कोरला नाका सञ्चालन भएपछि स्थानीयलाई रोजगारी « Khabarhub

कोरला नाका सञ्चालन भएपछि स्थानीयलाई रोजगारी


८ पुस २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

मुस्ताङ– नेपाल–चीन उत्तरी कोरला नाका पूर्णरुपमा सञ्चालनमा आएपछि विगत दुई वर्षदेखि माथिल्लो मुस्ताङका स्थानीयले रोजगारी प्राप्त गरेका छन् ।

कोरला नाकास्थित नेपालतर्फको दशगजा क्षेत्र र कोरलास्थित चीनतर्फ लिजी बजारमा माथिल्लो मुस्ताङीले व्यापार व्यवसाय सञ्चालन गरिरहेका छन् ।
 
यो नाका विसं २०८० कात्तिक २७ गतेदेखि खुला गरिएको थियो । त्यसअघि माथिल्लो मुस्ताङका नागरिकहरू कृषि पशुपालन र घरायसी कामधन्दामा सीमित थिए । सो नाका माथिल्लो मुस्ताङका नागरिकहरूका लागि मात्रै खुल्ला हुँदै आएकामा सरकारले अन्तरदेशीय व्यापारिक मार्गको रुपमा गत ३० भदौमा पूर्णरुपमा खुला गरको हो । 

लोमान्थाङ–२ किम्लिङका स्थानीय लिन्डुप गुरुङ कोरला नाकामा त्रिपाल टाँगेर व्यापार गरिरहेका छन् । नाका नखुल्दा कृषि र पशुपालनमै सीमित गुरुङले कृषि र पशुपालनलाई थाती राखेर व्यापार गर्न थालेको बताए। यहाँ त्रिपाल टाँगेर व्यापार गर्ने करिव ८०-९० जना मध्ये हाल धेरैजसो जाडो छल्न बेँसी झरिसकेका छन् । 

यो नाका समुन्द्री सतहदेखि चार हजार ६१० मिटरको उचाइमा अवस्थित छ । नाकामा चिसोका कारण पर्यटकीय रौनक घटेपनि नाका बन्द नहुने जनाइएको छ । नाकामा व्यापार गर्नेहरूले आन्तरिक रुपमा ब्यापार व्यवसाय चलाउने आन्तरिक नियम बनाएका छन् ।

पर्यटकहरूलाई चिनिँया उत्पादन बिक्री गर्न आलोपालो व्यापार गर्ने सहमति छ । त्रिपाल टाँगेर व्यापार गर्नेहरूका लागि एक जिप बराबर दुई जना व्यापारीले ब्यापार गर्न पाउने र चार वटा मोटरसाइकल आएमा एक जिप बराबर दुई जनाले व्यापार गर्न पाउने नियम बनाएको स्थानीय ब्यापारी लिन्डुप गुरुङले जानकारी दिए । 

नाकामा तीन सय जना भन्दा बढीले व्यापार व्यवसाय सञ्चालन गरेका छन् ।  यहाँ एक सय बढी युवाले लोड अनलोड र विद्युतीय गाडी तथा मालवाहक कन्टेनर भित्र लाने ल्याउने काम पाएका छन् । ती युवाहरूले दैनिक पाँचदेखि १० हजारसम्म आम्दानी गर्छन् ।

प्रकाशित मिति : ८ पुस २०८२, मंगलबार  ४ : ३२ बजे

सार्वजनिक नीति तथा प्रत्यायोजित विधान समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसदको राष्ट्रियसभा अन्तर्गत रहेको सार्वजनिक नीति तथा प्रत्यायोजित

रास्वपाको चुनावी अभियान : इलाममा बालेन क्रेज

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता एवम्

ओली-बालेन भिडन्त : जेन-जी समर्थक र विरोधीको जनमत संग्रह

एमाले अध्यक्ष केपी शर्मा ओली नेपालका केही गणनायोग्य अपराजेय नेताहरु

म्याग्दीको लामाखेतमा नदी नियन्त्रणको काम हुँदै

म्याग्दी– म्याग्दीको लामाखेतमा नदी नियन्त्रणको काम सुरु भएको छ ।

काँकरभिट्टाबाट छ महिनामा नौ अर्ब ७७ करोडको पेट्रोलियम पदार्थ आयात

झापा – चालु आर्थिक वर्ष २०८२-८३ को पुस मसान्तसम्म पूर्वी