४ महिनामा ६ खर्ब बढीको वस्तु आयात, १६ अर्बको मोबाइल र १५ अर्बको सुन आयो « Khabarhub

४ महिनामा ६ खर्ब बढीको वस्तु आयात, १६ अर्बको मोबाइल र १५ अर्बको सुन आयो


७ मंसिर २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– चालु आर्थिक वर्षको ४ महिनामा नेपालमा ६ खर्ब बढीको वस्तु आयात भएको छ । गत आर्थिक वर्षको सोही अवधिमा ५ खर्ब १३ अर्ब ३८ करोड ८० लाख रुपैयाँ बराबरको वस्तु आयात भएकोमा समीक्षा अवधिमा १८.७१ प्रतिशतले बढी अर्थात् ६ खर्ब ९ अर्ब ४५ करोड १२ लाख रुपैयाँ बराबरको वस्तु आयात भएको हो ।

समीक्षा अवधिमा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा निर्यात पनि वृद्धि भएको भन्सार विभागले जनाएको छ । गत आर्थिक वर्षको पहिलो ४ महिनामा नेपालबाट ५२ अर्ब ६७ करोड ७ लाख रुपैयाँको वस्तु निर्यात भएकोमा समीक्षा अवधिमा ९३ अर्ब ४९ करोड ५७ लाख रुपैयाँको वस्तु निर्यात भएको छ ।

समीक्षा अवधिमा आयात र निर्यात दुवै वृद्धि हुँदा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा नेपालको व्यापार घाटा ११.९९ प्रतिशतले वृद्धि भएको छ । 

आयात निर्यातमा सोयाबिन अगाडि, मोबाइल १६ अर्ब बढीको आयात

समीक्षा अवधिमा नेपालमा ३७ अर्ब ९६ करोड ४२ लाख रुपैयाँको सोयाबिन तेलको कच्चा पदार्थ र डिजेल ३१ अर्ब ८९ करोड १५ लाख रुपैयाँ बराबरको आयात भएको विभागले जनाएको छ । त्यस्तै, समीक्षा अवधिमा १६ अर्ब १५ करोड १८ लाख रुपैयाँ बराबरको मोबाइल र १५ अर्ब ७२ करोड ११ लाख रुपैयाँ बराबरको सुन आयात भएको छ ।

चालु आर्थिक वर्षको समीक्षा अवधिमा नेपालबाट सबैभन्दा धेरै अर्थात् ३८ अर्ब ४३ करोड ३ लाख रुपैयाँ बराबरको सोयाबिन तेलको कच्चा पदार्थ निर्यात भएको छ । त्यस्तै, सो अवधिमा ठूलो अलैँची ३ अर्ब ९७ करोड ४३ लाख, कार्पेट ३ अर्ब २६ करोड ४० लाख र सुर्यमुखी तेल २ अर्ब ७३ करोड २८ लाख रुपैयाँको निर्यात भएको विभागले जनाएको छ ।

प्रकाशित मिति : ७ मंसिर २०८२, आइतबार  ७ : १८ बजे

जर्मनीद्वारा इरानसँग प्रत्यक्ष वार्ता पुनः सुरु गर्ने निर्णय

एजेन्सी– जर्मनीका चान्सलर फ्रिड्रिख मर्जले अमेरिका र इरानबीच हालै सहमति

प्रतिवेदन अपूर्ण र अप्रमाणित छ, न्यायमा पूर्ण विश्वास छ : पूर्वगृहमन्त्री लेखक

काठमाडौँ– पूर्वगृहमन्त्री रमेश लेखकले सरकारले आफूलाई प्रतिशोधपूर्ण र पूर्वाग्रही ढङ्गले

स्वास्थ्य सेवा प्रवाहलाई प्रभावकारी बनाउन सरकारको निर्देशन

काठमाडौं– सरकारले शनिबार र आइतबार लगातार दुई दिन सार्वजनिक बिदा

मध्यपूर्व युद्धले विश्व अर्थतन्त्रमा ठूलो असर

बर्लिन– हालै अन्तर्राष्ट्रिय मुद्रा कोषले विश्व अर्थतन्त्रको वृद्धिदर घट्ने चेतावनी

गोरखा–जितगढी एकीकरण पदयात्रा

दमौली– नेपाली सेनाको गोरखा–जितगढी एकीकरण पदयात्रा सुरु भएको छ । पृथ्वीनारायण