आन्तरिक पर्यटकको रोजाइ बन्दै बाह्रकुने दह « Khabarhub

आन्तरिक पर्यटकको रोजाइ बन्दै बाह्रकुने दह


८ पुस २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

दाङ– घोराही उपमहानगरपालिका– १३ स्थित बाह्रकुने दहमा पछिल्लो समय आन्तरिक पर्यटकको घुइँचो लाग्ने गरेको छ ।

आन्तरिक र बाह्र पर्यटकको गन्तव्यका रूपमा रहेको बाह्रकुने दहमा पछिल्लो समय पर्यटकको चहलपहल बढ्दै गएको छ ।

दहमा १२ कुना भएको हुनाले यसको नाम ‘बाह्रकुने दह’ रहन गएको हो । सुन्दर प्रकृतिको मनोरम दृश्य देखिने बाह्रकुने दहको सौन्दर्य अतुलनीय छ ।

लुम्बिनी प्रदेशको एउटा नमूनाका रुपमा रहेको छ । यो धार्मिक एवं पर्यटकीयस्थलका रुपमा चिनिने गरेको छ । बाह्र भाइ बराहमध्ये एक भाइ बाह्रकुनेमा बसेको भन्ने किंवदन्ती छ ।

तुलसीपुर उपमहानगरपालिका– १७ की सीता पन्थी साथीहरूसँग बाह्रकुने दह घुम्न आएको भेटिइन् । टोलका आमा समूहबाट रमाइलो गरौँ भनेर वनभोज खान बाह्रकुने आएको उनको भनाइ छ ।

‘तुलसीपुरमा हेरिरहेका धेरै ठाउँ थिए, घोराहीको बाह्रकुने हेर्ने अवसर मिलेको थिएन यहाँ आउँदा धेरै रमाइलो लाग्यो’, पन्थीले भनिन्, ‘वनभोज खाने,  नाचगान गरेर रमाइलो गर्नेको भिडभाड नै हुने रहेछ । यहाँको मन्दिर वरिपरिको वातावरण रमाइलो रहेछ, मन्दिर छेउमा रहेको तालमा डुङ्गा सयर गर्दा झनै आनन्द आयो ।’

घोराही उपमहानगरपालिका– १८ का मुना पोखरेलले शनिबार विद्यार्थी लिएर बाह्रकुने आएको बताइन् । घोराही बजारको नजिकै रहेको र यातायातको सुविधा भएकाले बिदाको दिन भएर होला धेरै भिडभाड भएको उनको भनाइ छ । वनभोज खानेको उपस्थिति झनै धेरै देखियो ।

बाह्रै महिना यहाँ भक्तजनको भिडभाड हुने गर्छ त्यसमा पनि मङ्सिरदेखि माघमा यहाँ धेरै भक्तजन आउने गरेको बराहक्षेत्र संरक्षण समितिका अध्यक्ष देवबहादुर घर्तीले जानकारी दिए ।

यहाँ विशेषगरी निःसन्तान दम्पती सन्तानका लागि बर माग्न आउने गर्दछन् । यहाँ अन्य समयमा भन्दा माघेसङ्क्रान्तिमा निकै भीडभाड हुने गर्दछ । यहाँ १२ वटा आकारमा निर्मित प्राकृतिक ताल रहेको छ ।

यसैबीच, बाह्रकुने दहको उत्तरतिर रहेको ज्यामिरे दहलाई ठूलो बनाएपछि हरेक दिन आन्तरिक पर्यटक त्यहाँ पुग्ने गरेका छन् । अन्य दिनभन्दा बिदाको दिन बढी आन्तरिक पर्यटक त्यहाँ आउने गरेको ज्यामिरे दहमा डुङ्गा सञ्चालन गर्दै आएका वीरजङ्ग पुनले बताए ।

जङ्गलबीचमा सुन्दर पर्यटकीय गन्तव्यका रुपमा रहेको तालमा जिल्ला र बाहिरबाट घुम्न आन्तरिक पर्यटक आउने गरेको पुनले बताए । उनका अनुसार पछिल्लो समय दैनिक सरदर २०० देखि ३०० जनासम्म घुम्न आउने गरेका छन् । (रासस)

प्रकाशित मिति : ८ पुस २०८२, मंगलबार  १२ : ११ बजे

व्यावसायिक कृषिमा रमाउँदै ढकाल परिवार

गण्डकी– रोजगारीका लागि युवाहरू विदेश पलायन भइरहेका बेला तनहुँको शुक्लागण्डकी

युरोपेली सङ्घद्वारा रूसी न्यायपालिकाका सदस्यमाथि प्रतिबन्ध

एजेन्सी– युरोपेली सङ्घ (इयु) ले सोमबार रुसी न्यायपालिकाका दुई सदस्यमाथि

दोस्रो दिन पनि मिराज नेतृत्वका जेन-जी सडकमा (तस्बिरहरू)

काठमाडौं– जेन–जी आन्दोलनका अगुवा मिराज ढुंगाना समूहले आज पनि  प्रदर्शन गर्दै

अमेरिकामा मेक्सिकन विमान दुर्घटना, पाँच जनाको मृत्यु

एजेन्सी– अमेरिकी राज्य टेक्सासमा मेक्सिकन नौ – सेनाको चिकित्सा सामाग्री

सक्रिय बन्दै गण्डकीका न्यायिक समिति : अधिकांश मुद्दा मेलमिलापमै टुङ्गिए

गलकोट– गण्डकी प्रदेशका ११ जिल्लाका ८५ स्थानीय तहका न्यायिक समिति