रमेश लेखकलाई बयानमा बोलायो आयोगले, केपी ओली बाँकी « Khabarhub

रमेश लेखकलाई बयानमा बोलायो आयोगले, केपी ओली बाँकी


८ पुस २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


399
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- गत भदौ २३ र २४ गतेको जेन-जी आन्दोलनका क्रममा भएको मानवीय र भौतिक क्षतिबारे अध्ययन गर्न गठित जाँचबुझ आयोगले तत्कालीन गृहमन्त्री रमेश लेखकलाई बयानका लागि बोलाएको छ।

अनुसन्धानका लागि एक महिना थप समय पाएको आयोगले भदौ २३ गते भएको दमनबारे जानकारी माग्नका लागि बयानमा बोलाएको हो ।

भदौ २३ गते लेखक गृहमन्त्रीमा बहाल रहेको अवस्थामा काठमाडौंको संसद् भवन बाहिर १७ र सुनसरीको इटहरीमा २ जनासहित १९ जनाले तत्कालै ज्यान गुमाएका थिए ।

त्यसपछि भदौ २४ गते भएको विध्वंशकारी प्रदर्शनमा व्यापक जनधनको क्षति भएको थियो । ती दुई दिनमा ७६ जनाले ज्यान गुमाएका थिए ।

यी दुई दिने आन्दोलनका क्रममा प्रधानमन्त्री रहेका केपी शर्मा ओलीलाई भने आयोगले पत्र काटेको छैन । तत्कालीन गृहमन्त्री लेखकले बयान दिइसकेपछि मात्रै ओलीलाई बोलाउने तयारी आयोगको छ ।

तर ओलीले गोली खान तयार हुने तर बयान दिन नजाने अडान राखेका छन् । एमालेले गौरीबहादुर कार्की नेतृत्वको आयोगलाई असंवैधानिक र विवादित भनिरहेको छ। उसले आयोग नै खारेज हुनुपर्ने बताइरहेको छ।

प्रकाशित मिति : ८ पुस २०८२, मंगलबार  ३ : ३३ बजे

पर्वतमा बाढीपहिरोबाट तीन सय परिवार विस्थापित

पर्वत– पर्वतमा बाढीपहिरोबाट तीनसय परिवार विस्थापित भएका छन् । जिल्लाभर

देउवाबाट गगनको निम्तो अस्वीकार, महाधिवेशनमा नजाने

काठमाडौँ– नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा संस्थापन पक्षको आजबाट सुरु

कांग्रेसको महाधिवेशनस्थल खुलामञ्च (तस्बिर)

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ राष्ट्रिय महाधिवेशन आजदेखि काठमाडौँको खुलामञ्चमा सुरु

यूईएफए नेसन्स लिग : चेकियामाथि स्पेनको सहज जित

काठमाडौँ– यूईएफए नेसन्स लिगमा स्पेनले चेकियालाई हराएको छ । गएराति

बागलुङको गलकोटमा प्राकृतिक विपत्ति, ६३ घरमा क्षति

बागलुङ– गलकोट नगरपालिका क्षेत्रमा असोज ९, १० र ११ गतेको