विश्वकपमा नेपाली टोली छनोट हुने सम्भावना छ : प्रशिक्षक हर्षल पाठक « Khabarhub

विश्वकपमा नेपाली टोली छनोट हुने सम्भावना छ : प्रशिक्षक हर्षल पाठक


८ पुस २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली राष्ट्रिय महिला क्रिकेट टिमका नवनियुक्त मुख्य प्रशिक्षक हर्षल पाठकले विश्वकपमा नेपाली टोली छनोट हुने सम्भावना राम्रो देखेको बताएका छन् ।

मंगलबार काठमाडौंको मूलपानी मैदानमा नेपाल क्रिकेट संघ (क्यान)ले मंगलबार आयोजना गरेको पत्रकार अन्तर्क्रियामा पाठकले नेपाली महिला टिमको खेल आफूले हेरेको भन्दै टिमको पछिल्लो प्रदर्शन हेर्दा विश्वकपमा छनोट हुने सम्भावना राम्रो देखेको बताएका हुन् ।

नेपाल आएपछि क्रिकेट वातावरण उत्साहपूर्ण पाएको उनले बताए । मुख्य प्रशिक्षक पाठकले टिमको योजनालाई प्रभावकारी ढंगले कार्यान्वयन गर्न सके उत्कृष्ट नजिता आउने धारणा राखे । प्रशिक्षणका क्रममा खेलाडीहरूको प्रदर्शन हेर्दा फिल्डिङलाई अलि ध्यान दिनुपर्ने देखिएपनि समग्र रुपमा सुधार आउन धेरै समय नलाग्ने विश्वास व्यक्त गरे । 

क्यानले दुई वर्षका लागि पाठकलाई महिला टिमको मुख्य प्रशिक्षकमा नियुक्त गरेको हो । नेपाली महिला टोलीले जनवरी १४ देखि फेब्रुअरी १ सम्म घरेलु मैदानमै आईसीसी महिला टी–२० विश्वकपको ग्लोबल छनोट खेल्दैछ । 

नेपालले ग्लोबल छनोटको पहिलो खेल थाइल्यान्डसँग खेल्नेछ । नेपाल, थाइल्याण्ड रहेको समूह बी मा जिम्बावे, नेदरल्यान्ड्स र स्कटल्यान्ड छन् ।

समूह ए मा बंगलादेश, आयरल्यान्ड, नामिबिया, पपुवा न्युगिनी र अमेरिका छन् । दुवै समूहका शीर्ष ३ टोली सुपर सिक्समा पुग्नेछन् भने छनोटका शीर्ष ४ टोलीले अर्को वर्ष आइसिसी महिला टि ट्वान्टी विश्वकप खेल्नेछन् ।

प्रकाशित मिति : ८ पुस २०८२, मंगलबार  ४ : ४५ बजे

मधेसमा नयाँ सरकार गठन गर्न तीन दलबीच छलफल

जनकपुरधाम– मधेस प्रदेशमा नयाँ सरकार गठनका लागि नेकपा (एमाले), जनता

विभिन्न जिल्लामा भएका सवारी दुर्घटनामा दश जनाको मृत्यु

काठमाडौँ- देशका विभिन्न जिल्लामा भएका सवारी दुर्घटनामा परी सात जनाको मृत्यु

रोमानिया र क्रोएसिया पठाइदिन्छु भन्दै १८ लाख ठगी, ३६ वर्षीय शाही पक्राउ

काठमाडौं– वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी रोमानिया र क्रोएसिया पठाइदिन्छु भन्दै

ब्राजिलको निर्वाचनलाई ट्रम्पले भने- ‘लज्जास्पद’

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ब्राजिलमा सम्पन्न राष्ट्रपति निर्वाचनलाई ‘लज्जास्पद’

शनिबार अपराह्नपछि चक्रवात ‘अर्नब’ को प्रभाव कम हुने

काठमाडौँ– नेपाल मौसम विज्ञान विभागले शनिबार अपराह्नपछि चक्रवात ‘अर्नब’ को