मुग्लिन–नारायणगढ सडक तत्काल खुल्ने सम्भावना कम, वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह « Khabarhub

मुग्लिन–नारायणगढ सडक तत्काल खुल्ने सम्भावना कम, वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह


७ आश्विन २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


552
Shares
  • change font
  • change font
  • change font

चितवन – मंगलबार साँझ करिब ५ बजे तुइनखोला पुल नजिकै ठूलो पहिरो खस्दा मुग्लिन–नारायणगढ सडकखण्ड पुनः अवरुद्ध भएको छ। सडक तत्काल खुल्ने सम्भावना न्यून देखिएकाले चितवन जिल्ला प्रशासन कार्यालयले यात्रु र सवारी चालकलाई वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरेको छ।

प्रशासनले राति सार्वजनिक गरेको सूचनामा बर्दिवास (महोत्तरी), हेटौँडा (मकवानपुर), बुटवल (रुपन्देही), कावासोती र गैँडाकोट (नवलपरासी बर्दघाट सुस्तापूर्व), नौबिसे (धादिङ) तथा खैरेनीटार (तनहुँ) हुँदै यात्रा गर्न सकिने उल्लेख छ।

‘जोखिम मोलेर यात्रा नगर्नुहोस्। ज्यान सुरक्षित राखौँ, यात्रा पछि गरौँ। बाटो खुल्ने आशामा बस्दा आफैंलाई हैरानी पर्न सक्छ,’ सूचनामा भनिएको छ, ‘हालका लागि यो बाध्यात्मक विकल्प हो। सडक खोल्ने प्रयास भइरहेका छन्। बाटो सञ्चालनयोग्य भएपछि फेरि जानकारी दिइनेछ।’

यस विषयमा थप जानकारीका लागि जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रवीन्द्र खनाल (९८५५०१३९९९), जिल्ला प्रशासन कार्यालय चितवनका सूचना अधिकारी मदन लामा थिङ (९८५५०९२२००) तथा सडक डिभिजन भरतपुरका सूचना अधिकारी कृष्णप्रसाद आचार्य (९८५५०९२२१८) लाई सम्पर्क गर्न सकिने प्रशासनले जनाएको छ।

प्रकाशित मिति : ७ आश्विन २०८२, मंगलबार  ८ : ४७ बजे

गुल्मीमा चुँदारा समुदायको पेसा सङ्कटमा

गुल्मी– पछिल्लो समय गुल्मीमा काठका भाँडा बनाउँदै आएका चुँदारा समुदायको

भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध

बागलुङ– गए रातिदेखि भएकाे वर्षासँगैको हिमपातले मध्यपहाडी लोकमार्ग पूर्ण रुपमा

मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु

सिन्धुली– दुधौली नगरपालिका–१० खत्रीचोकको भित्री सडकमा आज बिहान भएको मोटरसाइकल

सर्लाही-४ : गगनलाई सघाउन सांसद उम्मेवारसहित चार वडाध्यक्ष कांग्रेसमा प्रवेश

सर्लाही – नेपाली कांग्रेसका सभापति गगनकुमार थापा सर्लाही क्षेत्र नम्बर

एउटै गाउँबाट दैनिक १७ सय लिटर दूध उत्पादन

तनहुँ– मिहिनेत गर्न सके स्वदेशमै बसेर विदेशको सरह पैसा कमाउन