एमालेले आज एकैपटक देशभरका पार्टी कमिटीलाई ११औँ महाधिवेशनको सन्देश प्रवाह गर्दै  « Khabarhub

एमालेले आज एकैपटक देशभरका पार्टी कमिटीलाई ११औँ महाधिवेशनको सन्देश प्रवाह गर्दै 

भर्चुअल माध्यमबाट महासचिव पोखरेलले सम्बोधन गर्ने


८ पुस २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


168
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एमालेले पार्टीको ११औँ राष्ट्रिय महाधिवेशनको सन्देश देशैभर प्रवाह गर्नका लागि आज सबै प्रदेश र ७७ वटै जिल्ला कमिटीको संयुक्त बैठक आयोजना गरेको छ ।

महासचिव शङ्कर पोखरेलले भर्चुअल माध्यमद्वारा एकैपटक महाधिवेशनको सन्देश प्रवाह गर्न लागेका हुन् । आज दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलबाट महासचिव पोखरेलले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

पार्टी केन्द्रीय कार्यालयका सचिव डा. भीष्म अधिकारीका अनुसार जिल्ला कमिटीमा पदाधिकारीदेखि सचिवालय सदस्यसम्म र प्रदेश कमिटीका पदाधिकारी लगायत सबै सदस्यलाई उक्त बैठकमा सहभागी हुन ‘जुम आइडी’ पठाइसकिएको छ ।

‘११औँ महाधिवेशनको प्रारम्भिक फैसला जनसमक्ष पुर्‍याउन आजको बैठक आयोजना गरिएको हो’ अधिकारीले भने, ‘महाधिवेशनले चुनेको नेतृत्व, यसको कार्यभार, वर्तमान राजनीतिक अवस्थालगायत विषयमा  महासचिवले प्रष्ट पार्नुहुनेछ ।’

यस्तै, एमालेले स्थानीय तहबाट भइरहेका गतिविधि, पार्टीसँगको समन्वय र महाधिवेशनले दिएको राजनीतिक कार्यदिशालाई स्विकारेर काम गर्न पार्टी पंक्तीमा निर्देशन पठाउने भएको छ ।

कोशी प्रदेश कमिटीका अध्यक्ष घनश्याम खतिवडाका अनुसार बैठकका बारेमा सबै जिल्ला कमिटीलाई जानकारी गराइसकिएको छ ।

प्रकाशित मिति : ८ पुस २०८२, मंगलबार  ८ : २४ बजे

आमाहरूको निर्वाचन प्रहरी बन्ने रहर

वीरगञ्ज– पर्साको विन्दवासिनी गाउँपालिका– १ स्थायी घर भएकी शिशकुमारीदेवी विनिन्

बेदना निर्देशित नाटक ‘ए थिबेउ’ शुक्रबारदेखि शिल्पी थिएटरमा

काठमाडौं – नायिका बेदनाका राईको निर्देशनमा नाटक ‘ए थिबेउ !’

शेखरको दाबी : विशेष महाधिवेशनमा नगएर कांग्रेसलाई फुट्नबाट जोगाएँ

काठमाडौं- नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीको एकता जोगाउन

माओत्सेले सके ‘पेन्सन पट्टा’को सुटिङ

काठमाडौं – चरित्र अभिनेता माओत्से गुरुङको निर्देशनमा फिल्म ‘पेन्सन पट्टा’को

स्वागत नेपालालई बोलायो साइबर ब्यूरोले, राप्रपा भन्छ : सरकारले नियोजित दबाब दिन खोज्यो

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट झापा क्षेत्र नम्बर २