२२ प्रतिशतले बढ्यो वैदेशिक व्यापार, ८८ प्रतिशतले बढ्यो निर्यात « Khabarhub

२२ प्रतिशतले बढ्यो वैदेशिक व्यापार, ८८ प्रतिशतले बढ्यो निर्यात


७ आश्विन २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– चालु आर्थिक वर्ष (आव)को दुई महिनामा अघिल्लो आवको सोही अवधिको तुलनामा नेपालको वैदेशिक व्यापारमा वृद्धि भएको छ । भन्सार विभागको तथ्यांकअनुसार समीक्षा अवधिमा नेपालको आयात र निर्यात दुवै वृद्धि भएको हो ।

विभागको तथ्यांकअनुसार चालु आवको दुई महिनामा नेपालमा ३ खर्ब ५ अर्ब १५ करोड ५० लाख ९९ हजार रुपैयाँको वस्तु आयात भएको छ । सो आयात अघिल्लो आवको सोही अवधिको तुलनामा १६.२३ प्रतिशतले धेरै हो । अघिल्लो आवको सोही अवधिमा २ खर्ब ६२ अर्ब ५४ करोड २६ लाख २६ हजार रुपैयाँको वस्तु आयात भएको थियो ।

त्यस्तै, चालु आवको दुई महिनामा नेपालबाट ४७ अर्ब ३१ करोड ७६ लाख ६३ हजार रुपैयाँको वस्तु निर्यात भएको छ । जुन निर्यात अघिल्लो आवको सोही अवधिको तुलनामा ८८.५७ प्रतिशतले धेरै हो । अघिल्लो आवको सो अवधिमा नेपालबाट २५ अर्ब ९ करोड ३१ लाख ३ हजार रुपैयाँ बराबरको वस्तु निर्यात भएको थियो ।

आयात र निर्यात दुवैतर्फ वृद्धि हुँदा चालु आवको पहिलो दुई महिनामा अघिल्लो आवको सोही अवधिको तुलनामा नेपालको वैदेशिक व्यापार बढ्न पुगेको छ ।

चालु आवको दुई महिनामा नेपालको कुल वैदेशिक व्यापार ३ खर्ब ५२ अर्ब ४७ करोड २७ लाख ६१ हजार रुपैयाँ बराबरको भएको छ । जुन परिमाण अघिल्लो आवको सोही अवधिको तुलनामा २२.५४ प्रतिशतले धेरै हो । अघिल्लो आवको सोही अवधिमा नेपालको वैदेशिक व्यापार २ खर्ब ८७ अर्ब ६३ करोड ५७ लाख २८ हजार रुपैयाँ बराबरको भएको थियो ।

आयात निर्यातमा सोयाबिन तेलको कच्चा पदार्थ अगाडि

भन्सार विभागको तथ्यांकअनुसार चालु आवको पहिलो दुई महिनामा सबैभन्दा धेरै आयात र निर्यात हुने वस्तुमा सोयाबिन तेलको कच्चा पदार्थ अगाडि देखिएको थियो ।

चालु आवको दुई महिनामा २१ अर्ब ६४ करोड ७७ लाख ८१ हजार रुपैयाँको सोयाबिन तेलको कच्चा पदार्थ आयात भएको छ । त्यस्तै, सो अवधिमा २० अर्ब ४२ करोड २ लाख २८ हजार रुपैयाँ बराबरको सोयाबिन तेलको कच्चा पदार्थ निर्यात भएको छ ।

समीक्षा अवधिमा कार्पेट टेक्सटाइल, सुर्यमुखी तेल, पामको तेल निर्यातको शिर्ष स्थानमा छन् भने सोयाबिन तेलपछि रासायनिक मल, डिजेल र पेट्रोल आयातको शिर्ष स्थानमा छन् ।

प्रकाशित मिति : ७ आश्विन २०८२, मंगलबार  ८ : ३४ बजे

भूमिहीन नागरिकको जग्गा व्यवस्थापनका लागि नाप नक्सा

महेन्द्रनगर– यहाँका स्थानीय तहले अव्यवस्थित बसोबासी र भूमिहीन नागरिकको जग्गा व्यवस्थापनका

‘एक घर-एक मिनीटिलर’ अभियानले पौवादुङमाका किसान उत्साहित

भोजपुर– यहाँको पौवादुङमा गाउँपालिकाले अनुदानमा हातेट्याक्टर वितरण गरेपछि किसान उत्साहित

हावाहुरीले विनय त्रिवेणीमा २० भन्दा बढी घरमा क्षति

काठमाडौं– मंगलबार साँझ आएको हावाहुरी सहितको वर्षाले पूर्वी नवलपरासीको विनय

विपक्षीसँग कुरा नमिलेपछि सुरु नै नभई सर्‍यो प्रतिनिधिसभा बैठक

काठमाडौं– बुधबार बिहान ११ बजेका लागि बोलाइएको प्रतिनिधिसभा बैठक सरेको

एनसेल डाटा सेन्टरलाई एएनएसआई/टीआईए–९४२–सी प्रमाणीकरण

काठमाडौं– एनसेल बिजनेसले नख्खु, ललितपुरमा सञ्चालनमा रहेको आफ्नो अत्याधुनिक डाटा सेन्टरले