उच्च स्तरीय राजनीतिक वार्ता समिति एमाले कार्यालयमा « Khabarhub

उच्च स्तरीय राजनीतिक वार्ता समिति एमाले कार्यालयमा


८ पुस २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– उच्च स्तरीय राजनीतिक वार्ता समितिले नेकपा एमालेको केन्द्रीय पार्टी कार्यालयको अनुगमन तथा निरीक्षण गरेको छ।

समितिका संयोजक तथा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री सुनिल कुमार सिन्हाको नेतृत्वमा सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदिश खरेल र प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार अजयभद्र खनालले संयुक्त रूपमा कार्यालयको निरीक्षण गरेका हुन्।

अनुगमनका क्रममा समितिले पार्टी कार्यालयको समग्र अवस्था, सुरक्षा व्यवस्था र पछिल्लो राजनीतिक घटनाक्रमपछि सिर्जित परिस्थितिबारे जानकारी लिएको स्रोतले जनाएको छ। निरीक्षणका क्रममा एमालेका पदाधिकारीहरूसँग संक्षिप्त छलफल समेत गरिएको थियो।

उच्च स्तरीय राजनीतिक वार्ता समिति पछिल्लो समय विभिन्न राजनीतिक दलका कार्यालय र सरोकारवालासँग संवाद र अनुगमनमा सक्रिय हुँदै आएको छ। समितिले समसामयिक राजनीतिक तनाव न्यूनीकरण र सहमतिको वातावरण बनाउन यस्तो पहल गरिएको बताएको छ।

प्रकाशित मिति : ८ पुस २०८२, मंगलबार  २ : ०६ बजे

सार्वजनिक नीति तथा प्रत्यायोजित विधान समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसदको राष्ट्रियसभा अन्तर्गत रहेको सार्वजनिक नीति तथा प्रत्यायोजित

रास्वपाको चुनावी अभियान : इलाममा बालेन क्रेज

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता एवम्

ओली-बालेन भिडन्त : जेन-जी समर्थक र विरोधीको जनमत संग्रह

एमाले अध्यक्ष केपी शर्मा ओली नेपालका केही गणनायोग्य अपराजेय नेताहरु

म्याग्दीको लामाखेतमा नदी नियन्त्रणको काम हुँदै

म्याग्दी– म्याग्दीको लामाखेतमा नदी नियन्त्रणको काम सुरु भएको छ ।

काँकरभिट्टाबाट छ महिनामा नौ अर्ब ७७ करोडको पेट्रोलियम पदार्थ आयात

झापा – चालु आर्थिक वर्ष २०८२-८३ को पुस मसान्तसम्म पूर्वी