माओवादीसँग एकताका लागि विप्लवले बनाए वार्ता टोली « Khabarhub

माओवादीसँग एकताका लागि विप्लवले बनाए वार्ता टोली


७ आश्विन २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


294
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले माओवादी घटक र विचार मिल्नेसँग एकताका लागि वार्ता टोली गठन गरेका छन् ।

नेकपाको काठमाडौंमा बसेको केन्द्रीय कमिटीको बैठकमा माओवादी घटक र विचार मिल्ने समूहसँग वार्ता गर्ने निर्णयसहित टोली गठन गरिएको हो ।

वार्ता टोली संयोजकमा प्रवक्ता खड्गबहादुर विश्वकर्मा छन् । सदस्यहरूमा अनिल सी, शिलु सी, सुशील सी, चिरण र जितेन्द्र सी छन्।

नेकपा (माओवादी केन्द्र) ले पनि नेकपासँग एकताको लागि छलफल गरिरहेको छ । माओवादीको गत भदौमा बसेको स्थायी समिति बैठकले नेकपासँग एकता गर्ने निर्णय गरिसकेको छ ।

जेन–जी आन्दोलनपछि विकसित राजनीतिक घटनाक्रम अनुसार विप्लवले माओवादीसँग तत्काल एकता गर्नेगरी आफूलाई अघि बढाएका छन् ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पनि पहिलो प्राथमिकतामा राखेर विप्लव र माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) सँग एकताको तयारी गरेका छन् ।

प्रकाशित मिति : ७ आश्विन २०८२, मंगलबार  ७ : ०० बजे

हिमपातले अवरुद्ध नाग्म–गमगडी सडक सञ्चालन

जुम्ला– शनिबारको भारी हिमपातले बन्द भएको कर्णाली राजमार्गअन्तर्गत नाग्म–गमगढी सडकखण्डको

‘ब्लु हिल’मा धमाधम पर्यटकीय पूर्वाधार निर्माण गरिँदै

गलकोट– यहाँको बागलुङ नगरपालिकाको गौरवको आयोजनाका रुपमा रहेको वडा नं

भारत–युरोप व्यापार सहमति ऐतिहासिक

एजेन्सी– भारत र युरोपेली सङ्घ (ईयु) बीच करिब दुई दशकदेखि

बालेन, महेश, हर्क र निकोलसलाई स्पष्टीकरण

काठमाडौं– निर्वाचन आयोगले चार जना उम्मेदवारसँग लिखित स्पष्टीकरण मागेको छ। 

पन्चैबाजा संरक्षणमा जुटे विद्यार्थी

ढोरपाटन– बागलुङमा विद्यालयस्तरबाटै मौलिक पन्चैबाजा संरक्षण गर्न थालिएको छ ।