मनोज सिलवालको वाचा : काम गर्न प्राधिकरणमा आएको हुँ, डेडिकेटेड ट्रंक लाइनको बक्यौता उठाउँछु « Khabarhub

मनोज सिलवालको वाचा : काम गर्न प्राधिकरणमा आएको हुँ, डेडिकेटेड ट्रंक लाइनको बक्यौता उठाउँछु


७ आश्विन २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


150
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल विद्युत् प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक मनोज सिलवालले डेडिकेटेड ट्रंक लाइनको बक्यौता उठाउने निर्णयलाई कार्यान्वयन गर्ने बताएका छन् । 

मंगलबार प्राधिकरण पुगेर पदभार ग्रहण गर्दै कार्यकारी निर्देशक सिलवालले ऊर्जा मन्त्रालयले डेडिकेटेड ट्रंक लाइनको बक्यौता उठाउने निर्णय गरिसकेकाले उक्त निर्णयलाई प्राधिकरणले कार्यान्वयन गर्ने बताएका हुन् । 

यसका लागि पहिला भएको निर्णयलाई अध्ययन गरी पुनरावलोकन गरिने उनको भनाइ छ । उनले आन्तरिक संरचना सुधार गर्दै प्राधिकरणलाई अघि बढाउन दीर्घकालीन योजना बनाइने , २४ सै घण्टा विध्युत आपूर्ति लगायतमा ध्यान दिने धारणा राखे । 

त्यस्तै कर्मचारीले गरेको स्वागत कार्यक्रममा नवनियुक्त कार्यकारी निर्देशक सिलवालले जस्तोसुकै चुनौती आए पनि त्यसलाई पार गर्दै अघि बढ्ने बताए । 

उनले प्राधिकरणमा लामो समय नेतृत्वमा रहेका व्यक्ति नै अहिले ऊर्जामन्त्रीमा रहेकाले काम गर्न कुनै कठिन नहुने र अहिलेको अवसरलाई प्रयोग गर्नुपर्ने उल्लेख गरे । आफूले राजनीतिक नियुक्तिको अर्थ बुझेको भन्दै उनले जति समय प्राधिकरणमा रहे पनि सुधार गरेर नै बिदा लिने बताए  ।  

उनले आफू फोटो टाँस्नका लागि नभई काम गर्नका लागि प्राधिकरणमा आएको धारणा समेत राखे । अन्तरिम सरकारले हितेन्द्रदेव शाक्यलाई हटाएर सिलवाललाई प्राधिकरणको कार्यकारी निर्देशक पदमा नियुक्त गरेको हो । 

प्रकाशित मिति : ७ आश्विन २०८२, मंगलबार  ७ : ०० बजे

गुल्मीमा चुँदारा समुदायको पेसा सङ्कटमा

गुल्मी– पछिल्लो समय गुल्मीमा काठका भाँडा बनाउँदै आएका चुँदारा समुदायको

भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध

बागलुङ– गए रातिदेखि भएकाे वर्षासँगैको हिमपातले मध्यपहाडी लोकमार्ग पूर्ण रुपमा

मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु

सिन्धुली– दुधौली नगरपालिका–१० खत्रीचोकको भित्री सडकमा आज बिहान भएको मोटरसाइकल

सर्लाही-४ : गगनलाई सघाउन सांसद उम्मेवारसहित चार वडाध्यक्ष कांग्रेसमा प्रवेश

सर्लाही – नेपाली कांग्रेसका सभापति गगनकुमार थापा सर्लाही क्षेत्र नम्बर

एउटै गाउँबाट दैनिक १७ सय लिटर दूध उत्पादन

तनहुँ– मिहिनेत गर्न सके स्वदेशमै बसेर विदेशको सरह पैसा कमाउन