अब बदलिनेले नेतृत्व र नबदलिनेले बिदा लिन्छन् : महामन्त्री शर्मा « Khabarhub

अब बदलिनेले नेतृत्व र नबदलिनेले बिदा लिन्छन् : महामन्त्री शर्मा


७ आश्विन २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


297
Shares
  • change font
  • change font
  • change font

झापा– नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले ‘जेन-जी’ को भावना र आन्दोलनको सन्देशलाई आत्मसात गर्दै कांग्रेस नयाँ ढङ्गले रूपान्तरण हुने बताएका छन् ।

पार्टीको झापा निर्वाचन क्षेत्र नं १, क्षेत्रीय समितिले आज गृहनगर धुलाबारीमा आयोजना गरेको ‘अबको राजनीति र अबको नेपाल’ विषयक अन्तरक्रियामा उनले पार्टीमा रूपान्तरणको विकल्प नरहेको धारणा राखे । 

महामन्त्री शर्माले भने, ‘समय बदलिएको छ, सबै बदलिनुपर्छ । नेता, कर्मचारी संयन्त्र सबै बदलिनुपर्छ । सिंहदरबार मात्र होइन, गाउँगाउँका हरेक तह बदलिनुपर्छ, चिया पसल गर्नेहरू पनि बदलिनुपर्छ । पार्टीको कुरा गर्दा अब जो बदलिन्छन्, तिनले नेतृत्व लिन्छन्, जो बदलिँदैनन् तिनले बिदा लिन्छन् ।’

‘जेन-जी’ प्रदर्शनले सबैको आँखा खोलिदिएको धारणा व्यक्त गर्दै उनले लोकतान्त्रिक पद्धतिप्रतिको उच्च चेत, भ्रष्टाचार नियन्त्रणका लागि कठोर कदमको आवश्यकता र नेतृत्व परिवर्तन यो आन्दोलनको सन्देश रहेको बताए।

आन्दोलनको पहिलो दिन प्रदर्शनकारीमाथि गोली हान्न आदेश दिने र दोस्रो दिन आगजनी एवम् तोडफोड गर्नेहरूका विषयमा गहन छानबिन हुनुपर्ने बताउँदै महामन्त्री शर्माले दोषी जो छन्, उनीहरूप्रति कुनै मोलाहिजा नराखी कडा कानुनी कारबाही हुनुपर्नेमा जोड दिए । 

उनले आजै मेचीनगर–१० स्थित पार्टीको क्षेत्रीय कार्यालय, मेचीनगर नगरपालिकासहित भदौ २४ गते आगजनी तथा तोडफोडबाट ध्वस्त भएको आफ्नो निजी निवासको अवलोकन गरे । 
 

प्रकाशित मिति : ७ आश्विन २०८२, मंगलबार  ७ : २५ बजे

ज्येष्ठ नागरिक समाजका अमूल्य धरोहर : मुख्यमन्त्री आचार्य

लुम्बिनी– लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले ज्येष्ठ नागरिक समाजका अमूल्य

आईसीसी वरीयतामा बुमराहको छलाङ : कुन खेलाडी कहाँ छन् ?

काठमाडौं – अन्तर्राष्ट्रिय क्रिकेटको वरीयतामा भारतीय खेलाडी सधैँ अगाडि छन्।

मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु

चितवन– मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा

४७ वर्षको जटिलता ४७ दिनमै अन्त्य, जेन-जी सरकारबाट स्वास्थ्य क्षेत्रमा ऐतिहासिक पहल

सिरहा– अस्पतालको काम बिरामीको उपचार गर्नु हो, तर लहानको रामकुमार

‘प्रधानमन्त्री पद मासुको टुक्रा बनाउनु हुँदैन’

काठमाडौं – नेपाली युवा राजनीतिज्ञ सागर ढकालले प्रधानमन्त्री पदलाई मासुको