कम्बोडियामा थाई सेनाको आक्रमण जारी : रक्षा मन्त्रालय « Khabarhub

कम्बोडियामा थाई सेनाको आक्रमण जारी : रक्षा मन्त्रालय


८ पुस २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – थाई सैन्य बलले मंगलबार सम्म कम्बोडियाका धेरै क्षेत्रहरुमा गोलाबारी र ट्यांक–माउन्टेड मेसिन गनहरूको प्रयोग गरी आक्रमण जारी राखेको कम्बोडियाको रक्षा  मन्त्रालयका  उपसचिव तथा प्रवक्ता लेफ्टिनेन्ट जनरल माली सोचेटाले बताएका छन् ।

थाइल्यान्डसँगको सीमा द्वन्द्व १७ औं दिनमा प्रवेश गरेसँगै कम्बोडियामा मृत्यु हुने नागरिकको सङ्ख्या २१ पुगेको उनले बताए ।

थाई सेनाले कम्बोडियाका नागरिकहरू बस्ने स्थानहरूमा आक्रमण गरेको उल्लेख गर्दै उनले आक्रमणमा एक शिशु सहित २१ नागरिकहरूको मृत्यु हुनुका साथै  अन्य ८३ जना घाइते भएको पत्रकारहरुसँगको साक्षात्कारमा जनाए ।

कम्बोडिया–थाइल्यान्ड सीमा द्वन्द्व डिसेम्बर–७ देखि पुनः सुरु भएको छ, भने दुवै पक्षले एक-अर्कालाई युद्ध विरामको बावजुत आक्रमण सुरु गरेको आरोप लगाएका छन् ।

कम्बोडियाको आन्तरिक मन्त्रालयले जारी गरेको पछिल्लो तथ्यांक अनुसार द्वन्द्वले अहिले सम्म करिब पाँच लाख ४५ हजार कम्बोडियनलाई सुरक्षित आश्रयका लागि आफ्नो वासस्थान छोडी भाग्न बाध्य पारेको छ ।

प्रकाशित मिति : ८ पुस २०८२, मंगलबार  ४ : ३९ बजे

साफ यु–२० फुटबलः नेपाल सेमिफाइनलमा प्रवेश

काठमाडौं – साफ यु–२० फुटबल प्रतियोगितामा नेपाल समूह विजेताका रूपमा

हेलिकप्टरमार्फत गर्भवतीको उद्वार

सिमकोट (हुम्ला )- सुत्केरी व्यथा लागेकी एक जना गर्भवतीको आज

पदबहाली गर्दै पर्यटनमन्त्री भन्छन्- समृद्धिको खाका मन्त्रालयबाट सुरू हुन्छ

काठमाडौं– नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले आज

पौने १९ करोड अपचलन गर्ने सहकारी सञ्चालकविरुद्ध मुद्दा

काभ्रेपलाञ्चोक– सहकारीको १८ करोड ७६ लाख चार हजार ५३२ रुपैयाँ अपचलन