राष्ट्रपति पौडेलले देउवा, ओली र प्रचण्डसँग संवाद गर्ने « Khabarhub

राष्ट्रपति पौडेलले देउवा, ओली र प्रचण्डसँग संवाद गर्ने


८ पुस २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


165
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले प्रमुख तीन दलका शीर्ष नेताहरुसँग भेटवार्ता गर्ने भएका छन् ।

राष्ट्रपति पौडेलले विघटित प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने प्रमुख तीन दलहरु नेपाली कांग्रेस, नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टीका शीर्ष नेताहरुसँग संवाद गर्न लागेका हुन् ।

यसका लागि उनले कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपाका संयोजक पुष्पकमल दाहाल (प्रचण्ड) लाई डाकेका छन् ।

छलफल राष्ट्रपति कार्यालय शीतलनिवासमा मंगलबार तीन बजेदेखि शुरु हुने तय भएको छ । छलफलमा आगामी फागुन २१ मा तोकिएको प्रतिनिधिसभाको निर्वाचन र समसामयिक राजनीतिक घटनाक्रमबारे चर्चा हुने जनाइएको छ ।

प्रकाशित मिति : ८ पुस २०८२, मंगलबार  २ : ३० बजे

सार्वजनिक नीति तथा प्रत्यायोजित विधान समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसदको राष्ट्रियसभा अन्तर्गत रहेको सार्वजनिक नीति तथा प्रत्यायोजित

रास्वपाको चुनावी अभियान : इलाममा बालेन क्रेज

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता एवम्

ओली-बालेन भिडन्त : जेन-जी समर्थक र विरोधीको जनमत संग्रह

एमाले अध्यक्ष केपी शर्मा ओली नेपालका केही गणनायोग्य अपराजेय नेताहरु

म्याग्दीको लामाखेतमा नदी नियन्त्रणको काम हुँदै

म्याग्दी– म्याग्दीको लामाखेतमा नदी नियन्त्रणको काम सुरु भएको छ ।

काँकरभिट्टाबाट छ महिनामा नौ अर्ब ७७ करोडको पेट्रोलियम पदार्थ आयात

झापा – चालु आर्थिक वर्ष २०८२-८३ को पुस मसान्तसम्म पूर्वी