पाँच महिनाअघि गाडिएको शव उत्खनन् गरी घर ल्याएपछि… « Khabarhub

पाँच महिनाअघि गाडिएको शव उत्खनन् गरी घर ल्याएपछि…


७ मंसिर २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.2k
Shares
  • change font
  • change font
  • change font

दोलखा– जिल्लाको बैतेश्वर गाउँपालिका १ गरिमुदीमा अनौठो घटना भएको छ ।  स्थानीय जालान्धार पाख्रिनले पाँच महिना अगाडि अन्त्यष्टी गरिएको आफ्नी आमाको शव उत्खनन गरेर घरमा ल्याएपछि छिमेकीहरु नै अचम्ममा परेका छन् ।

स्थानीयहरूको अनुसार, जालान्धारले आमालाई आफ्नै आँखाले बिहान बेलुकी देख्ने स्थानमा राखेर पुनः दाहसंस्कार गर्ने योजना बनाएर शव कंकाललाई घरमा फिर्ता ल्याएको पाइएको हो ।

गत असार १५ गते ९३ वर्षकी फुलमाया तामाङको निधनपछि उनको शवलाई सोही स्थानको लामा गाउँ चिहान डाँडामा क्रिष्टियन परम्परा अनुसार गाडेर अन्त्यस्टी गरिएको थियो ।

तर, शुक्रबार अचानक जालान्धारले आमाको शव सडेर कङ्काल भएको अवस्थामा उत्खनन गरी घरमा ल्याएको स्थानीयको भनाई छ । 

उनले पहिले आमा सुत्ने खाटमा बत्तीबालेर आमाको शव कंकाललाई पुजा गरेर राखेको अवस्थामा स्थानीयले फेला पारेका हुन् । 

उनले भने, ‘जन्मदिने आमालाई बिहान बेलुकी धुपबत्ती गर्न सजिलो होस् भनेर आँगनमा चिहान बनाएर राख्न ल्याएको हुँ, म बाचुँन्जेल जीवनभर पूजा गर्नेछु ।’

स्थानीय मानबहादुर तामाङका अनुसार गत असारमा नै फुलमायाको मृत्युपछि जालान्धारले आँगनमा नै आमाको शव अन्त्यस्टी गर्ने प्रस्ताव गरेका थिए । तर, स्थानीयले नजिकैको चिहान डाँडामा लगेर दाहसंस्कार गरिएको बुझिएको छ । 

 घटनापछि स्थानीयले वडा अध्यक्ष र स्थानीय प्रहरी चौकी पुतलिकाठलाई खबर गरेका थिए । वडा अध्यक्ष भीमबहादुर तामाङले घटनास्थल पुगेर स्थानीयको रोहबरमा अहिले पुनः शव कंकाललाई व्यवस्थापन गरेको जानकारी दिए । 

वडा अध्यक्ष तामाङले आइतबार दिउँसो ४ बजेट पुनः शवलाई पुरानै ठाउँ लगेर व्यवस्थापन गरेको जानकारी दिए । सुवाश बस्नेत/दोलखा

प्रकाशित मिति : ७ मंसिर २०८२, आइतबार  ६ : ३२ बजे

चाडपर्वका बेला हुनसक्ने कालोबजारी र मूल्यवृद्धि नियन्त्रण गर्न सम्बद्ध निकाय परिचालन

काठमाडौं- सरकारले चाडपर्वको समयमा बजारमा हुनसक्ने कालोबजारी र मूल्यवृद्धि नियन्त्रण

१४५ दिनपछि प्रतिनिधिसभाको दोस्रो अधिवेशन सकियो, ३५ विधेयक दर्ता, २० विचाराधीन र ११ प्रमाणीकरण

काठमाडौं- सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभाको दोस्रो अधिवेशन गत वैशाख २८ गतेदेखि

कांग्रेस महाधिवेशनमा रवि, ओली र दाहाल उपस्थित हुने

काठमाडौं- नेपाली कांग्रेसको १५औं महाधिवेशनमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि

ताइवान आइपुगे अमेरिकाबाट खरिद गरिएका नयाँ एफ-१६ भी फाइटर जेट

एजेन्सी- चीनसँग तनाव जारी रहेका बेला अमेरिकाबाट खरिद गरेका ६६

काठमाडौंमा चाडपर्वलक्षित सुरक्षा योजना : ३५ सय बढी सुरक्षाकर्मी परिचालन

काठमाडौं– जिल्ला प्रहरी परिसर काठमाडौंले चाडपर्व लक्षित विशेष सुरक्षा योजना