दिदीबहिनी नहुने दाजुभाइले रानीपोखरीको बालगोपालेश्वर मन्दिरमा लगाए टीका (तस्बिरहरु) « Khabarhub

दिदीबहिनी नहुने दाजुभाइले रानीपोखरीको बालगोपालेश्वर मन्दिरमा लगाए टीका (तस्बिरहरु)


६ कार्तिक २०८२, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- आज यमपञ्चकको प्रमुख दिन भाइटीका देशैभरी मनाइएको छ । आज विशेषगरी दिदीबहिनीहरुले दाजुभाइलाई सप्तरङ्गी टीका र माला लगाइ स्वास्थ्य, दीर्घायुको कामना गरी मनाउने चलन छ।

आज दिदीबहिनी नहुने दाजुभाइले रानीपोखरीस्थित बालगोपालेश्वर मन्दिरमा गएर टीका ग्रहण गर्छन् । बालगोपालेश्वर प्रत्येक वर्ष कात्तिक शुक्ल द्वितीया अर्थात् भाइटीकाको भक्तजनका लागि वर्षमा एक पटक खुल्ने गर्दछ ।

बालगोपालेश्वर मन्दिरमा आज बिहानैदेखि टीका लगाउनेहरु भीड छ । भाइटीकाको दिनमा मात्रै खुला हुने भएकाले पनि यो मन्दिरमा आज दर्शनार्थीको भीड लागेको हो ।

दिदीबहिनी नहुनेका लागि भाइटीका लगाउन मन्दिर दिनभर खुला छ ।

तस्बिर : नेपाल फोटो लाइब्रेरी-

प्रकाशित मिति : ६ कार्तिक २०८२, बिहीबार  ६ : ४९ बजे

४७ वर्षको जटिलता ४७ दिनमै अन्त्य, जेन-जी सरकारबाट स्वास्थ्य क्षेत्रमा ऐतिहासिक पहल

सिरहा– अस्पतालको काम बिरामीको उपचार गर्नु हो, तर लहानको रामकुमार

‘प्रधानमन्त्री पद मासुको टुक्रा बनाउनु हुँदैन’

काठमाडौं – नेपाली युवा राजनीतिज्ञ सागर ढकालले प्रधानमन्त्री पदलाई मासुको

आगलागीबाट दुई जना घाइते, तीन घरमा क्षति

अदानचुली– सर्केगाड गाउँपालिका–२ मा आगलागी हुँदा जलेर दुई जना घाइते

ज्येष्ठ नागरिक बोझ होइन, बोध हुन् : उपराष्ट्रपति यादव

काठमाडौं– उपराष्ट्रपति रामसहायप्रसाद यादवले ज्येष्ठ नागरिकलाई ‘बोझ’ होइन, ‘बोध’को स्रोतका

देशभर पश्चिमी वायुको आंशिक प्रभाव

 काठमाडौं– देशभर हाल पश्चिमी वायुको आंशिक प्रभाव देखिएको छ। मौसम पूर्वानुमान