्ब २५ करोड बिमा दाबी

जेन-जी पुस्ताको प्रदर्शनका क्रममा भएका क्षतिको २२ अर्ब २५ करोड ६५ लाख बराबर बिमा दाबी पुगेको छ।

नेपाल बिमा प्राधिकरणका अनुसार बिमा दाबी सबैभन्दा बढी बागमती प्रदेशमा रहेको छ। सो प्रदेशमा रु १७ अर्ब ९७ करोड ७२ लाख बराबरको बिमा दाबी परेको छ। कूल एक हजार ३४३ वटा दाबीको आवेदन परेको प्राधिकरणले जनाएको छ।

माइक्रो इन्स्योरेन्स कम्पनीसहित कूल १८ वटा बिमा कम्पनीमा दुई हजार ४७८ वटा दाबीको आवेदन परेका प्राधिकरणले जनाएको छ। गत भदौ २३ र २४ गतेको प्रदर्शनका क्रममा सरकारी तथा निजी सम्पत्तिमा आगजनी, तोडफोडलगायत घटना भएका थिए।
प्राधिकरणले निजी सम्पत्तिमा भएको आगजनी र तोडफोडका सम्बन्धमा बिमा दाबी भएको स्पष्ट पारेको छ।

चोरी निकासी रोक्न सीमाक्षेत्रमा कडाइ

प्रकाशित मिति : ७ आश्विन २०८२, मंगलबार  ७ : १० बजे

प्रदीप पौडेललाई प्रश्न- देउवा आएपछि पार्टी एकताको सम्भावना टरेको हो ?

नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेल संस्थापन इतर पक्ष शेरबहादुर देउवाको

पश्चिम बंगालका पूर्व विधानसभा उपसभामुख आशीष बनर्जी पार्टी कार्यालयमै झुन्डिएको अवस्थामा भेटिए

काठमाडौं– पश्चिम बंगाल विधानसभा पूर्वउपसभामुख तथा तृणमूल कांग्रेस (टीएमसी) का

विदेशी उपाधिको समकक्षता निर्धारणको जिम्मेवारी अनुदान आयोगलाई

काठमाडौं– विश्वविद्यालय अनुदान आयोगले विदेशी विश्वविद्यालय वा सोसरहका शैक्षिक संस्थाबाट

विपद् जोखिम न्यूनीकरणमा पूर्वतयारी र समन्वयमा जोड

सुदूरपश्चिम– सुदूरपश्चिम प्रदेश सरकारले सम्भावित विपद्बाट हुने जनधनको क्षति न्यूनीकरणका

क्षयरोग केन्द्र ठिमीबाट ग्यास वितरण, नागरिकता वा राष्ट्रिय परिचयपत्र अनिवार्य

काठमाडौं– नेपाल आयल निगमको समन्वयमा राष्ट्रिय क्षयरोग केन्द्र भक्तपुरको ठिमीमा