शेखर हसिनाविरुद्धको मुद्दाको सुनुवाइ सकियो « Khabarhub

शेखर हसिनाविरुद्धको मुद्दाको सुनुवाइ सकियो


६ कार्तिक २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


324
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाविरुद्धको मुद्दामा बिहीबार सुनुवाइ पूरा भएको छ। यो मुद्दामा आउँदो नोभेम्बर १३ मा फैसला सुनाइने बंगलादेशका महान्यायाधिवक्ताले बताएका छन्।

हाल भारतमा निर्वासनमा रहेकी हसिनामाथि गत वर्ष जुलाईमा भएको विरोध प्रदर्शनका क्रममा मानवताविरुद्धको अपराध गरेको आरोप छ।

न्युज एजेन्सी एएफपीका अनुसार, हसिनाको अनुपस्थितिमा जुन १ मा उनीविरुद्ध मुद्दा थालिएको थियो। प्रत्यक्षदर्शीको बयानमा उनले सामूहिक हत्याको आदेश दिएको आरोप लगाइएको थियो।

साक्षीमा एक त्यस्ता व्यक्ति पनि थिए जसको अनुहार गोली लागेर क्षतविक्षत भएको थियो।

एएफपीका अनुसार, अभियोजकले अदालतमा प्रहरीद्वारा प्रमाणित अडियो टेप पनि बजाएका थिए। त्यसमा हसिनाले सुरक्षा बललाई प्रदर्शनकारीमाथि घातक हतियार प्रयोग गर्न सिधा आदेश दिएको संकेत थियो।

अदालतसँग अभियोजकले दोषी पाइएमा हसिनालाई मृत्युदण्डको सजाय सुनाउन माग गरेका छन्।

प्रकाशित मिति : ६ कार्तिक २०८२, बिहीबार  ९ : ४९ बजे

एक वर्षमा सात हजार पाँच सय विपद्का घटना

काठमाडौँ– राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार एक

खैरहनी नगरपालिकाबाट धानको बीउमा ५० प्रतिशत अनुदान

चितवन– चितवनको खैरहनी नगरपालिकाले नगरभित्रका किसानलाई लक्षित गरी बर्खे धानको

पशुपतिमा भेटिएका फ्रान्सेली नागरिकको उद्धार, सामान लुटिएको दाबी भ्रम मात्रै

काठमाडौँ– काठमाडौँको पशुपतिनाथ क्षेत्रमा एक फ्रान्सेली नागरिक बेवारिसे अवस्थामा भेटिएको

शुक्लाफाँटामा विद्यालय सुधार अभियान

कञ्चनपुर– नयाँ शैक्षिकसत्र सुरु हुनुअगावै शुक्लाफाँटा नगरपालिकाले नगरका सामुदायिक र

असिम शाहको संयोजकत्वमा संविधान संशोधन कार्यदल सक्रिय, पहिलो बैठक आज

काठमाडौँ– प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार असिम शाहको संयोजकत्वमा गठित ‘संविधान