सीमा वार्ता मलेसियामा सार्न कम्बोडियाको आग्रह « Khabarhub

सीमा वार्ता मलेसियामा सार्न कम्बोडियाको आग्रह


८ पुस २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- कम्बोडियाले थाइल्यान्डसँगको सीमा विवादसम्बन्धी वार्ता तटस्थ स्थान मलेसियाको क्वालालम्पुरमा सार्न आग्रह गरेको छ ।

कम्बोडियाको रक्षा मन्त्रालयले थाई समकक्षीलाई पठाएको पत्रानुसार दुई देशबीच दुई हप्तादेखि जारी घातक सीमा झडपपछि युद्धविरामका सर्तहरूबारे छलफल गर्न तयारी भइरहेका बेला यो प्रस्ताव आएको हो ।

यस महिनाको सुरुमा पुनः सुरु भएको लडाइँले अघिल्लो युद्धविरामलाई ध्वस्त पारेको थियो । अधिकारीहरूका अनुसार ती झडपमा थाइल्यान्डतर्फ कम्तीमा २३ जना र कम्बोडियातर्फ २१ जनाको ज्यान गएको छ भने दुवै देशका गरी नौ लाखभन्दा बढी नागरिक विस्थापित भएका छन् ।

थाइल्यान्डका विदेशमन्त्री सिहासाक फुआंगकेटकोले सोमबार मलेसियाको राजधानी क्वालालम्पुरमा दक्षिणपूर्वी एसियाली राष्ट्र सङ्घ (आसियान) का विदेशमन्त्रीहरूसँगको भेटपछि कम्बोडियासँग वार्ता गर्ने घोषणा गरेका थिए । उनले विद्यमान द्विपक्षीय सीमा समितिको ढाँचाअन्तर्गत बुधबार थाइल्यान्डको चन्थाबुरीमा बैठक हुने जानकारी पत्रकारहरूलाई दिएका थिए ।

तर, त्यसै दिन कम्बोडियाका रक्षामन्त्री टी सेइहाले थाई समकक्षी नट्टाफोन नार्कफानितलाई पत्र पठाउँदै वार्ता क्वालालम्पुरमा गर्न अनुरोध गरेका छन् । पत्रमा उनले सीमामा जारी लडाइँका कारण सुरक्षा जोखिम बढेकाले बैठक सुरक्षित र तटस्थ स्थानमा गर्नु उपयुक्त हुने उल्लेख गरेका छन् । उक्त पत्र एएफपीले मंगलबार प्राप्त गरेको र मन्त्रालयले यसको पुष्टि गरेको छ ।

रक्षामन्त्री सेइहाका अनुसार हाल आसियानको अध्यक्ष रहेको मलेसियाले क्वालालम्पुरमा वार्ताको आयोजना गर्न सहमति जनाएको छ । यसले वार्ताका लागि तटस्थ वातावरण सुनिश्चित हुने विश्वास कम्बोडियाले व्यक्त गरेको छ ।

यद्यपि, दुवै पक्ष वार्तामा सहमत भएको घोषणा भएको केही समयपछि नै अवस्था फेरि तनावपूर्ण बनेको छ । कम्बोडियाका अनुसार थाइल्यान्डले सोमबार आफ्नो भूभागमा हवाई आक्रमण गरेको छ । कम्बोडियाको रक्षा मन्त्रालयका प्रवक्ता माली सोचेटाले मङ्गलबार बिहानसम्म पनि सीमामा झडप जारी रहेको जानकारी पत्रकारहरूलाई दिए।

मन्त्रालयद्वारा जारी विज्ञप्तिमा थाई सेनामाथि कम्बोडियाको सीमावर्ती सहर पोइपेटमा गोलाबारी गरेको आरोप लगाइएको छ । यस घटनाक्रमले वार्ताको वातावरण थप जटिल बनेको देखिएको छ भने दुवै देशबीचको तनाव अझै कम नभएको संकेत दिएको छ ।

प्रकाशित मिति : ८ पुस २०८२, मंगलबार  ३ : २५ बजे

सार्वजनिक नीति तथा प्रत्यायोजित विधान समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसदको राष्ट्रियसभा अन्तर्गत रहेको सार्वजनिक नीति तथा प्रत्यायोजित

रास्वपाको चुनावी अभियान : इलाममा बालेन क्रेज

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता एवम्

ओली-बालेन भिडन्त : जेन-जी समर्थक र विरोधीको जनमत संग्रह

एमाले अध्यक्ष केपी शर्मा ओली नेपालका केही गणनायोग्य अपराजेय नेताहरु

म्याग्दीको लामाखेतमा नदी नियन्त्रणको काम हुँदै

म्याग्दी– म्याग्दीको लामाखेतमा नदी नियन्त्रणको काम सुरु भएको छ ।

काँकरभिट्टाबाट छ महिनामा नौ अर्ब ७७ करोडको पेट्रोलियम पदार्थ आयात

झापा – चालु आर्थिक वर्ष २०८२-८३ को पुस मसान्तसम्म पूर्वी