द वीकेन्डको ‘आफ्टर आवर्स टिल डन’ टूरले तोड्यो सबै रेकर्ड, कमाइ कति ? « Khabarhub

द वीकेन्डको ‘आफ्टर आवर्स टिल डन’ टूरले तोड्यो सबै रेकर्ड, कमाइ कति ?


७ मंसिर २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– क्यानेडियन पपस्टार द वीकेन्डले आफ्नो विश्व भ्रमण ‘आफ्टर आवर्स टिल डन’ मार्फत सांगीतिक इतिहासमा नयाँ कीर्तिमान स्थापित गरेका छन् । यो टूरले १ अर्ब अमेरिकी डलरभन्दा धेरै कमाएको छ ।

यो पुरुष एकल कलाकारकोे अहिलेसम्मकै सबैभन्दा ठूलो कमाइ रहेको अमेरिकी सङ्गीत एवम् मनोरञ्जन पत्रिका बिलबोर्ड म्यागजिनले जनाएको छ ।

सन् २०२२ मा सुरु भएको यो विश्व भ्रमण अहिलेसम्म उत्तर अमेरिका, युरोप, बेलायत, ल्याटिन अमेरिका, ब्राजिल, मेक्सिको र अष्ट्रेलियामा सम्पन्न भइसकेको छ । बिलबोर्डका अनुसार सन् २०२६ का लागि घोषणा गरिएका कन्सर्टहरूमा अहिले नै ७५ लाखभन्दा बढी टिकट बिक्री भइसकेका छन् ।

पहिलो चरणदेखि हालसम्मका ५३ कार्यक्रममार्फत टूरको कुल कमाइ १ अर्ब डलरभन्दा बढी पुगेको छ । विशेषगरी २०२५ को उत्तर अमेरिकी टूर अत्यन्त सफल मानिएको छ, जसमा ४० भन्दा धेरै सोल्ड–आउट शो थिए ।

यस अवधिमा वीकेन्डले न्यूयोर्क, डेनभर, सान्टा क्लारा, सियाटल, एडमन्टन, मोन्ट्रियल, ओर्लान्डो, आर्लिंगटन र ह्युस्टनका स्टेडियमहरूमा इतिहासकै सबैभन्दा धेरै कमाउने अश्वेत पुरुष कलाकारका रूपमा नयाँ रेकर्ड बनाए ।

द वीकेन्डको यो ऐतिहासिक टूर सन् २०२६ मा मेक्सिको, ब्राजिल, युरोप र बेलायतमा थप ४० भन्दा बढी नयाँ कार्यक्रमसहित जारी रहनेछ ।

प्रकाशित मिति : ७ मंसिर २०८२, आइतबार  १ : ४७ बजे

बाढीपीडितलाई मोड्युलर आवासको तयारी, ६० प्रतिशतले रोजे भाडामा बस्ने विकल्प

काठमाडौं । रसुवा बाढीबाट प्रभावित नागरिकका लागि सरकारले अस्थायी आवास

कांग्रेस १५औँ महाधिवेशन : ६३ जिल्लाको वडा अधिवेशन सम्पन्न

काठमाडौं – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत ६३ जिल्लाको वडा अधिवेशन

६३ जिल्लामा कांग्रेस वडा अधिवेशन सम्पन्न

काठमाडौं । नेपाली कांग्रेको वडा अधिवेशन ६३ जिल्लामा सम्पन्न भएको

बाढीले बगाएका लकरका धनी खोज्दै प्रहरी

नुवाकोट । भोटेकोशी र त्रिशूलीको बाढीले बगाएर ल्याएका नुवाकोट र

भोटेकोशी बाढीले पर्यटन क्षेत्रमा ५२ अर्ब  बढीको क्षति

काठमाडौं । भोटेकोशी तथा त्रिशूली नदीमा आएको बाढी र त्यसपछिको