नुम्बुर हिमालको चुचुरोमा पहिलोपटक मानव पाइला « Khabarhub

नुम्बुर हिमालको चुचुरोमा पहिलोपटक मानव पाइला


६ कार्तिक २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

सोलुखुम्बु- सोलुखुम्बुमा रहेको ६ हजार ९५८ मिटर उचाइको नुम्बुर हिमालको चुचुरोमा पहिलोपटक मानव पाइला परेको छ। पर्यटन विभागले आरोहणखुला गरेको एक वर्षपछि सेभेन समिट ट्रेकमार्फत तीन विदेशी आरोहीले हिमालको सफल आरोहण गरेका हुन्।

इटालियन नागरिक हर्भ, जर्मन नागरिक फेलिक्स, र पोल्याण्डका आडमले १५ घण्टाको समय लगाएर आइतबार हिमालको सफल आरोहरण गरेको विभागले जनाएको छ।

पर्यटन व्यवसायी फुछिरी शेर्पाका अनुसार यो सफलतासँगै यी तीन आरोहीले नुम्बुर हिमाल आरोहणको इतिहास रचेका छन्।

सोलुदुधकुण्ड नगरपालिका–१ मा अवस्थित नुम्बुर हिमाललाई दुधकुण्ड तालको शीर मानिन्छ। नगर प्रमुख नाम्गेल जाङ्बु शेर्पाले नुम्बुर आरोहण सफल भएसँगै यस क्षेत्रको पर्यटनमा नयाँ ढोका खुलेको बताए।

सफल आरोही टोलीलाई वडाध्यक्ष छोङ्बा शेर्पा र पर्यटन व्यवसायी फुछिरी शेर्पालगायतले संयुक्त रूपमा स्वागत गरेका थिए।

प्रकाशित मिति : ६ कार्तिक २०८२, बिहीबार  ९ : २९ बजे

गुल्मीको भार्सेमा भिक्टोरिया क्रस विजेता रानाको सालिक स्थापना

गुल्मी– लाहुरेहरूको गाउँका रूपमा परिचित गुल्मीको सत्यवती गाउँपालिका– ८ भार्सेमा

‘बिटुमिन’ जम्न नपाउँदा कालोपत्र भत्कियो, सुधार गर्ने प्रतिबद्धता 

म्याग्दी– कालोपत्र भएको एक महिनामै भत्किन थालेको यहाँको बेनी नगरपालिकाको

‘अपदस्थ’ र ‘असक्षम’को गठजोडले ल्याएको प्रलय

जीवनको उत्तरार्द्धमा अल्बर्ट आइन्स्टाइनलाई कसैले सोध्यो- ‘यदि पुनर्जन्म हुन्छ भने

रास्वपाले आज बृहत राजनीतिक समायोजन घोषणा सभा गर्दै

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आज (सोमबार) बृहत राजनीतिक

निर्वाचन आयोगलाई प्रश्न- अन्तर जिल्ला मतदानको अधिकार खाेइ ?

निर्वाचनको तिथि आउन दुई महिना बाँकी छ । सरकारले चुनावका