कोरला नाका सञ्चालन भएपछि स्थानीयलाई रोजगारी « Khabarhub

कोरला नाका सञ्चालन भएपछि स्थानीयलाई रोजगारी


८ पुस २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

मुस्ताङ– नेपाल–चीन उत्तरी कोरला नाका पूर्णरुपमा सञ्चालनमा आएपछि विगत दुई वर्षदेखि माथिल्लो मुस्ताङका स्थानीयले रोजगारी प्राप्त गरेका छन् ।

कोरला नाकास्थित नेपालतर्फको दशगजा क्षेत्र र कोरलास्थित चीनतर्फ लिजी बजारमा माथिल्लो मुस्ताङीले व्यापार व्यवसाय सञ्चालन गरिरहेका छन् ।
 
यो नाका विसं २०८० कात्तिक २७ गतेदेखि खुला गरिएको थियो । त्यसअघि माथिल्लो मुस्ताङका नागरिकहरू कृषि पशुपालन र घरायसी कामधन्दामा सीमित थिए । सो नाका माथिल्लो मुस्ताङका नागरिकहरूका लागि मात्रै खुल्ला हुँदै आएकामा सरकारले अन्तरदेशीय व्यापारिक मार्गको रुपमा गत ३० भदौमा पूर्णरुपमा खुला गरको हो । 

लोमान्थाङ–२ किम्लिङका स्थानीय लिन्डुप गुरुङ कोरला नाकामा त्रिपाल टाँगेर व्यापार गरिरहेका छन् । नाका नखुल्दा कृषि र पशुपालनमै सीमित गुरुङले कृषि र पशुपालनलाई थाती राखेर व्यापार गर्न थालेको बताए। यहाँ त्रिपाल टाँगेर व्यापार गर्ने करिव ८०-९० जना मध्ये हाल धेरैजसो जाडो छल्न बेँसी झरिसकेका छन् । 

यो नाका समुन्द्री सतहदेखि चार हजार ६१० मिटरको उचाइमा अवस्थित छ । नाकामा चिसोका कारण पर्यटकीय रौनक घटेपनि नाका बन्द नहुने जनाइएको छ । नाकामा व्यापार गर्नेहरूले आन्तरिक रुपमा ब्यापार व्यवसाय चलाउने आन्तरिक नियम बनाएका छन् ।

पर्यटकहरूलाई चिनिँया उत्पादन बिक्री गर्न आलोपालो व्यापार गर्ने सहमति छ । त्रिपाल टाँगेर व्यापार गर्नेहरूका लागि एक जिप बराबर दुई जना व्यापारीले ब्यापार गर्न पाउने र चार वटा मोटरसाइकल आएमा एक जिप बराबर दुई जनाले व्यापार गर्न पाउने नियम बनाएको स्थानीय ब्यापारी लिन्डुप गुरुङले जानकारी दिए । 

नाकामा तीन सय जना भन्दा बढीले व्यापार व्यवसाय सञ्चालन गरेका छन् ।  यहाँ एक सय बढी युवाले लोड अनलोड र विद्युतीय गाडी तथा मालवाहक कन्टेनर भित्र लाने ल्याउने काम पाएका छन् । ती युवाहरूले दैनिक पाँचदेखि १० हजारसम्म आम्दानी गर्छन् ।

प्रकाशित मिति : ८ पुस २०८२, मंगलबार  ४ : ३२ बजे

साफ यु–२० फुटबलः नेपाल सेमिफाइनलमा प्रवेश

काठमाडौं – साफ यु–२० फुटबल प्रतियोगितामा नेपाल समूह विजेताका रूपमा

हेलिकप्टरमार्फत गर्भवतीको उद्वार

सिमकोट (हुम्ला )- सुत्केरी व्यथा लागेकी एक जना गर्भवतीको आज

पदबहाली गर्दै पर्यटनमन्त्री भन्छन्- समृद्धिको खाका मन्त्रालयबाट सुरू हुन्छ

काठमाडौं– नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले आज

पौने १९ करोड अपचलन गर्ने सहकारी सञ्चालकविरुद्ध मुद्दा

काभ्रेपलाञ्चोक– सहकारीको १८ करोड ७६ लाख चार हजार ५३२ रुपैयाँ अपचलन