उच्चस्तरीय राजनीतिक वार्ता समिति पुग्यो कांग्रेस कार्यालय (तस्बिरहरू) « Khabarhub

उच्चस्तरीय राजनीतिक वार्ता समिति पुग्यो कांग्रेस कार्यालय (तस्बिरहरू)


८ पुस २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 3 मिनेट


237
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– उच्च स्तरीय राजनीतिक वार्ता समितिद्वारा नेपाली कांग्रेसको पार्टी कार्यालयको अनुगमन र निरीक्षण गरिएको छ ।

सो समितिका संयोजक उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री सुनिल कुमार सिन्हा, सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदिश खरेल र प्रधानमन्त्रीको प्रमुख राजनीतिक सल्लाहकार अजयभद्र खनालले नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङ लगायतका नेताहरूसँग छलफल समेत गरेको छ ।

निरीक्षणका क्रममा समितिका सदस्य सञ्चारमन्त्री जगदीश खरेलले आसन्न प्रतिनिधिसभाको निर्वाचनलाई सफलतापूर्वक सम्पन्न गर्न राजनीतिक दलहरूको साथ र सहभागिता अपरिहार्य रहेको बताए । 

सुशासन र भ्रष्टाचार नियन्त्रण गर्ने कुरामा सरकार गम्भीरताका साथ अघि बढिरहेका उनको भनाइ छ । जेन-जी आन्दोलनका क्रममा पार्टी कार्यालय ध्वस्त भएको अवस्थामा पनि दलहरूको साथ रहेको भन्दै उनले आगामी चुनाव सुनिश्चित गर्नका लागि दल र सरकारबीच दोहोरो संवादको प्रयास गरिएको धारणा राखे ।

त्यस्तै समितिका संयोजक कानूनमन्त्री अनिल सिन्हाले आन्दोलनका क्रममा पार्टी भवनमा क्षति पुगे पनि मुलुकलाई निकास दिन दलहरूको भूमिका अपरिहार्य हुने बताए । उनले चुनावलाई सहज रुपमा अघि बढाउनका लागि दलहरूको अपेक्षा पुरा गर्न सरकार तयार रहेको उल्लेख गरे ।

छलफलका क्रममा कांग्रेस उपसभापति धनराज गुरुङले पार्टी चुनावबाट नभाग्ने भन्दै निष्पक्ष र सुरक्षित तवरले निर्वाचन सम्पन्न गर्न उचित वातावरण बनाउनुपर्नेमा जोड दिए । 

सरकारले चुनावको रटान लगाए पनि तयारीमा केही कमजोरी भएको महसुस भएको उनले बताए । गुरुङले सरकारसँग सहमति गरेका युवाहरूले नै चुनाव हुन दिन्नौ भनेर हिँडेको भन्दै उनीहरूलाई समेत विश्वासमा लिएर अघि बढ्न सरकारलाई सुझाव दिए । 

त्यसैगरि उनले सुरक्षा निकायको मनोबन उच्च बनाउँदै फागुन २१ लाई अर्जुन दृष्टि बनाएर अघि बढ्न आग्रह गरे । दलहरू र सरोकारसँग छलफल गर्न मन्त्रिपरिषद् बैठकले केहिदिन अघि तीन सदस्य उच्चस्तरीय राजनीतिक संवाद समिति गठन गरेको थियो । 

समितिमा सञ्चारमन्त्री खरेल, कानून मन्त्री सिन्हा र प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार अजयभद्र खनाल रहेका छन् ।

तस्बिर : नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : ८ पुस २०८२, मंगलबार  १२ : ५२ बजे

साफ यु–२० फुटबलः नेपाल सेमिफाइनलमा प्रवेश

काठमाडौं – साफ यु–२० फुटबल प्रतियोगितामा नेपाल समूह विजेताका रूपमा

हेलिकप्टरमार्फत गर्भवतीको उद्वार

सिमकोट (हुम्ला )- सुत्केरी व्यथा लागेकी एक जना गर्भवतीको आज

पदबहाली गर्दै पर्यटनमन्त्री भन्छन्- समृद्धिको खाका मन्त्रालयबाट सुरू हुन्छ

काठमाडौं– नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले आज

पौने १९ करोड अपचलन गर्ने सहकारी सञ्चालकविरुद्ध मुद्दा

काभ्रेपलाञ्चोक– सहकारीको १८ करोड ७६ लाख चार हजार ५३२ रुपैयाँ अपचलन