राष्ट्रसंघको मञ्चमा ट्रम्प आउँदै गर्दा बिग्रियो एस्केलेटर : भाषणअघि टेलिप्रम्प्टर बन्द, रूसका राजदूतले खिचे भिडियो | Khabarhub Khabarhub

राष्ट्रसंघको मञ्चमा ट्रम्प आउँदै गर्दा बिग्रियो एस्केलेटर : भाषणअघि टेलिप्रम्प्टर बन्द, रूसका राजदूतले खिचे भिडियो


७ आश्विन २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


972
Shares
  • change font
  • change font
  • change font

न्यूयोर्क– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मंगलबार संयुक्त राष्ट्र महासभालाई सम्बोधन गरे। ट्रम्प जब भाषण दिन हलतर्फ जाँदै थिए, त्यही बेला एस्केलेटर अचानक रोकियो, त्यसपछि उनी सिँढी चढेर हलभित्र पुगे।

कुरो त्यतिमै रोकिएन, ट्रम्पले भाषण सुरू गर्दा टेलिप्रम्प्टर बिग्रियो। यसमा ट्रम्पले हल्का मजाक गर्दै भने– ‘टेलिप्रम्प्टर बिग्रियो भने के भयो, यसले मनदेखि बोल्ने मौका दिन्छ। तर जसले यसलाई चलाइरहेको छ, ऊ भने संकटमा पर्छ।’

संयुक्त राष्ट्रका एक अधिकारीले रोयटर्सलाई बताएअनुसार टेलिप्रम्प्टर संयुक्त राष्ट्रले नभई ह्वाइट हाउसको टोलीले सञ्चालन गरिरहेको थियो।

रुसी राजदूतले भिडियो खिचे

भाषणको क्रममा एउटा रोचक क्षण तब आयो जब रुसका कूटनीतिज्ञहरूले ट्रम्पको भाषण मोबाइलमा रेकर्ड गरे। भाषणमा ट्रम्पले भने, ‘अमेरिकी फन्डिङमा कटौती र चीनबाट समयमा रकम नपाउँदा संयुक्त राष्ट्रको आर्थिक अवस्था बिग्रिएको छ।’

उनले त्यसक्रममा थपे, ‘म हलतर्फ आउँदै गर्दा स्वचालित सिँढी (एस्केलेटर) बिग्रिएको थियो। मेलानिया फिट भएकीले जोगिइन्, तर मलाई डर थियो कि कतै लड्छिन कि।’

भाषणपछि ट्रम्पले ‘ट्रुथ सोसल’ मा लेखे– ‘पोडियमतर्फ जाने एस्केलेटर रोकियो । भाषणका बीचमा टेलिप्रम्प्टर बिग्रियो। यी प्राविधिक समस्याले मेरो भाषण अझै रोचक बनायो। राष्ट्रसंघका उपकरण केही पुराना भइसकेका छन्।’

ट्रम्पले आफ्नो भाषण निकै सफल भएको जिकिर गरे । आफ्नोफ भाषण मानिसहरूले मन पराएको बताए। ‘ऊर्जा, अवैध आप्रवासी जस्ता मुद्दामा चर्चा भयो। यी विषयहरू उठाउन संयुक्त राष्ट्र नै सबैभन्दा उपयुक्त ठाउँ हो’, उनले भने ।

राष्ट्रसंघ महासभामा नेताहरूलाई १५ मिनेटको समय सीमा दिइन्छ, तर ट्रम्पले ५६ मिनेट बोल्दै परम्परा तोडे। यो कुनै पनि अमेरिकी राष्ट्रपतिबाट दिइएको सबैभन्दा लामो भाषण हो।

संयुक्त राष्ट्रको इतिहासमा सबैभन्दा लामो भाषण सन् १९६० मा क्युबाका नेता फिदेल कास्त्रोले दिएका थिए । जुन २६९ मिनेट (करिब साढे ४ घण्टा) लामो थियो। सन् १९७४ मा प्यालेस्टाइनी नेता यासिर अराफातले डेढ घण्टा बोलेका थिए । सन् २००९ मा लिबियाका पूर्व राष्ट्रपति मुअम्मर गद्दाफीले पनि १ घण् ५ मिनेट बोलेका थिए ।

भारत–पाकिस्तान युद्ध रोकेको दाबी

ट्रम्पले आफ्नो भाषणमा फेरि एकपटक भारत र पाकिस्तानबीचको युद्ध रोकेको दाबी गरे। उनले भने– ‘दुनियामा चलिरहेका ७ वटा युद्ध रोक्ने जिम्मेवारी संयुक्त राष्ट्रको थियो, तर ती सबै युद्ध मैले अन्त्य गराएँ।’

उनले अवैध आप्रवासी, अमेरिकाको आर्थिक स्थिति, रसिया–युक्रेन युद्ध, इजरायल–हमास संघर्ष, कार्बन फुटप्रिन्ट लगायतका विषयमा आफ्नो धारणा राखे।

दोस्रो कार्यकालमा पहिलो पटक ट्रम्पले संयुक्त राष्ट्र महासभालाई सम्बोधन गरे । उनले अमेरिकी राष्ट्रपति रहँदा अन्तिम पटक सन् २०२० मा संयुक्त राष्ट्रमा सम्बोधन गरेका थिए ।

प्रकाशित मिति : ७ आश्विन २०८२, मंगलबार  ११ : १० बजे

सरकारले सिंहदरबार र सर्वोच्चमा भएको तोडफोड र आगजनीको वास्ता गरेन : प्रभु साह

काठमाडौं– आम जनता पार्टी (आजपा) का अध्यक्ष प्रभु साहले नेपालमा

केपी ओलीको ६ पृष्ठ लामो राजनीतिक प्रतिवेदनमा के छ ? (पूर्णपाठ)

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बुधबारदेखि सुरू दशौँ केन्द्रीय

एक सातामा ४ सय २८ जनामा देखियो डेंगु संक्रमण 

काठमाडौं– पछिल्लो २४ घण्टामा देशभर ३७ जनामा डेंगुको संक्रमण पुष्टी

मधेसमा अर्को ‘ट्विस्ट’ लोसपापछि एमालेको समर्थनमा कांग्रेसले गर्‍यो सरकारमा दाबी 

जनकपुरधाम– मधेश प्रदेशको मुख्यमन्त्रीका लागि लोसपा पछि नेपाली कांग्रेसका संसदीय

ओलीले बुझेका जेन-जीका यी तीन माग

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भदौ २३ र