दुई नाबालकसहित ११ कैदीबन्दी पक्राउ « Khabarhub

दुई नाबालकसहित ११ कैदीबन्दी पक्राउ


८ पुस २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

सिरहा–  जेन-जी आन्दोलनका क्रममा गत २४ भदौमा देशका विभिन्न बाल सुधार गृह तथा कारागारबाट फरार भएका कैदीबन्दीमध्ये सिरहा प्रहरीले हालसम्म दुई नाबालकसहित ११ जनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालयकाअनुसार जलेश्वर, नख्खु, जगन्नाथ देवल, सप्तरी, सिन्धुली, केन्द्रीय कारागार तथा बाल सुधार गृह वीरगञ्जबाट फरार भएका कैदीबन्दी पक्राउ परेका हुन् ।

पक्राउ परेकामध्ये नौ जनालाई सम्बन्धित कारागार तथा सुधार गृहमा बुझाइसकिएको छभने बाँकी दुई जनालाई बुझाउने प्रक्रिया चलिरहेको जिल्ला प्रहरीका प्रहरी निरीक्षक ओमप्रकाश पण्डितले जानकारी दिए  ।

यसैबीच, प्रहरीले धनगढीमाई नगरपालिका–११ डाबरटोलस्थित चितवा खोला नजिकबाट सोमबार दिउँसो बेवारिसे अवस्थामा एक नाल भरुवा बन्दुक फेला पारेको छ । सो बन्दुकका सम्बन्धमा इलाका प्रहरी कार्यालय लहानले अनुसन्धान गरिरहेको जनाएको छ । रासस

प्रकाशित मिति : ८ पुस २०८२, मंगलबार  १२ : ११ बजे

मुक्तिपथ आधारभूत विद्यालयको भवन निर्माण

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ बिरौटामा रहेको मुक्तिपथ आधारभूत विद्यालयमा कक्षा

सुन र चाँदीको मूल्य घट्यो, कतिमा भइरहेछ कारोबार ?

काठमाडौं– नेपाली बजारमा सुनको मूल्यमा केही गिरावट आएको छ ।

नेपाललाई नेदरल्यान्डले दियो १४१ रनको चुनौती

काठमाडौं– आईसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोटको दोस्रो खेलमा नेदरल्यान्डले

भरपर्दो सुरक्षा योजना बनाएर प्रहरी परिचालन : महानिरीक्षक कार्की 

काठमाडौं– प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले आसन्न निर्वाचनलाई भयरहित र निष्पक्ष

विश्वकप अभ्यास : श्रीलंकाविरुद्ध सुरुमा बलिङ गर्दै नेपाल

काठमाडौं – आइसिसी टी–२० विश्वकप तयारीमा रहेको नेपाली राष्ट्रिय टिम