कक्षा १२ को परीक्षा आवेदन फाराम खुला « Khabarhub

कक्षा १२ को परीक्षा आवेदन फाराम खुला


८ पुस २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


153
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय परीक्षा बोर्डले २०८३ सालमा सञ्चालन हुने कक्षा १२ को वार्षिक परीक्षाका लागि आवेदन खुला गरेको छ ।

परीक्षा बोर्डले मंगलबार सूचना सार्वजनिक गर्दै शैक्षिक सत्र २०८२–०८३ को वार्षिक कार्यतालिका अनुसार वार्षिक परीक्षाका लागि आवेदन फाराम खुला गरेको हो । सूचनामा नियमित तथा आंशिक दुवै तर्फका विद्यार्थीका लागि आवेदन दिन आह्वान गरिएको छ ।

कक्षा १२ का विद्यार्थीले नियमिततर्फ पुस मसान्तभित्र आठ सय रुपैयाँ शुल्कसहित फारम बुझाउन सक्नेछन्छ। त्यो समयमा फारम बुझाउन नसक्नेले थप शुल्कसहित १६ सय रुपियाँसहित माघ १५ गतेसम्म फारम बुझाउन सक्ने सूचनामा उल्लेख छ।

भौतिक, जीव, रसायन विज्ञान, कम्प्युटर र होटल म्यानेजमेन्ट जस्ता विषयका बाह्य परीक्षक आवश्यक पर्ने विषयका विद्यार्थीले थप शुल्क बुझाउनुपर्ने छ ।

बोर्डका अनुसार परीक्षामा नियमिततर्फ रजिस्ट्रेसन नम्बरको सुरुका दुई अङ्क ८२ भएका विद्यार्थी सहभागी हुन पाउनेछन् भने आंशिकतर्फ रजिस्ट्रेसन नम्बरको सुरुका दुई अङ्क ७९, ८० र ८१ भएका परीक्षार्थीले आवेदन दिन पाउने छन्।

सूचनामा नियमित परीक्षार्थी हुनका लागि कक्षा ११ को सैद्धान्तिकतर्फ न्यूनतम ‘डी’ ग्रेड र आन्तरिक वा प्रयोगात्मकतर्फ ‘सी’ ग्रेड प्राप्त गरेको हुनुपर्ने उल्लेख छ। परीक्षा फारम बुझाउँदा विदार्थीले कक्षा ११ को ग्रेडसिट र रजिस्ट्रेसन कार्डको प्रतिलिपि बुझाउनुपर्ने सूचनामा उल्लेख छ।

प्रकाशित मिति : ८ पुस २०८२, मंगलबार  ११ : ३३ बजे

कार्की आयोगको प्रतिवेदन कार्यान्वयन नगर्न सरकारलाई एमालेका २३ भ्रातृ संगठनको चेतावनी

काठमाडौँ – नेकपा एमालेका २३ भ्रातृ संस्थाले संयुक्त वक्तव्य जारी

यस्तो बन्यो बालेनको सचिवालय टिम

काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाहको प्रमुख सल्लाहकारमा कुमार बेन नियुक्त

ओली र लेखकलाई पक्राउ गर्नेबारे छलफलमा गृहमन्त्री गुरुङ

काठमाडौँ- भदौ २३ र २४ गतेको जेनजी आन्दोलनमा जिम्मेवारपूर्ण भूमिका

निजी छाडेर सामुदायिकमा विद्यार्थी, नमुना बन्दै पडरिया मावि

सिरहा – लहान नगरपालिका–१२ पडरिया थारुटोलस्थित ‘माध्यमिक विद्यालय पडरिया’ थारुटोलले

प्रधानमन्त्री बालेनको गीतले बनायो नयाँ रेकर्ड

काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाहको नयाँ र्‍याप गीत ‘जय महाकाली’ले