कम्बोडियामा थाई सेनाको आक्रमण जारी : रक्षा मन्त्रालय « Khabarhub

कम्बोडियामा थाई सेनाको आक्रमण जारी : रक्षा मन्त्रालय


८ पुस २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – थाई सैन्य बलले मंगलबार सम्म कम्बोडियाका धेरै क्षेत्रहरुमा गोलाबारी र ट्यांक–माउन्टेड मेसिन गनहरूको प्रयोग गरी आक्रमण जारी राखेको कम्बोडियाको रक्षा  मन्त्रालयका  उपसचिव तथा प्रवक्ता लेफ्टिनेन्ट जनरल माली सोचेटाले बताएका छन् ।

थाइल्यान्डसँगको सीमा द्वन्द्व १७ औं दिनमा प्रवेश गरेसँगै कम्बोडियामा मृत्यु हुने नागरिकको सङ्ख्या २१ पुगेको उनले बताए ।

थाई सेनाले कम्बोडियाका नागरिकहरू बस्ने स्थानहरूमा आक्रमण गरेको उल्लेख गर्दै उनले आक्रमणमा एक शिशु सहित २१ नागरिकहरूको मृत्यु हुनुका साथै  अन्य ८३ जना घाइते भएको पत्रकारहरुसँगको साक्षात्कारमा जनाए ।

कम्बोडिया–थाइल्यान्ड सीमा द्वन्द्व डिसेम्बर–७ देखि पुनः सुरु भएको छ, भने दुवै पक्षले एक-अर्कालाई युद्ध विरामको बावजुत आक्रमण सुरु गरेको आरोप लगाएका छन् ।

कम्बोडियाको आन्तरिक मन्त्रालयले जारी गरेको पछिल्लो तथ्यांक अनुसार द्वन्द्वले अहिले सम्म करिब पाँच लाख ४५ हजार कम्बोडियनलाई सुरक्षित आश्रयका लागि आफ्नो वासस्थान छोडी भाग्न बाध्य पारेको छ ।

प्रकाशित मिति : ८ पुस २०८२, मंगलबार  ४ : ३९ बजे

मुस्ताङमा ८० प्रतिशत निर्वाचन प्रहरी जिल्ला बाहिरका

मुस्ताङ– आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित

नयाँ नेता नमिले नयाँ मान्छे प्रधानमन्त्री बन्दैन : महावीर पुन

काठमाडौं – निवर्तमान शिक्षामन्त्री एवम् म्याग्दीका प्रतिनिधि सभा सदस्य महावीर

‘मानवअधिकार संरक्षणमा नेपाल प्रतिबद्ध’

काठमाडौं– परराष्ट्रसचिव अमृतबहादुर राईले मानवअधिकार संरक्षणका निम्ति नेपाल पूर्ण प्रतिबद्ध

मकवानपुरको सिमखोलामा सवारी दुर्घटना, एक जनाको मृत्यु

मकवानपुर– कुलेखानी–काठमाडौं सडकखण्डअन्तर्गत मकवानपुरको इन्द्रसरोवर गाउँपालिका– २ सिमखोला पुल नजिक

प्रेस काउन्सिलमा छ महिनामा १६३ उजुरी

काठमाडौं – चालु आर्थिक वर्षको छ महिनामा प्रेस काउन्सिल नेपालमा