पाँच महिनामा साढे छ खर्ब व्यापार घाटा « Khabarhub

पाँच महिनामा साढे छ खर्ब व्यापार घाटा


८ पुस २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– चालु आर्थिक वर्ष २०८२/८३ को मङ्सिर मसान्तसम्म मुलुकले कूल आठ खर्ब ८२ अर्ब ६९ करोड ८२ लाख २९ हजार रुपैयाँको वैदेशिक व्यापार गर्दा छ खर्ब ४९ अर्ब ६८ करोड रुपैयाँ घाटा व्यहोरेको छ ।

भन्सार विभागले सार्वजनिक गरेको पाँच महिनाको वैदेशिक व्यापारको स्थिति प्रतिवेदनअनुसार यो अवधिमा सात खर्ब ६६ अर्ब १८ करोड ९१ लाखको आयात र  एक खर्ब १६ अर्ब ५० करोड रुपैयाँको निर्यात भएको छ ।

गत आर्थिक वर्षको सोही अवधिको तुलनामा आयात १५ दशमलव ८३ र निर्यात ५८ दशमलव १७ प्रतिशतले बढेको विभागले जनाएको छ ।

भारतसँग मात्र पाँच महिनामा तीन खर्ब ३९ अर्ब दुई करोड रुपैयाँभन्दा बढी व्यापार घाटा देखिएको छ । यो अवधिमा भारतबाट चार खर्ब ३४ अर्ब छ करोड ४२ लाख रुपैयाँको वस्तु आयात हुँदा ९५ अर्ब चार करोड २० लाख रुपैयाँ बराबरको मात्रै निर्यात भएको छ । 

अर्को छिमेकी मुलुक चीनसँग एक खर्ब ६३ अर्ब ७३ करोड ४८ लाख रुपैयाँको आयात र  ४६ करोड ६८ लाख रुपैयाँ बराबरको मात्र निर्यात हुँदा नेपालले एक खर्ब ६३ अर्ब २६ करोड ८० लाख रुपैयाँको घाटा व्यहोरेको छ ।

नेपालले व्यापार नाफा गरेका मुलुकहरूमा भने रोमानिया पहिलो स्थानमा देखिएको छ । पछिल्लो पाँच महिनामा रोमानियासँग नेपालको कूल वैदेशिक व्यापार नाफा छ करोड ३४ लाख ६९ हजार रुपैयाँ बराबर छ । त्यस्तै स्वीडेन, इराकलगायतका मुलुकसँग नेपालको व्यापार नाफा छ ।

यो अवधिमा पेट्रोलियम पदार्थको आयात सबैभन्दा बढी छ । विभागका अनुसार पछिल्लो पाँच महिनामा रू ४५ अर्ब ६० करोड ६२ लाख ११ हजार बराबरको डिजेल, रू २७ अर्ब ३३ करोड दुई लाख १४ लाख बराबरको पेट्रोल र रू २२ अर्ब ३९ करोड ४६ लाख बराबरको खाना पकाउने ग्यास आयात भएको छ । रू १९ अर्ब १३ करोड ६९ लाखको स्मार्टफोन, रू ४६ अर्ब ९७ करोडको कच्चा सोयाबिन तेल, रू २१ अर्ब ८४ करोड ६३ लाख बराबरको फलामजन्य वस्तु आयात भएको छ ।

नेपालले बढी निर्यात गरेका वस्तुमा सोयाबिन तेल पहिलो स्थानमा देखिएको छ । यो अवधिमा रू ४६ अर्ब ५५ करोड ८६ लाख ६६ हजार बराबरको सोयाबिन तेल निर्यात भएको छ । त्यस्तै रू पाँच अर्ब ५३ करोड ३२ लाख बराबरको ठूलो अलैँची, रू चार अर्ब १३ करोड ३४ लाख बराबरको कार्पेट र रू तीन अर्ब ७३ करोड बराबरको सूर्यमुखी तेल निर्यात भएको छ । रासस

प्रकाशित मिति : ८ पुस २०८२, मंगलबार  १२ : ०९ बजे

महिलालाई आत्मनिर्भर बनाउन बङ्गुरपालनमा अनुदान

भोजपुर– भोजपुरको पौवादुङमा गाउँपालिकाका महिला व्यावसायिक बङ्गुरपालनतर्फ आकर्षित भएका पाइएको

 बाढीपहिरोले देशका विभिन्न सडक अवरुद्ध, यात्रामा सतर्कता अपनाउन आग्रह

काठमाडौँ– अविरल वर्षाका कारण देशका विभिन्न स्थानका गएको बाढीपहिरोले विभिन्न

टिपरको ठक्करबाट साइकलयात्रीको मृत्यु

झापा– झापामा टिपरको ठक्करबाट एक जना साइकलयात्रीको मृत्यु भएको छ

आठ घण्टापछि खुल्यो मुग्लिन-काठमाडौँ सडक

काठमाडौँ– पृथ्वीराजमार्ग अन्तर्गत चितवनको सिमलधारामा खसेको सुक्खा पहिरो पन्छाइएपछि नारायणगढ–काठमाडौँ

दाजुभाइको दीर्घायुको कामना गर्दै रानाथारू महिलाले मनाए तीज

कञ्चनपुर– छुट्टै पहिचान र मौलिक संस्कृति रहेको रानाथारू समुदायका महिलाहरूले