सरकारले निर्धक्क भएर मतदान गर्ने वातावरण बनाउनुपर्छः अध्यक्ष यादव « Khabarhub

सरकारले निर्धक्क भएर मतदान गर्ने वातावरण बनाउनुपर्छः अध्यक्ष यादव


७ मंसिर २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

रोतहट – जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा निर्धक्क भएर मतदान गर्ने वातावरण बनाउन सरकारलाई आग्रह गरेका छन् ।

जसपा रौतहटले आज दुर्गाभगवती गाउँपालिका–४ मा आयोजना गरेको भेलामा उनले चुनाव घोषणा गरिए पनि हालकै अवस्थामा चुनावको वातावरण बन्नेमा द्विविधा रहेको धारणा राखे ।

अध्यक्ष यादवले मतदाताले निर्धक्क भएर मतदानस्थल पुगेर मत खसाल्ने वातावरण बनाउन सरकारले सम्पूर्ण ध्यान लगाउनुपर्नेमा जोड दिए । “नेपालको इतिहासमै पहिलोपटक प्रहरीको मनोबल गिराउने काम भएको छ । निर्वाचनमा सुरक्षा दिने प्रहरीकै मनोबल उकास्न सकिएन भने समस्या हुन्छ । त्यसैले यसतर्फ बढी जोड दिनुपर्छ”, उनले भने,“सरकारले सेना परिचालन गरेर भए पनि चुनाव गराउँछु भनिरहेको छ । यो लोकतान्त्रिक हुँदैन । लोकतन्त्रमा सेना परिचालन गरेर चुनाव गरिँदैन, विश्वका कुनै पनि लोकतान्त्रिक देशमा सेना परिचालन गरेर चुनाव भएको देखिँदैन ।”

अध्यक्ष यादवले नेपालमा बहुदलीय व्यवस्था लागू भएको ३५ वर्ष बितिसक्दा पनि ठूला दलले नै निरन्तर सरकारको नेतृत्व गर्दै आए पनि देशको मुहार परिवर्तन गर्न नसक्दा पछिल्लो ‘जेनजी’ प्रदर्शन हुने अवस्था आएको टिप्पणी गरे । उनले आगामी निर्वाचनलाई देशको भविष्य परिवर्तन गर्ने महत्त्वपूर्ण मोडका रूपमा व्याख्या गरे ।

जसपाका रौतहट अध्यक्ष राजीव रञ्जन (राजु यादव) को अध्यक्षतामा सम्पन्न कार्यक्रममा पार्टीका केन्द्रीय उपाध्यक्ष गोविन्द चौधरी, केन्द्रीय सदस्य एवं मधेस प्रदेशका पूर्वकृषि राज्यमन्त्री योगेन्द्र राय यादव, पूर्वमन्त्री शेख फुलबाबु, केन्द्रीय नेता किशोरी यादव, राष्ट्रियसभा सदस्य पूजा चौधरी, प्रदेश सांसद शोभा देवी, महिला नेत्री किरण ठाकुर, युवा नेता राजकुमार दासलगायतले आफ्नो धारणा राखेका थिए ।

प्रकाशित मिति : ७ मंसिर २०८२, आइतबार  १० : ०३ बजे

घोराहीमा ट्रकले स्कुटरलाई ठक्कर दिँदा छोराको मृत्यु, बुबा घाइते

दाङ – दाङको घोराहीमा ट्रकले स्कुटरलाई ठक्कर दिँदा छोराको मृत्यु

गगन थापा मुलुकको नेतृत्व गर्न तयार : उपसभापति शर्मा

झापा – नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टीका सभापति गगनकुमार

प्रधानमन्त्री कप क्रिकेटः बैतडीको शानदार सुरुआत

बैतडी – प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको सुदूरपश्चिम छनोटमा

आगामी निर्वाचन देशको स्वाधीनताका लागि महत्त्वपूर्ण छ : उपाध्यक्ष थापा

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ले

टी–२० विश्वकपमा भारतसँगकाे खेल बहिष्कार गर्ने पाकिस्तानको निर्णय

काठमाडौं – आईसीसी टी–२० विश्वकप २०२६ मा पाकिस्तानले भारतसँग हुने