सर्वोच्च अदालत तोडफोड र आगजानी गर्ने दुई जना पक्राउ « Khabarhub

सर्वोच्च अदालत तोडफोड र आगजानी गर्ने दुई जना पक्राउ


७ मंसिर २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल प्रहरीले सर्वोच्च अदालत तोडफोड र आगजनी गर्ने दुई जनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले सर्वोच्च अदालत तोडफोड, आगजनी गर्ने र सुरक्षाकर्मीको हतियार लुटपाट गरेको अभियोगमा झापाको भद्रपुरका २८ वर्षीय ज्योति थापा घताने र ललितपुरको महालक्ष्मीस्थानका ३० वर्षीय सुशील श्रेष्ठलाई पक्राउ गरी आज सार्वजनिक गरेको हो ।

परिसरका प्रवक्ता, प्रहरी उपरीक्षक (एसपी) पवनकुमार भट्टराईले गत भदौ २४ गते जेनी आन्दोलनका क्रममा सर्वोच्च अदालतको भवनमा तोडफोड, आगजनी तथा लुटपाट गर्ने, सुरक्षाकर्मीको हतियार लुटपाट तथा प्रदर्शन गर्ने, आपराधिक कार्यमा संलग्न रहेको अभियोगमा उनीहरुलाई पक्राउ गरिएको जानकारी दिए ।

पक्राउ परेका उनीहरुलाई जिल्ला अदालत काठमाडौँबाट आपराधिक उपद्रव गर्न नहुने कसुरमा सात दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रवक्ता भट्टराईले बताए ।

प्रकाशित मिति : ७ मंसिर २०८२, आइतबार  ९ : १२ बजे

राजनीतिकर्मी अनुसन्धानकर्ता पनि हुनुपर्छ : अध्यक्ष बिजुक्छे

भक्तपुर– नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले राजनीतिकर्मीले राजनीति

२९ प्रतिशत सामुदायिक विद्यालयमा सूचना प्रविधि प्रयोगशाला स्थापना

काठमाडौँ – मुलुकभर सञ्चालित सामुदायिक विद्यालयमध्ये २९ दशमलव ६ प्रतिशत

ट्राफिक प्रहरीद्वारा पाँच हजार ४३४ जनचेतनामूलक कार्यक्रम

काठमाडौँ– काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले सवारी दुर्घटना न्यूनीकरण तथा

पर्यटकको रोजाइमा घोडेपानी–पुनहिल

म्याग्दी– पूर्वी क्षितिजमा लाली चढ्दै गर्दा पुनहिलको टाकुरा पर्यटकले भरिन

एनपीएलमा डेढ अर्बको आर्थिक कारोबार हुने, स्पोन्सरसिपबाट मात्रै २० करोड संकलन

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपिएल)लाई आर्थिक रूपमा निकै उचाइमा