लेकुडा गाउँमा बिजुलीका खम्बा पुगे, पुगेन बिजुली « Khabarhub

लेकुडा गाउँमा बिजुलीका खम्बा पुगे, पुगेन बिजुली


८ पुस २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

अमरगढी– भागेश्वर गाउँपालिकाको लेकुडा गाउँमा सयौँ घरपरिवार वर्षौँदेखि बिजुलीको प्रतीक्षामा छन् । स्थानीय डम्मरी जोशीका अनुसार गाउँसम्म बिजुलीका खम्बा पुगे पनि विद्युत् आपूर्ति सुरु हुन सकेको छैन । 

उनले चुनावका बेला पटक–पटक आश्वासन दिइए पनि काम अघि नबढेको गुनासो गरे। उनले गाडिएका खमबा हाल कपडा सुकाउने र घाँस राख्ने थामोका रूपमा प्रयोग गसररहेका बताए।

 यस्तै भागेश्वर गाउँपालिकाकै ओडाखानका स्थानीय भिमबहादुर बुढामगरले बिजुली नहुँदा विद्यार्थीको पढाइ प्रभावित भएको बताए। उनले मोबाइल चार्ज गर्नसमेत समस्या हुने गरेको र सोलार घाम लागेको दिन मात्र चल्ने समस्या रहेको बताए।

डडेल्धुराका एक हजारभन्दा बढी घरधुरी अझै पनि विद्युत् सुविधाबाट वञ्चित रहेका छन् । जिल्लाका सातवटै स्थानीय तहका एक हजार २१ घरधुरीमा बिजुली नपुगेको नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्रले जनाएको छ ।

सदरमुकाम रहेको अमरगढी नगरपालिकाभित्रका ६० घरधुरीमा अझै बिजुली पुगेको छैन । परशुराम नगरपालिकाका ३०८ घरपरिवार बिजुलीविहीन छन् । बसौटी, सलोन, हल्दवारी, रजौडा, सिमलवण्ड, कुँडा लगायतका बस्तीमा विद्युत् सेवा पुगेको छैन ।

आलिताल गाउँपालिकामा १८९ घरपरिवार, भागेश्वर गाउँपालिकामा १४८ घरपरिवार, नवदुर्गा गाउँपालिकामा ८५ घरपरिवार, अजयमेरु गाउँपालिकामा १०० घरपरिवार तथा गन्यापधुरा गाउँपालिकामा १३१ घरपरिवार अझै विद्युत् पहुँचबाहिर छन् ।

नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र डडेल्धुराका प्रमुख कपिल जोशीका अनुसार जिल्लाभर रहेका ३१ हजार १७२ घरधुरीमध्ये ३० हजार १५१ घरपरिवारमा विद्युत् पुगेको छ । बाँकी एक हजार २१ घरपरिवारमा विद्युतीकरण हुन बाँकी रहेको उनले बताए। उनले सबै नागरिकलाई विद्युत् पहुँचमा पु¥याउने लक्ष्यअनुसार काम भइरहेको जानकारी दिए ।

बिजुलीको पहुँच नहुँदा स्थानीय नागरिक भने टुकी र सोलारको भरमा दैनिकी बिताउन बाध्य छन् । जिल्ला सदरमुकाम आसपासका बस्तीदेखि ग्रामीण तथा दुर्गम क्षेत्रसम्म अझै पनि विद्युत् विस्तार हुन सकेको छैन । 

न्त्री सुनिल कुमार सिन्हाको नेतृत्वमा सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदिश खरेल र प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार अजयभद्र खनालले संयुक्त रूपमा कार्यालयको निरीक्षण गरेका हुन्।

अनुगमनका क्रममा समितिले पार्टी कार्यालयको समग्र अवस्था, सुरक्षा व्यवस्था र पछिल्लो राजनीतिक घटनाक्रमपछि सिर्जित परिस्थितिबारे जानकारी लिएको स्रोतले जनाएको छ। निरीक्षणका क्रममा एमालेका पदाधिकारीहरूसँग संक्षिप्त छलफल समेत गरिएको थियो।

उच्च स्तरीय राजनीतिक वार्ता समिति पछिल्लो समय विभिन्न राजनीतिक दलका कार्यालय र सरोकारवालासँग संवाद र अनुगमनमा सक्रिय हुँदै आएको छ। समितिले समसामयिक राजनीतिक तनाव न्यूनीकरण र सहमतिको वातावरण बनाउन यस्तो पहल गरिएको बताएको छ।

प्रकाशित मिति : ८ पुस २०८२, मंगलबार  २ : ११ बजे

पोखरीभन्दा ठूला माछाहरूको आतंक

संसद्को पहिलो बैठक बसेपछि राजा महेन्द्रले थप कामकारवाहीबारे छलफल गर्न

वाइफाइ जडान गर्ने क्रममा करेन्ट लागेर महिलाको मृत्यु

भद्रपुर– झापाको बाह्रदशी गाउँपालिका–२ मा वाइफाइको प्लग जोड्ने क्रममा नाङ्गो

लेबनानमा इजरायली आक्रमण जारी, हिज्बुल्लाहद्वारा प्रत्याक्रमण

काठमाडौं– लेबनानमा इजरायलले आक्रमण जारी राख्दा त्यसको प्रत्युत्तरमा हिज्बुल्लाहले पनि

लुम्बिनी प्रदेशसभाको १०औँ बैठक बस्दै

घोराही– लुम्बिनी प्रदेशसभाको सातौँ अधिवेशनअन्तर्गत १०औँ बैठक आज बिहान ११ः००

कपिलवस्तुमा बस दुर्घटना, २६ जना घाइते

कृष्णनगर– पूर्व–पश्चिम राजमार्गअन्तर्गत कपिलवस्तुको बनकसवासामा गएराति बस दुर्घटना हुँदा २६