विश्वकपमा नेपाली टोली छनोट हुने सम्भावना छ : प्रशिक्षक हर्षल पाठक « Khabarhub

विश्वकपमा नेपाली टोली छनोट हुने सम्भावना छ : प्रशिक्षक हर्षल पाठक


८ पुस २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली राष्ट्रिय महिला क्रिकेट टिमका नवनियुक्त मुख्य प्रशिक्षक हर्षल पाठकले विश्वकपमा नेपाली टोली छनोट हुने सम्भावना राम्रो देखेको बताएका छन् ।

मंगलबार काठमाडौंको मूलपानी मैदानमा नेपाल क्रिकेट संघ (क्यान)ले मंगलबार आयोजना गरेको पत्रकार अन्तर्क्रियामा पाठकले नेपाली महिला टिमको खेल आफूले हेरेको भन्दै टिमको पछिल्लो प्रदर्शन हेर्दा विश्वकपमा छनोट हुने सम्भावना राम्रो देखेको बताएका हुन् ।

नेपाल आएपछि क्रिकेट वातावरण उत्साहपूर्ण पाएको उनले बताए । मुख्य प्रशिक्षक पाठकले टिमको योजनालाई प्रभावकारी ढंगले कार्यान्वयन गर्न सके उत्कृष्ट नजिता आउने धारणा राखे । प्रशिक्षणका क्रममा खेलाडीहरूको प्रदर्शन हेर्दा फिल्डिङलाई अलि ध्यान दिनुपर्ने देखिएपनि समग्र रुपमा सुधार आउन धेरै समय नलाग्ने विश्वास व्यक्त गरे । 

क्यानले दुई वर्षका लागि पाठकलाई महिला टिमको मुख्य प्रशिक्षकमा नियुक्त गरेको हो । नेपाली महिला टोलीले जनवरी १४ देखि फेब्रुअरी १ सम्म घरेलु मैदानमै आईसीसी महिला टी–२० विश्वकपको ग्लोबल छनोट खेल्दैछ । 

नेपालले ग्लोबल छनोटको पहिलो खेल थाइल्यान्डसँग खेल्नेछ । नेपाल, थाइल्याण्ड रहेको समूह बी मा जिम्बावे, नेदरल्यान्ड्स र स्कटल्यान्ड छन् ।

समूह ए मा बंगलादेश, आयरल्यान्ड, नामिबिया, पपुवा न्युगिनी र अमेरिका छन् । दुवै समूहका शीर्ष ३ टोली सुपर सिक्समा पुग्नेछन् भने छनोटका शीर्ष ४ टोलीले अर्को वर्ष आइसिसी महिला टि ट्वान्टी विश्वकप खेल्नेछन् ।

प्रकाशित मिति : ८ पुस २०८२, मंगलबार  ४ : ४५ बजे

निर्वाचनमा सामाजिक सञ्जाल, एल्गोरिदम र डीपफेकको प्रभाव देखियो : डा. भट्टराई

नयाँदिल्ली– पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले नेपालमा यही फागुन २१ गते

अबको समय पार्टी निर्माणमा जुट्नुपर्छ : कांग्रेस प्रवक्ता चालिसे

काठमाडौँ– नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले अबको समय पार्टी निर्माणमा

योगेशको अभिव्यक्तिमा शंकरको आशंका : अधुरो अंश मात्र सम्प्रेषण भयो की ?

काठमाडौँ– नेकपा एमालेका महासचिव शंकर पोखरेलले योगेश भट्टराईको महासचिवले जिम्मेवारी

कुर्था-जनकपुर-जयनगर रेल्वे सेवा (तस्बिरहरू) 

जनकपुरधाम– कुर्था–जनकपुर–जयनगर रेल्वे सञ्चालनमा आए सँगै जनकपुर र नेपाल भारत

चितवनको माडी नगरपालिकाद्वारा भूमि बर्गीकरण

चितवन– चितवनको माडी नगरपालिकाले पालिका भित्र रहेको भूमिको बर्गीकरण गरेको