एक खेलअघि नै अस्ट्रेलियाले जित्यो भारतविरुद्धको एकदिवसीय सिरिज « Khabarhub

एक खेलअघि नै अस्ट्रेलियाले जित्यो भारतविरुद्धको एकदिवसीय सिरिज


६ कार्तिक २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


339
Shares
  • change font
  • change font
  • change font

एडिलेड – अस्ट्रेलियाले भारतसँगको एकदिवसीय क्रिकेट श्रृंखला एक खेल अघि नै आफ्नो नाममा गरेको छ । तीन खेलको सिरिजको दोस्रो म्याचमा अस्ट्रेलियाले भारतलाई २ विकेटले पराजित गरेको हो।

टस जितेर पहिले ब्याटिङ गरेको भारतले ५० ओभरमा ९ विकेट गुमाउँदै २६४ रनको योगफल तयार गरेको थियो। कप्तान रोहित शर्माले ७३ रन र श्रेयस अय्यरले ६१ रन बनाए पनि अन्य ब्याट्सम्यानले उल्लेखनीय प्रदर्शन गर्न सकेनन्। लगातार दोस्रो पटक विराट कोहली शून्य रनमा आउट भएका थिए।

जवाफी ब्याटिङमा अस्ट्रेलियाले सुरुवात राम्रो नगरे पनि मिडल अर्डरका ब्याट्सम्यानहरूले संयमित इनिङ खेले। अन्ततः अस्ट्रेलियाले ४६।२ ओभरमै लक्ष्य पुरा गर्दै २ विकेटले जित हात पार्‍यो। अस्ट्रेलियाका लागि ट्राभिस हेडले ८७ रनको शानदार इनिङ खेले भने ग्लेन म्याक्सवेलले ४५ रनको योगदान दिए।

भारतीय बलरहरू प्रभावकारी देखिएनन्। जसप्रित बुमराह र कुलदीप यादवले दुई–दुई विकेट लिए पनि रन रोक्न नसकेका कारण म्याच भारतको हातबाट फुस्कियो।

यो जितसँगै अस्ट्रेलियाले श्रृंखला २–० ले आफ्नो पक्षमा पारेको छ। अब श्रृंखलाको तेस्रो र अन्तिम म्याच केवल औपचारिकता बनेको छ। भारतले लय फिर्ता ल्याउन र सान्त्वना जित हासिल गर्न अन्तिम खेलमा सुधारिएको प्रदर्शन गर्ने अपेक्षा गरिएको छ।

प्रकाशित मिति : ६ कार्तिक २०८२, बिहीबार  ११ : ०३ बजे

बेमौसमी वर्षाले सुनसरीमा धान उत्पादन घट्यो

धरान– बेमौसमी वर्षाका कारण यस वर्ष जिल्लामा धान उत्पादन घटेको छ

सरकारले पिसिएल नर्सिङलाई निरन्तरता दिने तयारी गरेको छ : मन्त्री गौतम

चितवन– स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा सुधा शर्मा गौतमले सरकारले एसइई

निर्धारित समयमा निर्वाचन हुन्छ : अर्थमन्त्री खनाल

काठमाडौं– अर्थमन्त्री रामेश्वर खनालले सबै दलहरूको सहमति र आम नागरिकको

जसपा नेपालले घेर्‍यो देशैभरका जिल्ला प्रशासन कार्यालय

काठमाडौं- जनता समाजवादी पार्टी, नेपालले देशभरीकै जिल्ला प्रशासन कार्यालय अगाडि

सचिवमा उम्मेदवारी दिँदै नवौँ महाधिवेशनकी कान्छी केन्द्रीय सदस्य

काठमाडौं- नेकपा एमालेकी केन्द्रीय सदस्य रचना खड्काले आगामी एघारौँ महाधिवेशनमा