रमेश लेखकलाई बयानमा बोलायो आयोगले, केपी ओली बाँकी « Khabarhub

रमेश लेखकलाई बयानमा बोलायो आयोगले, केपी ओली बाँकी


८ पुस २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


399
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- गत भदौ २३ र २४ गतेको जेन-जी आन्दोलनका क्रममा भएको मानवीय र भौतिक क्षतिबारे अध्ययन गर्न गठित जाँचबुझ आयोगले तत्कालीन गृहमन्त्री रमेश लेखकलाई बयानका लागि बोलाएको छ।

अनुसन्धानका लागि एक महिना थप समय पाएको आयोगले भदौ २३ गते भएको दमनबारे जानकारी माग्नका लागि बयानमा बोलाएको हो ।

भदौ २३ गते लेखक गृहमन्त्रीमा बहाल रहेको अवस्थामा काठमाडौंको संसद् भवन बाहिर १७ र सुनसरीको इटहरीमा २ जनासहित १९ जनाले तत्कालै ज्यान गुमाएका थिए ।

त्यसपछि भदौ २४ गते भएको विध्वंशकारी प्रदर्शनमा व्यापक जनधनको क्षति भएको थियो । ती दुई दिनमा ७६ जनाले ज्यान गुमाएका थिए ।

यी दुई दिने आन्दोलनका क्रममा प्रधानमन्त्री रहेका केपी शर्मा ओलीलाई भने आयोगले पत्र काटेको छैन । तत्कालीन गृहमन्त्री लेखकले बयान दिइसकेपछि मात्रै ओलीलाई बोलाउने तयारी आयोगको छ ।

तर ओलीले गोली खान तयार हुने तर बयान दिन नजाने अडान राखेका छन् । एमालेले गौरीबहादुर कार्की नेतृत्वको आयोगलाई असंवैधानिक र विवादित भनिरहेको छ। उसले आयोग नै खारेज हुनुपर्ने बताइरहेको छ।

प्रकाशित मिति : ८ पुस २०८२, मंगलबार  ३ : ३३ बजे

इराकको कुर्दिस्तानमा इरानी कुर्द समूहका शिविरमा ड्रोन आक्रमण

तेहरान– इरानले इराकको कुर्दिस्तान क्षेत्रमा रहेका इरानी कुर्द विपक्षी समूहका

पोखरा एभेन्जर्सबाट खेल्न नेपाल आइपुगे बंगलादेशका पूर्वकप्तान शाकिब अल हसन

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण खेल्न

एनपीएल सिजन ३ को पुरस्कार सार्वजनिक : विजेताले १ करोड ५० लाख पाउने

काठमाडौँ – नेपाल क्रिकेट सङ्घ (क्यान) ले नेपाल प्रिमियर लिग

अउडीले अमेरिकामा ४ अर्ब डलर लगानी गर्ने

वासिङ्टन – जर्मन कार निर्माता कम्पनी अउडीले अमेरिकामा आफ्नो पहिलो

एनपीएलको बजार मूल्य आठ अर्ब पुग्यो : पारस खड्का

काठमाडौँ – नेपाल क्रिकेट सङ्घ (क्यान) का सचिव पारस खड्काले