माघको अन्तिम सातादेखि एचपिभी खोप लगाइँदै « Khabarhub

माघको अन्तिम सातादेखि एचपिभी खोप लगाइँदै


८ पुस २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


567
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सरकारले माघको अन्तिम सातादेखि देशभर पाठेघर क्यान्सर विरुद्धको ‘ह्यमुन प्यापिलोमा भाइरस’ (एचपिभी) खोप कार्यक्रम सञ्चालन गर्ने भएको छ।

नियमित राष्ट्रिय खोप तालिकाअनुसार एचपिभी खोप कार्यक्रम सञ्चान हुन लागेको हो। सोमबार आयोजित अन्तरक्रिया कार्यक्रममा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय परिवार कल्याण महाशाखा र युनिसेफ नेपालको प्राविधिक सहयोगमा खोप कार्यक्रम सञ्चालन गर्न लागिएको जानकारी दिइएको हो।

कार्यक्रममा बाल स्वास्थ्य तथा खोप शाखा प्रमुख डा. अभियान गौतमले खोप कार्यक्रमका लागि करिब सम्पूर्ण तयारी भएको बताए। उनले भने, “खोप दिने समयमा निर्वाचन तथा चाडपर्वले केही प्रभावित बनाउन सक्ने भन्ने आकलन छ, तथापि माघको अन्तिमबाट सुरु गरेर फागुनको पहिलो साता अभियान सम्पन्न गर्ने योजनासहित तयारी गरिएको छ। यसबारे थप जानकारी र मिति छिट्टै सार्वजनिक गरिने छ।”

शाखा प्रमुख डा. गौतमका अनुसार कक्षा ६ मा अध्ययनरत १० वर्ष पूरा गरेका साढे तीन लाख किशोरीलाई लक्षित गरेर खोप दिइनेछ। गत वर्ष सरकारले कक्षा ६ देखि १० सम्म अध्ययनरत करिब १७ लाख किशोरीलाई खोप दिएको थियो। गत वर्ष दुई मात्राको खोप रहेकामा यस वर्ष भने एक मात्रा मात्र दिइने छ।

“विभिन्न वैज्ञानिक प्रमाण र खोप सल्लाहकार समितिका अनुसार एक मात्राको खोप लगाए पनि त्यसको प्रभावकारिता हुने भनिएपछि यसपटक एक मात्रा मात्र दिन लागेका हौँ”, डा. गौतमले भने, “कुनै भ्रम र गलत सूचनामा विश्वास नगरी ढुक्क भएर खोप लगाउन लक्षित वर्गलाई हाम्रो आग्रह छ।” बढीभन्दा बढीलाई खोप कार्यक्रममा सहभागी हुनका लागि विगतका सिकाइका आधारमा सचेतना फैलाउने काम भइरहेको उनले सुनाए।

स्वास्थ्य मन्त्रालयको तथ्याङ्कअनुसार नेपालमा औसतमा प्रत्येक दिन चार जना महिलाको पाठे घरको मुखको क्यान्सरबाट मृत्यु हुने अनुमान छ। महिलामा हुने क्यान्सरमध्ये पाठेघरको मुखको क्यान्सर दोस्रो मुख्य कारण रहेको र क्यान्सरबाट महिलाको मृत्यु हुने पहिलो मुख्य कारण रहेको त्यस अवसरमा जानकारी दिइयो। पाठे घरको मुखको क्यान्सरको मुख्य कारण ह्युमन प्यापिलोमा भाइरसको सङ्क्रमण हुनु हो। सरकारले हाल १४ वटा रोग विरुद्ध ११ प्रकारका खोप दिँदै आएको छ।

डा. गौतमले नेपालले खोप ‘कभरेज’को हिसाबले विकसित मुलुकको तुलनामा पनि उल्लेखनीय प्रगति गरेको सुनाउँदै खोप प्रति मानिसको सकारात्मक धारणा बनाउन सके यसलाई अझै बढाउन सकिने बताए।

प्रकाशित मिति : ८ पुस २०८२, मंगलबार  ११ : १० बजे

एन्फा राष्ट्रिय पुरुष लिग : एपीएफको चर्च ब्वाइजमाथि सहज जित

काठमाडौं– एन्फा राष्ट्रिय पुरुष लिग फुटबल प्रतियोगितामा नेपाल एपीएफ क्लवले

‘अराजकताको आयु लामो हुँदैन, विध्वंश मच्चाउनेहरू कारबाहीमा पर्छन्’

दमक- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अराजकताको आयु लामो

इनड्राइभको ड्राइभर पार्टनर्सका लागि सुरक्षा तालिम सत्र सम्पन्न

काठमाडौं– इनड्राइभले ‘इनड्राइभसँग सुरक्षित यात्रा तपाईँको रोजाइमा’ अभियान अन्तर्गत ड्राइभर पार्टनर्सका

ट्रम्पको कदमपछि युरोपमा राहत

एजेन्सी – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ग्रिनल्यान्डसम्बन्धी आफ्नो कडा अडान

सभापति बनेपछि पहिलो पटक सानेपा छिर्दै गगन, त्यसपछि सर्लाही ४ जाने

काठमाडौं- नेपाली कांग्रेसको सभापतिमा निर्वाचित भएपछि गगनकुमार थापाले शुक्रबार पार्टी