मर्स्याङ्दी वाङ्मय प्रतिष्ठानको अध्यक्षमा विजयराज न्यौपाने « Khabarhub

मर्स्याङ्दी वाङ्मय प्रतिष्ठानको अध्यक्षमा विजयराज न्यौपाने


८ पुस २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– लमजुङबाट काठमाडौँ आई बसोबास गरिरहेका साहित्यकारको साझा संस्था मर्स्याङ्दी वाङ्मय प्रतिष्ठानको अध्यक्षमा बाल साहित्यकार विजयराज न्यौपाने चयन भएका छन् ।

प्रतिष्ठानको सोमबार साँझ सम्पन्न २४औँ वार्षिक साधारणसभा एवं निर्वाचनबाट साहित्यकार न्यौपानेको अध्यक्षतामा १० सदस्यीय कार्यसमिति निर्विरोध निर्वाचित गरिएको हो । प्रतिष्ठानको उपाध्यक्षमा लक्ष्मण थापा, सचिवमा अञ्जना पौडेल खनाल, सहसचिवमा प्रदीपराज अधिकारी र कोषाध्यक्षमा कृष्ण अधिकारी निर्वाचित भएका छन्।

यस्तै सदस्यमा रामप्रसाद घिमिरे, अच्युत रेग्मी, सरला ओझा, वसन्त घिमिरे र खुसीराम डौलिया भएका छन्। एक सदस्यपछि अध्यक्षले चयन गर्नेछन्। विसं २०५३ मा स्थापना भएको उक्त प्रतिष्ठानले प्रतिष्ठानका प्रमुख संरक्षक एवं राष्ट्रकवि माधवप्रसाद घिमिरेको नाममा रु २७ लाखको अक्षयकोष स्थापना गरी बर्सेनि एक वरिष्ठ साहित्यकारलाई एक लाखको नगद पुरस्कार प्रदान गर्दै आएको छ ।

साधारणसभाको उद्‌घाटन सत्रमा नेपाली शिक्षा परिषद्का अध्यक्ष साहित्यकार रमा शर्माले लमजुङको मात्र नभई नेपालको साहित्य क्षेत्रको विकासमा मर्स्याङ्दी प्रतिष्ठानले खेलेको भूमिका सराहनीय रहेको बताए।

प्रतिष्ठानका पूर्वअध्यक्ष क्रमशः प्रा.डा कृष्णबहादुर थापा, डा देवी सुवेदी, डा मुकुन्द पथिक, डा बमबहादुर थापा ‘जीताली’लगायतले समयको मागअनुसार मर्स्याङ्दी प्रतिष्ठानको कार्यक्षेत्र विस्तार गर्दे लैजानुपर्ने बताएका थिए । सोही अवसरमा मर्स्याङ्दी प्रवाह वुलेटिन विमोचन गरिएको थियो । 

प्रकाशित मिति : ८ पुस २०८२, मंगलबार  १२ : २२ बजे

कार्की आयोगको प्रतिवेदन कार्यान्वयन नगर्न सरकारलाई एमालेका २३ भ्रातृ संगठनको चेतावनी

काठमाडौँ – नेकपा एमालेका २३ भ्रातृ संस्थाले संयुक्त वक्तव्य जारी

यस्तो बन्यो बालेनको सचिवालय टिम

काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाहको प्रमुख सल्लाहकारमा कुमार बेन नियुक्त

ओली र लेखकलाई पक्राउ गर्नेबारे छलफलमा गृहमन्त्री गुरुङ

काठमाडौँ- भदौ २३ र २४ गतेको जेनजी आन्दोलनमा जिम्मेवारपूर्ण भूमिका

निजी छाडेर सामुदायिकमा विद्यार्थी, नमुना बन्दै पडरिया मावि

सिरहा – लहान नगरपालिका–१२ पडरिया थारुटोलस्थित ‘माध्यमिक विद्यालय पडरिया’ थारुटोलले

प्रधानमन्त्री बालेनको गीतले बनायो नयाँ रेकर्ड

काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाहको नयाँ र्‍याप गीत ‘जय महाकाली’ले