चितवन उद्योग वाणिज्य संघको अध्यक्षमा सुवेदीको उम्मेदवारी घोषणा « Khabarhub

चितवन उद्योग वाणिज्य संघको अध्यक्षमा सुवेदीको उम्मेदवारी घोषणा


८ पुस २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– उद्योग वाणिज्य संघ चितवनको आगामी नेतृत्वका लागि वरिष्ठ उपाध्यक्ष चिरञ्जीवी सुवेदीको नेतृत्वमा उम्मेदवारी घोषणा गरिएको छ । 

मंगलबार चितवनमा पत्रकार सम्मेलन गर्दै सुवेदीले प्यालनसहित अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका हुन् । सुवेदी समूहबाट वरिष्ठ उपाध्यक्ष पदमा हालका प्रथम उपाध्यक्ष राजेन्द्र ओली र उपाध्यक्ष पदमा अशोक अधिकारी, नारायण प्रधान र राजन पियाको उम्मेदवारी घोषणा गरिएको छ । अन्य पदका उम्मेदवारको नामावली भने पछि घोषणा गरिने सुवेदीले जानकारी दिए ।

उनले आफ्नो समूहमा विभिन्न जिम्मेवारीमा दशकौँ बिताएका योग्य अनुभवी र परिपक्व व्यक्तिहरू रहेको बताए । संघको संस्थागत विकास एवं समग्र जिल्लाको विकासमा योगदान पुराउनले उद्देश्यका साथ निर्वाचनमा होमिएको उनको भनाइ छ । 

यसअघि उद्योग वाणिज्य संघ चितवनको आगामी नेतृत्वका लागि सिरिस पन्त समूहलेसमेत उम्मेदवारीको घोषणा गरिसकेको छ ।

संघको नयाँ नेतृत्व चयनका लागि पुस २१ गते निर्वाचन हुँदैछ । संघको अधिवेशनबाट २५ सदस्यीय कार्यसमिति निर्वाचित हुनेछन् । 

प्रकाशित मिति : ८ पुस २०८२, मंगलबार  ४ : ३९ बजे

१० वर्षको प्रतीक्षापछि आमाको नामबाट नागरिकता

म्याग्दी– म्याग्दीको बेनी नगरपालिका–७ का समिर खान र यास्मिन बेगमले

मुस्ताङमा ८० प्रतिशत निर्वाचन प्रहरी जिल्ला बाहिरका

मुस्ताङ– आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित

नयाँ नेता नमिले नयाँ मान्छे प्रधानमन्त्री बन्दैन : महावीर पुन

काठमाडौं – निवर्तमान शिक्षामन्त्री एवम् म्याग्दीका प्रतिनिधि सभा सदस्य महावीर

‘मानवअधिकार संरक्षणमा नेपाल प्रतिबद्ध’

काठमाडौं– परराष्ट्रसचिव अमृतबहादुर राईले मानवअधिकार संरक्षणका निम्ति नेपाल पूर्ण प्रतिबद्ध

मकवानपुरको सिमखोलामा सवारी दुर्घटना, एक जनाको मृत्यु

मकवानपुर– कुलेखानी–काठमाडौं सडकखण्डअन्तर्गत मकवानपुरको इन्द्रसरोवर गाउँपालिका– २ सिमखोला पुल नजिक